IPL : गुजरातको पहिलो हार

२०७८ चैत्र २९, मंगलवार ०८:४६

इन्डियन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत गय राति सम्पन्न खेलमा सनराइजर्स हैदरावादले गुजरात टाईटन्सलाई पहिलो हार चखाएको छ। यस अघि तिन वटै खेलमा गुजरात विजयी भएको थियो।

मुम्बईको डीवाई पाटिल स्टेडियममा गुजरातले दिएको १६३ रनको लक्ष्य हैदरावादले २ विकेट क्षेतीमा १९.१ ओभरमा भेटायो।

हैदरावादको लागि कप्तान केन विलियमसनले सर्वाधिक ५७ रन बनाए जुन क्रममा ४६ बलमा २ चौका र ४ छक्का प्रहार गरे। यस्तै अभिषेक शर्माले ३२ बलमा ४२ तथा निकोलस पुरनले १८ बलमा अविजित ३४ रन बनाए।

विलियमसनले शर्मासंग ६४ रनको ओपनिंग तथा दोश्रो विकेटको लागि राहुल त्रिपाठीसंग ६५ रनको साझेदारी गरे। १७ औं ओभरमा विलियमसनको विकेट पछि पुरनले एडेन मारक्रमसंग ३९ रनको साझेदारी गर्दै जितसम्म पुर्याए। गुजरातका बलर हार्दिक पान्ड्या र राशिद खानले १/१ विकेट लिए।

टस हारेर ब्याटिंग गरेको गुजरातले २० ओभरमा ७ विकेट क्षेतीमा १६२ रन बनायो। उसको लागि कप्तान हार्दिक पान्ड्याले अविजित ५० रन बनाए जुन क्रममा ४२ बलमा ४ चौका र १ छक्का प्रहार गरे। अभिनभ मनोहरले २१ बलमा ३५ रन बनाए।

हैदरावादका बलर भुवनेश्वर कुमार र टि नटराजनले २/२ तथा मार्को जानसेन र उम्रान मलिकले १/१ विकेट लिए।

 आईपीएल अंकतालिका 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy