IPL : दिल्लीको विजय यात्रामा राजस्थान बन्ला बाधा ? यस्तो छ दुवै टिमको सम्भावित ११

युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत शुक्रबार २३ औं खेलमा स्टिभ स्मिथको कप्तानीमा रहेको राजस्थान रोयल्सले श्रेयस अय्यरको कप्तानीमा रहेको दिल्ली क्यापिटल्सको सामना गर्दैछ। खेल नेपाली समय अनुसार रातिको ७:४५ बजे शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ।

हालसम्म ५ खेल खेलेको दिल्ली १ हार र ४ जितपछि अंकतालिकाको दोस्रो स्थानमा छ भने समान खेल खेलेको राजस्थान ३ हार र २ जितपछि अकंतालिकाको सातौँ स्थानमा छ। दिल्ली आजको खेलमा लगातार तेस्रो जित हात पार्दै अकंतालिकाको शिर्ष स्थानमा उक्लन चाहन्छ भने राजस्थान लगातार तेस्रो हार टार्दै अकंतालिकामा अघि बढ्न चाहन्छ।

राजस्थान रोयल्स :- सुरुवाती २ खेलमा जित हात पारेको राजस्थान पछिल्लो ३ खेलमा हार बेहोरेको छ। राजस्थानले पहिलो खेलमा चेन्नाईलाई १६ रनले तथा दोस्रो खेलमा पन्जाबलाई ४ विकेटले पराजित गरेको थियो। त्यसपछि राजस्थानले कोलकातासगँ ३७ रनको, बैंगलोरसँग ८ विकेटको तथा मुम्बईसगँ ५७ रनको फराकिलो हार बेहोरेको थियो।

सुरुवाती २ खेलमा स्टिभ स्मिथ र संजु स्यामसनको ब्याटबाट रनबन्दा राजस्थान विजयी भएको थियो। पछिल्लो ३ खेलमा यी दुई ब्याट्सम्यानको ब्याट चल्न सकेको छैन। राजस्थानले लय पाउन यी दुई ब्याट्सम्यानबाट रन बन्नै पर्ने हुन्छ। पछिल्लो खेलमा मुम्बई विरुद्ध ४४ बलमा ७० रन बनाएका जोस बटलर लयमा फर्किनु राजस्थानको लागि सुखद पक्ष हो। मिडल ओभरमा अनुभवी खेलाडी नहुँदा राजस्थानको हारको कारण बनेको छ। राहुल तेवतिया र जोफ्रा आर्चरले घातक बलिंग गर्नु साथै मध्यक्रममा आएर महत्वपूर्ण रन समेत बनाइरहेका छन्। पछिल्लो खेलमा २८ रन खर्चिएर २ विकेट लिएका श्रेयस गोपालले आफ्नो प्रदर्शनमा स्थिरता ल्याउनु पर्ने हुन्छ। मुम्बई विरुद्ध डेब्यु गरेका कार्तिक त्यागीले राम्रो बलिंग प्रदर्शन गरेका थिए। राजस्थान आफ्नो टप अर्डर ब्याट्सम्यानको प्रदर्शनमा स्थिरता चाहन्छ।

 

दिल्ली क्यापिटल्स :- निकै सन्तुलित देखिएको दिल्लीले ५ खेलमा मात्र १ हार बेहोरेको छ। दिल्ली आफ्नो तेस्रो खेलमा हैदराबाद विरुद्ध १५ रनले पराजित भएको थियो। दिल्लीले पन्जाबलाई सुपर ओभरमा, चेन्नाईलाई ४४ रनले, कोलकातालाई १८ रनले तथा बैंगलोरलाई ५९ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।

दिल्लीले आगामी खेलहरुमा सोहि लय कायम गर्दै पहिलो उपाधि जित्ने लक्ष्य लिएको छ। पृथवी श, कप्तान अय्यर र स्टोइनिशको ब्याटबाट रन बन्नु दिल्लीको लागि सुखद पक्ष हो। शिखर धवन, रिषभ पन्त र शेमरन हेटमायरको उत्कृस्ट प्रदर्शन भने देख्न बाँकी रहेको छ। पर्पल क्याप साथमा रहेका कागिसो रबाडाको र एनरिक नोर्कियाको तिव्र गतिले दिल्लीको फास्ट बलिंग पक्ष निकै मजबुत रहेको छ। अफ स्पिनर रभीचन्द्रन आश्विन र बायाँ हाते फिंगर स्पिनर अक्षेर पटेलको किफायती बलिंगले दिल्लीको बलिंग आक्रामक निकै सन्तुलित देखिन्छ। स्टोइनिशले पनि बलिंगमा योगदान गर्दा दिल्लीसंग बलिंग बिकल्प छ।

हेड टु हेड :- हालसम्म यी दुई टोलीबीच कुल २० पटक प्रतिस्पर्धा भएको छ जसमध्य राजस्थानले ११ खेलमा जित हात पार्दा दिल्ली ९ खेलमा विजयी भएको छ। गत सिजन दिल्लीले दुबै खेलमा राजस्थानलाई पराजित गरेको थियो। दिल्लीले पहिलो खेलमा ६ विकेटको तथा दोस्रो खेलमा ५ विकेटको जित निकालेको थियो।

खेल हुने मैदान :- जारी सिजन हालसम्म शारजाह क्रिकेट स्टेडियममा ४ खेल खेलिएको छ जसमध्य ३ खेलमा पहिले ब्याटिंग गर्ने तथा मात्र १ खेलमा दोस्रो ब्याटिंग गर्ने टिमले जित हात पारेको छ। राजस्थानले आफ्नो सुरुवाती २ खेल यसै मैदानमा खेलेको थियो। राजस्थान दुबै खेलमा विजयी भएको थियो। दिल्लीले एक खेल कोलकाता विरुद्ध यसै मैदानमा खेलेको थियो जुन खेलमा १८ रनको जित दर्ता गरेको थियो। दुबै टोलि शारजाह मैदानमा जारी सिजन अपराजित रहेका छन्।

पहिलो इनिंग औशत योगफल : २१९ (जारी प्रतियोगितामा), चेज गर्दाको रेकर्ड : जित-१, हार-३,बराबरी-०

टिममा हुन सक्ने परिवर्तन :-

राजस्थान रोयल्स :- लगातार ३ खेलमा पराजित भएको राजस्थानले पछिल्लो खेलमा भेट्रान खेलाडी रोबीन उथ्प्पा र तिव्र गतिका बलर जयदेव उनदकतलाई अन्तिम-११ बाट बाहिर राखेको थियो। । खराब प्रदर्शन गरेका यशस्वी जैसवालको ठाउँमा मनन बोहोराले मौका पाउन सक्छन्। तर, दुई खेलमा मौका पाउदा एकमा ६ तथा अर्को खेलमा खाता नखोली आउट भएका जैसवाललाई अझै मौका दिनेछ या छैन हेर्नलायक हुने छ। टिमले टम करनको ठाउँमा एन्ड्रु टायलाई स्थान दिनसक्छ। पछिल्लो खेलमा लिगमा डेब्यु गरेका कार्तिक त्यागिले आज पनि स्थान बनाउन सक्छन्। अंकित राजपुतको स्थानमा बायाँ हाते फास्ट बलर जयदेव उनादकतले पुन: स्थान पाउन सक्छन्। बेन स्टोक्स क्वारेन्टाइनमा रहेकोले आज खेल्न सक्नेछैनन्। आगामी खेलमा हुने खेल्ने सम्भावना प्रवल रहेको छ।

राजस्थानको सम्भावित ११ : यसस्वी जैसवाल/मनन बोहोरा, जोस बटलर ( विकेटकिपर ), सन्जु स्यामसन, स्टिभ स्मिथ ( कप्तान ), राहुल तेवतिया, माहिपाल लामरोर, टम करन/एन्ड्रु टाय, जोफ्रा आर्चर, श्रेयस गोपाल, जयदेव उनदकत/अंकित राजपुत, कार्तिक त्यागि

दिल्ली क्यापिटल्स :- राम्रो लयमा रहेको तथा निकै सन्तुलित देखिएको टिम दिल्लीले टिममा परिवर्तन गर्ने देखिन्न। यद्दपी, टिमसंग अजिंक्य रहाने, सन्दिप लामिछाने जस्ता खेलाडीको रुपमा उत्कृस्ट विकल्प रहेको छ। टिमले हर्षल पटेलको स्थानमा इशान्त शर्मालाई स्थान दिने झिनो सम्भावना छ।

दिल्लीको सम्भावित ११ : शिखर धवन, पृथ्वी श, श्रेयस ऐयर, रिषभ पन्त, शिमरोन हेटमाएर, मार्कस स्टोइनिस, रभीचन्द्रन आश्विन, अक्षर पटेल, कागिसो रबाडा, एनरिक नोर्किया, हर्षल पटेल

लयमा रहेका ४ खेलाडी :- 

मार्कस स्टोइनिस :- अष्ट्रेलियालि अल-राउण्डर मार्कस स्टोइनिसले जारी सिजन बलिंग र ब्याटिंग दुबै पक्षबाट राम्रो प्रदर्शन गरिरहेका छन्। उनले पछिल्लो खेलमा बैंगलोर विरुद्ध २६ बलमा ५३ रनको विस्फोटक पारी खेलेका थिए।

कागिसो रबाडा :-  दक्षिण अफ्रिकी तिव्र गतिका बलर कागिसो रबाडाले हालसम्म पर्पल क्याप आफ्नो नाम गरेका छन्। उनले बैंगलोर विरुद्ध २४ रन खर्चिएर ४ विकेट लिएका थिए।

जोस बटलर :- राजस्थानको विकेटकिपर ब्याट्सम्यान जोस बटलरले सुरुवाती खेलमा खराब प्रदर्शन गरेता पनि पछिल्लो खेलमा मुम्बई विरुद्ध आक्रामक पारी खेलेका थिए। उनले ४४ बलमा ७० रन बनाएका थिए।

श्रेयस गोपाल :- लेग स्पिनर गोपालले पछिल्लो खेलमा मुम्बई विरुद्ध २८ रन खर्चेर २ विकेट लिएका थिए।

रोचक रेकर्ड :-

१.संजु स्यामसन आईपिएलमा २५०० रन प्रहार गर्नबाट १२० रन टाढा छन् भने ५० क्याच हात पार्नबाट २ क्याच टाढा छन्।

२.जोस बटलर आईपिएलमा १०० चौका हिर्काउनबाट २ चौका टाढा छन्। यस्तै, राजस्थानको लागि १००० रन बनाउनबाट २४ रन टाढा छन्।

३.आईपिएलमा कप्तानको रुपमा १००० रन पुरा गर्नबाट स्टिभ स्मिथ ७३ रन टाढा छन्।

४.रिषभ पन्त लिगमा १०० छक्का प्रहार गर्नबाट १ छक्का टाढा छन् भने २००० रन पुरा गर्नबाट ९३ रन टाढा छन्।

सन्दिप र सुनम सहभागी ‘लंका प्रिमियर लिग’ ड्राफ्ट नयाँ मितिमा हुने

सन्दिप र सुनम लंका प्रिमियर लिगको ड्राफ्टमा, को हुन् सुनम गौतम 

IPL : अरेन्ज क्याप रेसको टप-५ मा बेयरस्टो र वार्नरको आगमन, अंकतालिकाको अवस्था के छ

पन्जाब-हैदरावाद खेलमा बने ८ रेकर्ड

विस्फोटक ब्याटिंग गर्दै पुरनले बनाए सिजनकै सबैभन्दा छिटो अर्धशतक





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]