IPL : कोलकाता द्वारा राजस्थानलाई १७५ रनको लक्ष्य

युएईमा जारि आईपीएल २०२० अन्तर्गत १२ औं खेलमा राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सले प्रतिस्पर्धा गरिरहेका छन्। लिग अन्तर्गत दुवै टिम तेश्रो खेल खेल्दैछन्।

टस जितेर राजस्थानले बलिंग रोजेपछि ब्याटिंग गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७४ रन बनाउदै राजस्थानलाई १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कोलकाताको लागि ओपनर शुबमन गिलले सर्वाधिक ४७ रन ( ३४ बलमा ५ चौका र १ छक्का ) बनाए। यस्तै  ओएन मोर्गनले अविजित ३४ रन बनाए जुन क्रममा १ चौका र २ छक्का प्रहार गरे। आन्द्रे रसेलले २४, नितिश रानाले २२, सुनिल नारायणले १५, प्याट कमिन्सले १२ तथा कमलेश नगरकोटीले अविजित ८ रन बनाए।

ओपनर शुबमन गिलले

कोलकाताका माथिल्लो क्रमका ब्याट्सम्यानहरुले सुरुवात राम्रो गरे पनि विकेट भने निरन्तर अन्तरालमा गुमाए। पाँचौ ओभरमा सुनिल नारायण १४ बलमा २ चौका र १ छक्का मद्दतले १५ रन बनाएर जयदेव उनदकतबाट बोल्ड भए। उनले गिलसंग पहिलो विकेटको लागि ३६ रन जोडे।

दोश्रो विकेटको लागि गिलले नितिश रानासंग ४६ रनको साझेदारी गरे। १७ बलमा २ चौका र १ छक्का मद्दतले २२ रन बनाएका रानालाई १० औं ओभरमा लेग स्पिनर राहुल तेवतियाले क्याच आउट गराए। ४७ रन बनाएका गिललाई १२ औं ओभरमा जोफ्रा आर्चरले आफ्नै बलमा आफैले क्याच गर्दै पेभेलियन फर्काए। १४ औं ओभरमा १ रन बनाएका कप्तान दिनेश कार्तिकलाई पनि आर्चरले विकेटकिपर बटलरबाट क्याच आउट गराए।

१५ औं ओभरमा अंकित राजपुतले २४ रन बनाएका आन्द्रे रसेललाई क्याच आउट गराए। १४ बलमा ३ छक्का हिर्काएका रसेल वाइड योर्करमा छक्का हिर्काउन जाने क्रममा उनदकतबाट समातिन पुगे। राम्रो सुरुवात पछि लगातार विकेट गुम्दा कोलकाता ८२/१ बाट ११५/५ को अवस्थामा पुग्यो।

जोफ्रा आर्चरले शानदार बलिंग गरे

छैठौं विकेटको लागि ओएन मोर्गनले प्याट कमिन्ससंग ३४ रनको साझेदारी गरे। कमिन्सलाई टम करनले १८ औं ओभरमा क्याच आउट गराए। त्यसपछि मोर्गनले कमलेश नगरकोटीसंग अन्तिमसम्म ब्याटिंग गरे जुन क्रममा अविजित २५ रनको साझेदारी गरे।

राजस्थानको बलिंगमा जोफ्रा आर्चरले सर्वाधिक २ विकेट लिए जुन क्रममा ४ ओभरमा १८ रन मात्र खर्चे। पहिलो ३ ओभरमा आर्चरले मात्र ४ रन खर्चेर २ विकेट लिएका थिए। अंकित राजपुत ( ४-०-३९-१ ) , जयदेव उनदकत ( २-०-१४-१) , टम करन ( ४-०-३७-१ ) र राहुल तेवतिया ( १-०-६-१ ) ले समान १ विकेट लिए। श्रेयस गोपाल ( ४-०-४३-० ) विकेट विहिन रहे।

अंकतालिकामा शिर्षस्थानमा रहेको राजस्थानले खेलेको दुवै खेलमा जित दर्ता गर्ने क्रममा चेन्नाईलाई १६ रनले तथा पन्जाबलाई ४ विकेटले पराजित गरेको थियो। कोलकाताले मुम्बईसंग ४९ रनको हार पछि दोश्रो खेलमा हैदरावादलाई ७ विकेटले पराजित गरेको थियो।

आईपीएलमा सट्टेबाजी खेलाउने तीन जना पक्राउ

सिद्धार्थ रङ्गशालाः १० वर्षमा १० प्रतिशत काम

ब्राभो र रायडु खेल्न फिट छन् ? चेन्नाईका सीईओले दिए अपडेट

“जब म्यान अफ द म्याच हुन्थे वहाँ सधै मसंग राति कुरा गर्नुहुन्थ्यो”





थप समाचार

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]

नेपालमा त्रिकोणात्मक सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा अर्को महिना आयोजना हुने त्रिकोणात्मक टी–२० आई सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा भएको छ। नेदरल्यान्ड्स […]

जय ट्रफी दुई दिवसीय क्रिकेट: आर्मीविरुद्ध मधेश फलो अनमा

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत पहिलो दिनको खेल समाप्त हुँदा विभागीय टोली त्रिभुवन आर्मी […]

जय ट्रफी दुई दिवसीय क्रिकेट : बागमतीविरुद्ध पुलिस ९५ रनले अघि

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले […]

महिला टाेलीले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय सिरिजको आयोजना गर्ने भएको छ। क्यानले शनिवार एक विज्ञप्ती […]