IPL : धवनले उत्कृस्ट ब्याटिंग गर्दा दिल्लीको दोश्रो जित

शिखर धवनले उत्कृस्ट ब्याटिंग गर्दा १४ औं आईपीएल अन्तर्गत एघारौँ खेलमा दिल्ली क्यापिटल्सले पन्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको छ।

लिगमा तेश्रो खेल खेल्ने क्रममा दिल्लीको यो दोश्रो जित हो भने समान खेल खेल्दा पन्जाबको यो दोश्रो हार हो।

मुम्बईको वानखेडे स्टेडियममा सम्पन्न खेलमा पन्जाबले दिएको १९६ रनको लक्ष्य दिल्लीले ४ विकेट गुमाएर १० बल बाँकी रहँदै पुरा गर्यो।

दिल्ली ओपनर पृथ्वी श र शिखर धवनले ५९ रनको ओपनिंग साझेदारी गरे। १७ बलमा ३ चौका र २ छक्का मद्दतले ३२ रन बनाएका पृथ्वी छैठौं ओभरमा अर्शदिप सिंहबाट आउट भए। धवनले दोश्रो विकेटको लागि स्टिभ स्मिथसंग ४८ रन जोडे। समित मात्र ९ रन बनाएर ११ औं ओभरमा राइली मेरेडीथबाट क्याच आउट भए।

तेश्रो विकेटको लागि धवनले कप्तान रिशभ पन्तसंग ४५ रनको साझेदारी गरे। शतक बाट ८ रनले चुक्दै धवन १५ औं ओभरमा झाई रिचर्डसनबाट बोल्ड हुन पुगे। धवनले ४९ बलमा १३ चौका र २ छक्का मद्दतले ९२ रन बनाए।

त्यसपछि रिशभ पन्त र मार्कस स्टोइनिस बीच २८ रनको साझेदारी भयो। १८ औं ओभरमा १५ रन बनाएर पन्त रिचर्डसनबाट क्याच आउट भए। तर स्टोइनिसले आक्रामक सटहरु खेल्दै दिल्लीलाई जितको दिशा दिए।

स्टोइनिसले अविजित २७ रन बनाउने क्रममा १३ बलमा ३ चौका र १ छक्का प्रहार गरे। ललित यादवले ६ बलमा २ चौका मद्दतले अविजित १२ रन बनाए।

पन्जाबको बलिंगमा झाई रिचर्डसनले २ विकेट ( ४-०-४-१२ ) लिए भने अर्शदिप सिंह ( ३-०-२२-१ ) र राईलि मेरेडीथले ( २.२-०-३५-१ ) समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको थियो।

पन्जाबको सुरुवात उत्कृस्ट रह्यो। कप्तान केएल राहुल र मायाँक अग्रवालले शतकीय ओपनिंग साझेदारी गरे।

१३ औं ओभरमा लुक्मन मेरीवालाबाट क्याच आउट हुनु अघि दुई ब्याट्सम्यानले १२२ रन जोडे। अग्रवालले मात्र ३६ बलमा ७ चौका र ४ छक्का मद्दतले ६९ रन बनाए। १६ औं ओभरमा केएल राहुललाई कागीसो रबाडाले क्याच आउट गराए जस अघि उनले ५१ बलमा ७ चौका र २ छक्का मद्दतले ६१ रन बनाए।

राहुल र अग्रवालले शतकीय साझेदारी गरे

त्यसपछि क्रिस गेल मात्र ११ रन बनाएर क्रिस वोक्सबाट तथा निकोलस पुरन ९ रन बनाएर आभेस खानबाट क्याच आउट भए।

दिपक हुडा र शाहरुख खानले आक्रमक ब्याटिंग गर्दै टिमलाई विशाल योगफलतर्फ डोर्याए। खानले मात्र ५ बलमा २ चौका र १ छक्का मद्दतले अविजित १५ रन बनए भने हुडाले १३ बलमा २ छक्का मद्दतले अविजित २२ रन बनाए। अन्तिम ५ ओभरमा पन्जाबले ३ विकेट गुमाउदा ५४ रन बनायो।

दिल्लीको बलिंगमा क्रिस वोक्स ( ४-०-४२-१ ), लुक्मन मेरिवाला ( ३-०-३२-१ ) , कागीसो रबाडा ( ४-०-४३-१ ) र आभेस खान ( ४-०-३३-१ ) ले समान १ विकेट लिए।

लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा बैंगलोरले कोलकातालाई पराजित गरेको गरेको थियो।

यो पनि पढ्नुस 

IPL : लगातार तेश्रो जित पछि बैंगलोर शिर्षस्थानमा

ट्राई सिरिज : नेपाल र मलेसिया बीच पछिल्लो ५ खेलको नतिजा

प्रतिस्पर्धात्मक खेलमा नेदरल्याण्डद्वारा मलेसिया १५ रनले पराजित





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]