IPL : सुपर ओभरमा पुगेको रोमान्चक खेलमा दिल्लीको जित

सुपर ओभरमा पुगेको रोमान्चक खेलमा सनराइजर्स हैदरावादलाई पराजित गर्दै दिल्ली क्यापिटल्सले १४ औं आईपीएलमा चौथो जित हात पारेको छ।

चेन्नाई स्थित एमए चिदम्बरम स्टेडियममा सम्पन्न रोमान्चक खेलमा दिल्लीले दिएको १६० रनको लक्ष्य पछ्याउने क्रममा हैदरावादले २० ओभरमा ७ विकेट क्षेतीमा १५९ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो। यो सिजन पहिलो पटक खेल सुपर ओभरमा पुगेको हो।

के भयो सुपर ओभरमा 

सुपर ओभरमा ब्याटिंग गर्न सनराइजर्स हैदरावादको लागि डेभिड वार्नर र केन विलियमसन आए। दिल्लीले देब्रे हाते स्पिनर अक्षर पटेललाई बलिंगमा पठायो।

हैदरावादको इनिंग्स  : ७ रन ( ० , १ , ४, ० , १ लेग बाई, २ रन ) पहिलो बलमा अक्षर पटेलले वार्नरलाई डट बल गरे। दोश्रो बलमा वार्नरले १ रन लिए। तेश्रो बलमा विलियमसनले डिप मीडविकेटमा चौका प्रहार गरे। चौथो बलमा विलियमसनले रन बनाउन सकेनन्। पाँचौ बलमा विलियमसनले लेग बाईको रुपमा १ रन लिए। अन्तिम बलमा वार्नरले १ रन लिए। वार्नरले २ रन लिएता पनि पहिलो रन लिने क्रममा क्रिजको लाइन पार नगरेपछि सर्ट रनको रुपमा १ रन काटिएको थियो।

सुपर ओभरमा अक्षर पटेलले मात्र ७ रन दिए

दिल्लीले ब्याटिंगमा रिशभ पन्त र शिखर धवनलाई पठायो। हैदरावादले लेग स्पिनर राशिद खानलाई बलिंगमा पठायो।

दिल्लीको इनिंग्स : ८ रन ( १ रन, १ लेग बाई, चौका, ० , १ लेग बाई, १ लेग बाई ) 

राशिदको पहिलो बलमा रिशभ पन्तले १ रन लिए। दोश्रो बलमा धवनले लेग बाईको रुपमा १ रन लिए। तेश्रो बलमा पन्तले रिभर्स स्विप गर्दै चौका प्रहार गरे। चौथो बलमा राशिदले डट बल गरे। पाँचौ बलमा पन्तले लेग बाईको रुपमा १ रन लिए। अन्तिम बलमा १ रन जित्न आवस्यक हुँदा लेग बाईको रुपमा धवनले १ रन लिए।

यसरी पुग्यो सुपर ओभरमा खेल 

यस अघि १६० रनको लक्ष्य पछ्याउने क्रममा हैदरावाद ओपनर डेभिड वार्नर चौथो ओभरमा ६ रन बनाएर रन आउट हुन् पुगे। १८ बलमा ३ चौका र ४ छक्का मद्दतले ३८ रन बनाएका जोनी बेयरस्टोलाई आभेस खानले छैठौं ओभरमा क्याच आउट गराए।

तेश्रो विकेटको लागि केन विलियमसनले बिराट सिंहसंग २८ रनको साझेदारी गरे। १४ बलमा ४ रन बनाएका सिंहलाई आभेस खानले १२ औं ओभरमा क्याच आउट गराए। त्यसपछि अमित मिश्राले ५ रन बनएका केदार जाधबलाई स्टम्प आउट गराए। १७ औं ओभरमा अक्षर पटेलले ५ रन बनाएका अभिशेक शर्मा र खाता नखोल्दै राशिद खानलाई पेभेलियन फर्काए।

अर्को किनारमा विकेट निरन्तर गुमेता पनि विलियमसनले एक किनार सम्हालेर ब्याटिंग गरे। तर ब्याटिंग गर्न मुस्किल विकेटमा दिल्ली बलरहरुले खुलेर रन बनाउन दिएनन्।

रोमान्चक रह्यो अन्त्य 

जितको लागि अन्तिम २ ओभरमा २८ रन आवस्यक हुँदा आभेस खानले तेश्रो बलमा ८ रन बनाएका विजय शंकरलाई बोल्ड गरे। तर त्यसपछि क्रिजमा आएका नयाँ ब्याट्सम्यान जगदिशा सुचितले चौका र छक्का प्रहार गरे। ओभरमा आभेसले १४ रन खर्चिए जसपछि अन्तिम ओभरमा जित्न १६ रन आवस्यक रह्यो।

सुचितले अन्तिममा आक्रामक सटहरु खेल्दै खेललाई सुपर ओभरमा पुर्याउन महत्वपूर्ण भूमिका खेले

अन्तिम ओभरको पहिलो बलमा कागीसो रबाडाले वाइड गरे। लगत्तै बलमा विलियमसनले र्याम्प सट खेल्दै चौका हिर्काए। तेश्रो बलमा बाईको रुपमा १ रन बन्यो। त्यसपछिको बलमा सुचितले डिप मिड-विकेटमा छक्का प्रहार गरे। जितको लागि अब ३ बलमा ४ रन आवस्यक रह्यो जतिबेला सुचितले बाईको रुपमा १ रन लिए र विलियमसन स्ट्राइकमा आए। पाँचौ बलमा विलियमसनले १ रन लिए। अन्तिम बलमा २ रन आवस्यक हुँदा लेग बाईको रुपमा सुचितले १ रन लिए जसपछि खेल सुपर ओभरमा पुग्यो।

विलियमसन ५१ बलमा ८ चौका मद्दतले ६६ रनमा अविजित रहे भने सुचित ६ बलमा २ चौका र १ छक्का मद्दतले १४ रनमा अविजित रहे।

दिल्लीको बलिंगमा आभेस खानले सर्वाधिक ३ विकेट ( ३-०-३४-३ ) लिए। अक्षर पटेलले २ विकेट ( ४-०-२६-२ ) , अमित मिश्राले १ विकेट ( ४-०-३१-१ ) दिलाए।

दिल्लीको ब्याटिंग 

यस अघि टस जितेर ब्याटिंग रोजेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १५९ रन बनाएको थियो।

उत्कृस्ट सुरुवात दिलाउने क्रममा दिल्ली ओपनर पृथ्वी श र शिखर धवनले ८१ रनको साझेदारी गरे। २६ बलमा २८ रन बनाएका धवनलाइ एघारौं ओभरमा राशिद खानले बोल्ड गरे। अर्धशतक पुरा गरेपछि पृथ्वी बाह्रौ ओभरमा रन आउट हुन पुगे। त्यस अघि उनले ३९ बलमा ७ चौका र १ छक्का मद्दतले ५३ रन बनाए।

तेश्रो विकेटको लागि कप्तान रिशभ पन्त र स्टिभ स्म्मिथले ६० रनको साझेदारी गरे। ३७ रन बनाएका पन्तलाई सिद्धार्थ कौलले १९ औं ओभरमा क्याच आउट गराए। सोहि ओभरमा १ रन बनाएका शिमरन हेटमायरलाई कौलले क्याच आउट गराए।

स्टिभ स्मिथले अविजित ३४ रन बनाउदै टिमको योगफल १५० पार गराए। २५ बलमा उनले ३ चौका र १ छक्का प्रहार गरे।

हैदरावादको बलिंगमा सिद्धार्थ कौलले २ विकेट ( ४-०-३१-२० ) तथा राशिद खान ( ४-०-३१-१ ) ले १ विकेट लिए।

अंकतालिका : जितपछि ५ खेलमा ४ जित र १ हार बेहोरेको दिल्ली ८ अंक सहित अंकतालिकाको दोश्रो स्थानमा उक्लिएको छ। समान अंक रहेता पनि नेट रन रेटमा अघि रहँदै चेन्नाई पहिलो र बैंगलोर नेट रन रेटमा पछि पर्दै तेश्रो स्थानमा रहेको छ। हार पछि सनराईजर्स हैदरावाद ५ खेलमा १ जित र ४ हार पछि २ अंक सहित अंकतालिकाको सातौँ स्थानमा छ। समान अंक रहेता पनि कोलकाता आठौँ स्थानमा रहेको छ।

यो पनि पढ्नुस 

https://wicketnepal.com/jadeja-rec-chennai-win-over-rcb-wn21-m1/

https://wicketnepal.com/icc-ranking-nepal-wn21-new-425/

https://wicketnepal.com/pak-series-2-1-win-vs-zim-wn21/





थप समाचार

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]

प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार […]

अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ। मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार […]

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]