चेन्नाई बिरुद्ध पन्जाबले टस जितेर ब्याटिंग गर्ने, टिममा ३ वटा परिवर्तन

युएईमा जारि आईपीएल टि-२० अन्तर्गत आइतबारको दोश्रो खेलमा चेन्नाई सुपर किंग्स र किंग्स-११ पन्जाब प्रतिस्पर्धा गर्दैछन्। खेल ७:४५ बजे सुरु हुनेछ। ४ खेलमा समान १ जित र ३ हार बेहोरेको दुवै टिम अंकतालिकाको पुछारमा छन्। पन्जाब सातौँ र चेन्नाई आठौँमा स्थानमा छ। आजको खेल जित्दै शिर्ष-४ भित्र प्रवेश गर्ने बाटो बनाउने दुवै टिमको चाहना छ।

पन्जाबले टस जितेर ब्याटिंग गर्ने 

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर पन्जाब कप्तान केएल राहुलले पहिले ब्याटिंग गर्ने निर्णय लिएका छन्।

पन्जाबले टिममा ३ वटा परिवर्तन गरेको छ। करुण नायर, कृष्णप्पा गोथम र जिम्मी निशमलाई बाहिर राखिएको छ। मन्दिप सिंह, हर्प्रित ब्रर र क्रिस जोर्डनले अन्तिम-११ मा मौका पाएका छन्। टस जितेपछि राहुलले विकेट राम्रो रहेको र दोश्रो इनिंगमा सुस्त हुने विश्वास गरे। उनले विशाल योगफल बनाउदै चेन्नाईलाई दबाब दिने बताए।

पन्जाबको अन्तिम ११ : केएल राहुल ( कप्तान/विकेटकिपर ) , मायाँक अग्रवाल, निकोलस पुरन, ग्लेन म्याक्सवेल, सरफराज खान, क्रिस जोर्डन, रभी बिस्नोइ, शेल्डन कटरेल, मोहम्मद शामी, मन्दिप सिंह र हर्प्रित ब्रर

चेन्नाईले अघिल्लो खेलकै अन्तिम-११ खेलाएको छ। टसको क्रममा धोनीले आफ्नो टिमले राम्रो क्रिकेट नखेलेको बताए। उनले टिम सन्तुलित देखिएको र दोश्रो ब्याटिंग गर्दा खुसिनै रहेको बताए। लक्ष्य पछ्याउने क्रममा आफ्नो टिम अनुभवी रहेको समेत उनले बताए।

चेन्नाईको अन्तिम ११ : फाफ डु प्लेसी , शेन वाटसन, अम्बाति रायडु, केदार जाधब, महेन्द्र सिंह धोनी ( कप्तान/विकेटकिपर ) , रभीन्द्र जडेजा, स्याम करन, ड्वेन ब्राभो, दिपक चाहर, शार्दुल ठाकुर, पियुष चावला

चेन्नाई :  पहिलो खेलमा मुम्बईलाई पराजित गरेता पनि त्यसपछि लगातार ३ हार बेहोरेको चेन्नाईले अन्तिम खेलमा हैदरावादले दिएको १६५ रनको लक्ष्य पछ्याउन असफल रहेको थियो। अम्बाति रायडु टिममा फर्के पनि माथिल्लो क्रमका ब्याट्सम्यानहरु चलन नसक्दा टिमको हारको कारण बनेको थियो। रभीन्द्र जडेजाले ५० तथा धोनीले अविजित ४७ रन बनाए पनि जितको लागि पर्याप्त रहेको थिएन। फाफ डु प्लेसी राम्रो लयमा रहेता पनि शेन वाटसन र केदार जाधब फ्लप भैरहेका छन्। धोनीले रन बनाएता पनि पहिले जस्तो सुरुवात देखि आक्रामक सट खेल्न सकीरहेका छैनन्। अलराउण्डर स्याम करन र ड्वेन ब्राभो तथा दिपक चाहर, पियुष चावला, जडेजा जस्ता बलरहरु रहेको टिम सन्तुलित देखिएता पनि जितको लय पाउन सकेको छैन।

पन्जाब : अर्कोतर्फ लिगमा राम्रो प्रदर्शन गर्दा गर्दै पनि पन्जाबले अधिकांश खेलहरु नजिक पुगेर हारेको छ। दिल्लीसंग सुपर ओभरमा होस् या राजस्थानको चमत्कारिक जित टिम महत्वपूर्ण समयमा चुकीरहेको छ। कप्तान मायाँक अग्रवाल र केएल राहुलले राम्रो लय देखाएका छन् भने पछिल्लो खेलमा निकोलस पुरनले पनि राम्रो ब्याटिंग गरेका थिए। तर ग्लेन म्याक्सवेल, जिम्मी निशमको फर्मले टिम चिन्तित छ। बलिंगमा मोहमद शामी, शेल्डन कटरेल र रभी बिस्नोइले राम्रो गरेता पनि डेथ ओभर बलिंग टिमको चिन्ता बनेको छ।

‘कार्तिकको सट्टा कोलकाताको कप्तानी मोर्गनले गर्नुपर्छ’ – श्रीसंत

आईपीएलमा सट्टेबाजको सक्रियता, एक खेलाडीलाई गरियो सम्पर्क

दोश्रो हार पछि स्मिथले औल्याए टिमको कमजोर पक्ष

लयमा फर्केका कोहलीले बनाए नयाँ इतिहास





थप समाचार

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]

क्रिकेट एक्सिलेन्स सेन्टर च्याम्पियन

काठमाडौं। ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ। आइतबार सम्पन्न खेलमा […]

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]