IPL M22 : हैदरावाद बिरुद्ध मुजिबले पाए मौका, पन्जाबले गर्यो ३ वटा परिवर्तन

युएईमा जारी १३ औं संस्करणको आइपिएल अन्तर्गत बिहिबार २२ औं खेलमा लोकेश राहुलको कप्तानीमा रहेको किङ्ग्स-११ पन्जाब र डेभिड वार्नरको कप्तानीमा रहेको सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुदैँछ। खेल नेपाली समय अनुसार रातिको ७:४५ बजे दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा सुरु हुनेछ।

खेलमा टस जितेर हैदरावाद कप्तान डेभिड वार्नरले ब्याटिंग गर्ने निर्णय लिएका छन्। हैदरावादले टिममा एउटा परिवर्तन गरेको छ। सिद्धार्थ कौलको स्थानमा देब्रे हाते फास्ट बलर खलिल एहमदलाई खेलाइएको छ। कौलले अघिल्लो खेलमा मुम्बई बिरुद्ध ६४ रन खर्चेर २ विकेट लिएका थिए। खलिलले यस अघि ३ खेलमा मौका पाएका थिए जुन क्रममा २ विकेट लिएका थिए।

हैदरावादको अन्तिम ११ : डेभिड वार्नर ( कप्तान ), जोनी बेयरस्टो ( विकेटकिपर ), मनिष पाण्डे, केन विलियमसन, प्रियम गर्ग, अभिषेक शर्मा, अब्दुल शमद, राशिद खान, सन्दिप शर्मा, खलिल एहमद, टि नटराजन

पन्जाबले अन्तिम ११ मा तिन वटा परिवर्तन गरेको छ। अफगानिस्तान स्पिनर मुजिब उर् रहमानले पहिलो पटक मौका पाएका छन्। यस्तै सिमरन सिंह र अर्शदिप सिंहले पनि मौका पाएका छन्। सिमरन दायाँ हाते ब्याट्सम्यान हुन् जसले गत सिजन लिगमा १ मात्र खेलमा हैदरावाद बिरुद्धनै मौका पाएका थिए। गत सिजननै डेब्यु गरेका देब्रे हाते फास्ट बलर सिंहले ३ खेलमा ३ विकेट लिएका थिए। क्रिस जोर्डन, हरप्रित ब्रर र सरफराज खानलाई बाहिर राखिएको छ।

क्रिस गेललाई पन्जाबले अझै मौका दिएन

पन्जाबको अन्तिम ११ : केएल राहुल ( कप्तान/विकेटकिपर ) , मायाँक अग्रवाल, निकोलस पुरन, ग्लेन म्याक्सवेल, मन्दिप सिंह, मुजिब उर रहमान, रभी बिस्नोइ, शेल्डन कटरेल, मोहम्मद शामी, सिमरन सिंह, अर्शदिप सिंह

अंकतालिका :  ५ खेलमा २ जित र ३ हारपछि हैदराबाद अकंतालिकाको छैटौं स्थानमा छ भने समान खेल खेलेको पन्जाब १ जित र ४ हारपछि अंकतालिकाको आठौँ स्थानमा छ। पुछारमा रहेको पन्जाब आजको खेल जितेको खण्डमा चौथो स्थानमा उक्लनेछ। पन्जाबको नेट रन रेट राम्रो हुँदा जितले फड्को मार्न सक्छ। हैदरावाद आज विजयी भएको खण्डमा कोलकाता र बैंगलोरलाई पछि पार्दै तेश्रो स्थानमा उक्लन सक्छ।

हेड टु हेड :- हालसम्म यी दुई टोलिबीच कुल १४ पटक प्रतिस्पर्धा भएको छ जसमा हैदराबादको पुर्ण रुपमा दबदबा रहेको छ। हैदराबदले १० खेलमा जित हात पार्दा पन्जाब मात्र ४ खेलमा विजयी भएको छ। गत सिजन दुबै टोलीले समान १-१ खेल जितेका थिए। पहिलो खेलमा पन्जाब ६ विकेटले तथा दोस्रो खेलमा तथा दोस्रो खेलमा हैदराबाद ४५ रनले विजयी भएको थियो।

सन्दिप र सुनम लंका प्रिमियर लिगको ड्राफ्टमा

IPL : अरेन्ज क्यापमा राहुल र डु प्लेसीको प्रतिस्पर्धा, अंकतालिकामा को कुन स्थानमा

धोनीले बताए कोलकातासंग हारको कारण

IPL : अन्तिम-११ मा मौका कुरीरहेका ६ ठूला खेलाडीहरु

सहज थिएन स्टोक्सको युएई यात्रा

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy