कोलकाताले पहिले ब्याटिंग गर्ने, चेन्नाईले टिममा एउटा परिवर्तन

युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत बुधबार २१ औं खेलमा महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नाई सुपर किङ्ग्स र दिनेश कार्तिकको कप्तानीमा रहेको कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुदैँछ। खेल नेपाली समय अनुसार रातिको ७:४५ बजे आबु धाबी स्थित शेख जायद स्टेडियममा सुरु हुनेछ।

टस जितेर कोलकाताका कप्तान दिनेश कार्तिकले ब्याटिंग रोजेका छन्। टिममा कोलकाताले कुनै परिवर्तन गरेको छैन। टसको क्रममा बोल्दै कार्तिकले पछिल्लो २ खेलमा पहिले ब्याटिंग गर्दै राम्रो प्रदर्शन गरेकोले त्यसैलाई निरन्तरता दिएको बताए।

कोलकाताको अन्तिम ११ :- शुबमन गिल, सुनिल नारायण, नितिश राना, दिनेश कार्तिक ( कप्तान/विकेटकिपर ) ओएन मोर्गन, आन्द्रे रसेल, प्याट कमिन्स, शिभम माभी, कमलेश नगरकोटी,राहुल त्रिपाठी , वरुण चक्रवर्ती

चेन्नाईले भने टिममा एउटा परिवर्तन गरेको छ। राम्रो प्रदर्शन गर्दै ५ खेलमा ६ विकेट लिईसकेका लेग स्पिनर पियुष चावलालाई बाहिर राख्दै अर्का लेग स्पिनर कर्ण शर्मालाई मौका दिईएको छ।  शर्माले लिग इतिहासमा ६३ खेल खेल्ने क्रममा ५४ विकेट लिएका छन्। पहिलो खेलमा मौका पाएका शर्माले गत सिजन मात्र १ खेलमा मौका पाएका थिए।

लेग स्पिनर कर्ण शर्मालाई चेन्नाईले पहिलो पटक मौका दिएको छ

टसको क्रममा धोनीले अघिल्लो खेलहरुमा पनि लक्ष्य पछ्याएकोमा नौलो नलागेको बताए। उनले केहि खेल नराम्रो रहे पनि अब आफ्नो टिम सबै चुनौतीको लागि तयार रहेको प्रतिक्रिया दिए। अघिल्लो खेलमा वाटसन र डुप्लेसीको प्रदर्शनको उनले तारिफ गरे।

चेन्नाईको अन्तिम ११ :- शेन वाट्सन, फाफ डुप्लेसिस, अम्बाती रायडु, केदार जाधाव, महेन्द्र सिंह धिनी, स्याम करन, रविन्द्र जडेजा, ड्वेन ब्राभो ब्राभो, दिपक चहार, शार्दुल ठाकुल, पीयूष चावला

५ खेलमा ३ जित र २ हार बेहोरेको चेन्नाई अकंतालिकाको पाचौं स्थानमा छ भने कोलकाता ४ खेलमा समान २ जित र २ हारपछि अंकतालिकाको चौथौं स्थानमा छ।

पहिलो खेलमा मुम्बईसंग ४९ रनको फराकिलो हार बेहोरेको कोलकाताले दोस्रो खेलमा हैदराबादलाई ७ विकेटले पराजित गरेको थियो। तेस्रो खेलमा राजस्थानलाई ३७ रनले पराजित गरेको कोलकाता आफ्नो चौथौं खेलमा दिल्ली विरुद्ध १८ रनले पराजित भएको थियो।

पहिलो खेलमा मुम्बई विरुद्ध ५ विकेटले विजयी भएको चेन्नाई त्यसपछि लगातार ३ खेलमा पराजित भएको थियो। राजस्थानसगँ १६ रनले, दिल्लीसगँ ४४ रनले तथा हैदराबादसगँ ७ रनले पराजित भएको थियो। चेन्नाईले पछिलो खेलमा पन्जाब विरुद्ध १० विकेटको सहज जित दर्ता गरेको थियो।

IPL : लय पाएको चेन्नाईलाई कोलकाताको चुनौती

IPL : अन्तिम-११ मा मौका कुरीरहेका ६ ठूला खेलाडीहरु

‘युनिभर्स बोस’ गेलले कहिले पाउनेछन् मौका ? ब्याटिंग प्रशिक्षक जाफरले दिए अपडेट

सहज थिएन स्टोक्सको युएई यात्रा

IPL : पर्पल क्याप रेसमा रबाडालाई बुम्राहको प्रतिस्पर्धा, यस्तो छ अंकतालिकाको अवस्था

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy