IPL : ताजा अंकतालिका, अरेन्ज र पर्पल क्याप लिडरबोर्ड ( मुम्बई-पन्जाब खेल पछि )

पन्जाबलाई ४८ रनले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन मुम्बई आईपीएल २०२० अंकतालिकामा शिर्षस्थानमा पुगेको छ।

पहिलो खेलमा चेन्नाईसंग ५ विकेटले पराजित भएको मुम्बईले दोश्रो खेलमा कोलकातासंग ४९ रनको जित हाँसिल गरेको थियो। तेश्रो खेल सुपर ओभरमा बैंगलोरसंग पराजित भएपछि चौथो खेलमा मुम्बईले पन्जाबलाई सहजै पराजित गर्यो।

अर्कोतर्फ चौथो खेलमा तेश्रो हार पछि पन्जाब अंकतालिकाको छैठौं स्थानमा पुगेको छ। पहिलो खेलमा दिल्लीसंग सुपर ओभरमा पराजित भएको पन्जाबले दोश्रो खेलमा बैंगलोरलाई ९७ रनले पराजित गरेको थियो। त्यसपछि राजस्थानसंग रोमान्चक खेलमा ४ विकेटले पराजित भएको पन्जाबले लगातार दोश्रो खेलमा हार बेहोरेको हो।

अंकतालिका ( पन्जाब र मुम्बई बीच , १३ औं खेल पछि ) 

अरेन्ज क्याप लिडरबोर्ड 

१. मायाँक अग्रवाल ( पन्जाब ) : केएल राहुललाई पछि पार्दै मुम्बई बिरुद्ध चौथो खेलमा २५ रन बनाएका मायाँकसंग अरेन्ज क्याप रहेको छ। उनले ४ खेलमा ६१.५० को औशत र १६६.२१ को स्ट्राइक रेटले २४६ रन बनाएका छन्। अग्रवालले राजस्थान बिरुद्ध लिगमा पहिलो शतक बनाउने क्रममा १०१ रन बनाएका थिए भने दिल्ली बिरुद्ध ८९ र बैंगलोर बिरुद्ध २६ रन बनाएका थिए।

२. केएल राहुल ( पन्जाब ) : पन्जाबका कप्तान केएल राहुल पर्पल क्यापको दौडमा पहिलो बाट दोश्रो स्थानमा पुगेका छन्। मुम्बई बिरुद्ध राहुलले १७ रन मात्र बनाउन सके। राहुलले ४ खेलमा सबैभन्दा बढी २३९ रन बनाएका छन् जुन क्रममा १ शतक र १ अर्धशतक प्रहार गरेका छन्। राहुलले बैंगलोर बिरुद्ध अविजित १३२ रन तथा राजस्थान बिरुद्ध ६९ रन र दिल्ली बिरुद्ध २१ रन बनाएका थिए।

३. फाफ डु प्लेसी ( चेन्नाई ) : तेश्रो स्थानमा रहेका दक्षिण अफ्रिकी ब्याट्सम्यान डु प्लेसी शानदार लयमा छन्। ३ खेलमा १७३ रन बनाएका उनले मुम्बई बिरुद्ध अविजित ५८, राजस्थान बिरुद्ध ७२ तथा दिल्ली बिरुद्ध ४३ रन बनाएका थिए।

४. रोहित शर्मा ( मुम्बई ) : अरेन्ज क्याप रेसमा चौथो स्थानमा उक्लेका रोहितले पन्जाब बिरुद्धको जितमा ७० रन बनाए। मुम्बई कप्तानले ४ खेलमा ४२.५० को औशतले १७० रन बनाएका छन् जुन क्रममा २ अर्धशतक बनाएका छन्। उनले कोलकाता बिरुद्ध ८० रन बनाएका थिए।

५. सन्जु स्यामसन ( राजस्थान ) :  तेश्रो खेलमा कोलकाता बिरुद्ध ८ रन मात्र बनाएका स्यामसनले त्यस अघि पन्जाब बिरुद्ध जितमा ८५ रन तथा चेन्नाई बिरुद्ध ७४ रन बनाएका थिए। ३ खेलमा उनले १६७ रन बनाएका छन्।

पर्पल क्याप लिडरबोर्ड 

१. मोहम्मद शामी ( पन्जाब ) : मुम्बई बिरुद्ध १ विकेट लिए पछि पन्जाब पेसर सामी पुनः पर्पल क्याप नाम गरेका छन्। ४ खेलमा उनले ८ विकेट लिने क्रम्ममा १४.७५ को औशतले बलिंग गरेका छन्। यस अघिशामीले दिल्ली बिरुद्ध १५ रन खर्चेर ३ विकेट , राजस्थान बिरुद्ध ५३ रन खर्चेर ३ विकेट लिएका तथा बैंगलोर बिरुद्ध १४ रन खर्चेर १ विकेट लिएका थिए।

२. कागीसो रबाडा ( दिल्ली ) : दक्षिण अफ्रिकी फास्ट बलरले दिल्लीको २ जितमा अहम योगदान दिएका छन्। हैदरावादसंग पराजित भएता पनि उनले मात्र २१ रन खर्चेर २ विकेट लिंदै विकेट संख्या ७ पुर्याए। त्यस अघि उनले चेन्नाई बिरुद्ध जितमा उत्कृस्ट बलिंग गर्दै २६ रन खर्चेर ३ विकेट तथा पन्जाब बिरुद्ध २८ रन खर्चेर २ विकेट लिएका थिए। रबाडाले १०.७१ को औसह्त र १०.२८ को स्ट्राइक रेटले बलिंग गर्दा मात्र ६.२५ प्रतिओभर रन खर्चेका छन्।

३. राहुल चाहर ( मुम्बई )  :  पर्पल क्याम रेसमा प्रवेश गरेका लेग स्पिनर चाहरले पन्जाब बिरुद्ध जितमा २६ रन खर्चेर २ विकेट लिए। ४ खेलमा ६ विकेट लिएका उनले यस अघि कोलकाता बिरुद्ध २ विकेट तथा बैंगलोर र चेन्नाई बिरुद्ध १/१ विकेट लिएका थिए।

४. शेल्डन कटरेल ( पन्जाब )  : ६ विकेटनै लिएका कटरेल एभरेजमा पछि पर्दै चौथो स्थानमा छन्। मुम्बई बिरुद्ध २० रन खर्चेर १ विकेट लिएका उनले यस अघि बैंगलोर र दिल्ली बिरुद्ध २/२ विकेट लिएका थिए भने राजस्थान बिरुद्ध १ विकेट लिएका थिए।

५. ट्रेन्ट बोल्ट ( मुम्बई ) : ६ विकेटनै लिएका बोल्टले पन्जाब बिरुद्ध १ विकेट लिए। उनले यस अघि बैंगलोर बिरुद्ध ३४ रन खर्चेर २ विकेट, कोलकाता बिरुद्ध ३० रन खर्चेर २ विकेट तथा चेन्नाई बिरुद्ध २३ रन खर्चेर १ विकेट लिएका थिए।

आईपीएल २०२० आगामी खेलहरु 

अक्टोबर २, शुक्रबार : चेन्नाई सुपर किंग्स Vs सनराइजर्स हैदरावाद ( ७:४५ बजे राति, दुबई अन्तर्राष्ट्रिय स्टेडियम )

अक्टोबर ३, शनिबार : रोयल च्यालेन्जर्स बैंगलोर Vs राजस्थान रोयल्स ( ३:४५ बजे दिउसो, शेख जायद स्टेडीयम )

अक्टोबर ३, दोश्रो खेल : दिल्ली क्यापिटल Vs कोलकाता नाइट राइडरस ( ७:४५ बजे राति, शारजाह क्रिकेट स्टेडियम )

अक्टोबर ४, आइतबार : मुम्बई इन्डीएन्स Vs सनराइजर्स हैदरावाद ( ३:४५ बजे दिउसो, शारजाह क्रिकेट स्टेडियम )

अक्टोबर ४, दोश्रो खेल : किंग्स-११ पन्जाब Vs चेन्नाई सुपर किंग्स ( ७:४५ बजे राति, दुबई अन्तर्राष्ट्रिय स्टेडियम )

चलेन पन्जाबको ब्याटिंग, सहज जितपछि मुम्बई अंकतालिकाको शिर्षमा

IPL : रोहितले पुरा गरे ५ हजार रन, लिग इतिहासकै मात्र तेश्रो ब्याट्सम्यान

IPL : गत सिजनको तुलनामा बढ्यो आईपीएलको दर्शक

विवादास्पद निर्णय : स्पाइडरक्यामलाई छोएता पनि उनदकतलाई क्याच आउट दिएपछि

शेन वार्नको नजरमा यी ४ टिम पुग्ने छन् आईपीएलको प्लेअफमा

आर्चरले फाले सिजनकै सबैभन्दा तीव्र गतिको बल, जान्नुस कति थियो गति





थप समाचार

यु १९ एसिया कप खेलतालिका सार्वजनिक

काठमाडौं । एसियान क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा यु १९ एसिया कपको खेल तालिका सार्वजनिक भएको छ । पहिलो खेलमा […]

एनपीएल : गुर्खाजले भित्र्यायो इंग्ल्यान्डका अलराउण्डर ड्यान डौथवेट

काठमाडौँ, नेपाल – काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्सको प्रमुख क्रिकेट फ्रेन्चाइज काठमाडौँ गुर्खाजले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ का लागि […]

अस्ट्रेलियामाथि पाकिस्तानको जित

काठमाडौं । घरेलु टोली अस्ट्रेलियाले पाकिस्तानसँगको दोस्रो ओडिआईमा शुक्रवार ९ विकेटले पराजित भएको छ । ३ खेलको ओडिआई सिरिजमा पाहुना […]

ओमानले युएईलाई हरायो

काठमाडौं । ओमानले विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजमा युएईलाई पराजित गरेको छ । बिहीवार भएको खेलमा ओमानले युएईमाथि […]

विश्वकप एसिया छनोटमा नेपालको लगातार दोस्रो जित

नेपालले आइसिसी यु-१९ महिला विश्वकपको एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ । युएईमा जारी छनोटमा बिहीवार नेपालले कुवेतलाई […]

नेपाल र कुवेत खेल्दै

काठमाडौं । युएईमा जारी महिला यु-१९ टि-ट्वान्टी विश्वकपको एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले कुवेतको सामना गर्दैछ । नेपाल र […]