राजस्थानको अपराजित यात्रा रोक्दै, दोश्रो जित पछि कोलकाताको अंकतालिकामा फड्को

युएईमा जारि १३ औं आईपीएल अन्तर्गत १२ औं खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ३७ रनले पराजित गर्दै लगातार दोश्रो जित दर्ता गरेको छ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा कोलकाताले दिएको १७५ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले २० ओभर ब्याटिंग गरेता पनि ९ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो।

कमजोर सुरुवात गरेको राजस्थानले सुरुवात देखि विकेट लगातार विकेट गुमाएको थियो। माथिल्लो क्रमका ब्याट्सम्यानहरु जोस बटलर २१, स्टिभ स्मिथ ३, सन्जु स्यामसन ८, रोबिन उथप्पा २, रियान पराग १ रन बनाएर आउट भए। फलस्वरुप आठौँ ओभरमा ४२/५ को अवस्थामा पुगेको राजस्थान त्यसपछि कुनै पनि बेला खेलमा फर्कन सकेन।

राहुल तेवतिया र टम करनले छैठौं विकेटको लागि २४ रनको साझेदारी गरे तर तेवतियालाई ११ औं ओभरमा बरुण चक्रवर्तीले बोल्ड गर्दै कोलकातालाई पूर्णत हावी गराए। टम करनले एक किनार सम्हालेर ब्याटिंग गरे पनि अर्को किनारमा विकेट जाने क्रम थामिएन।

करनले अविजित ५४ रन रन बनाउने क्रममा ३६ बलमा २ चौका र ३ छक्का प्रहार गरे। लिगमा उनको यो पहिलो अर्धशतक हो।

कोलकाताको बलिंगमा युवा पेस बलर कमलेश नगरकोटी ( २-०-१३-२ ), शिभम माभी ( ४-०-२०-२ ) र लेग स्पिनर वरुण चक्रवर्ती ( ४-०-२५-२ ) ले समान २ विकेट लिए। प्याट कमिन्स ( ३-०-१३-१ ) , सुनिल नारायण ( ४-०-४०-० ) र कुलदिप यादब ( ३-०-२०-१ ) ले समान १ विकेट लिए।

कोलकाताको ब्याटिंग 

यस अघि टस हारेर ब्याटिंग गरेको कोलकाताले  २० ओभरमा ६ विकेट गुमाएर १७४ रन बनाएको थियो।

ओपनर शुबमन गिलले सर्वाधिक ४७ रन बनाए

कोलकाताको लागि ओपनर शुबमन गिलले सर्वाधिक ४७ रन ( ३४ बलमा ५ चौका र १ छक्का ) बनाए। यस्तै  ओएन मोर्गनले अविजित ३४ रन बनाए जुन क्रममा १ चौका र २ छक्का प्रहार गरे। आन्द्रे रसेलले २४, नितिश रानाले २२, सुनिल नारायणले १५, प्याट कमिन्सले १२ तथा कमलेश नगरकोटीले अविजित ८ रन बनाए।

ओपनर गिलले पहिलो विकेटको लागि सुनिल नारायणसंग ३६, दोश्रो विकेटको लागि नितिश रानासंग ४६ रनको साझेदारी गरेका थिए। गिलको विकेट जाँदा ८९/३ रहेको कोलकाताले त्यसपछि लगातार विकेट गुमाएको थियो। कप्तान दिनेश कार्तिक, आन्द्रे रसेल छिट्टै आउट भएपहि ओएन मोर्गनले प्याट कमिन्ससंग छैठौं विकेटको लागि ३४ रनको तथा सातौँ विकेटको लागि कमलेश नगरकोटीसंग अविजित २५ रनको साझेदारी गरेका थिए।

राजस्थानको बलिंगमा जोफ्रा आर्चरले सर्वाधिक २ विकेट लिए जुन क्रममा ४ ओभरमा १८ रन मात्र खर्चे। त्यस क्रममा आर्चरले शुबमन गिल र दिनेश कार्तिकको विकेट लिए। स्पेलको पहिलो ३ ओभरमा आर्चरले मात्र ४ रन खर्चेर २ विकेट लिएका थिए। कित राजपुत ( ४-०-३९-१ ) , जयदेव उनदकत ( २-०-१४-१) , टम करन ( ४-०-३७-१ ) र राहुल तेवतिया ( १-०-६-१ ) ले समान १ विकेट लिए। श्रेयस गोपाल ( ४-०-४३-० ) विकेट विहिन रहे।

अंकतालिका र आगामी खेल 

लिग अन्तर्गत पहिलो खेलमा मुम्बईसंग ९ विकेटले पराजित भएको कोलकाता त्यसपछि लगातार २ जित दर्ता गर्दै अंकतालिकामा फड्को मारेको छ। अघिल्लो खेलमा कोलकाताले हैदरावादलाई ७ विकेटले पराजित गरेको थियो। अंकतालिकामा कोलकाता सातौँ स्थानबाट उक्लने क्रममा दोश्रो स्थानमा पुगेको छ।

समान अंक रहेता पनि दिल्ली पहिलो स्थानमा रहेको छ। समान अंक रहेता पनि राजस्थान तेश्रो र बैंगलोर चौथो स्थानमा रहेको छ। लिगमा सबै टिम कम्तिमा १ पटक पराजित भएका छन्।

लिग अन्तर्गत बिहिबारको खेलमा मुम्बई इन्डीएन्स र किंग्स-११ पन्जाबले प्रतिस्पर्धा गर्नेछन्। राजस्थानले आगामी खेल शनिवार बैंगलोर बिरुद्ध खेल्नेछ। कोलकाताले पनि सोहि दिन दिल्ली बिरुद्ध खेल्ने तालिका रहेको छ।

क्रिकेट संघ अध्यक्ष चन्दलाई कोरोना संक्रमण

आईपीएलमा सट्टेबाजी खेलाउने तीन जना पक्राउ

सिद्धार्थ रङ्गशालाः १० वर्षमा १० प्रतिशत काम

ब्राभो र रायडु खेल्न फिट छन् ? चेन्नाईका सीईओले दिए अपडेट

स्वर्गीय आमालाई राशिदले सम्झिए – “जब म्यान अफ द म्याच हुन्थे वहाँ सधै मसंग राति कुरा गर्नुहुन्थ्यो”





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]