युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत शुक्रबार २३ औं खेलमा स्टिभ स्मिथको कप्तानीमा रहेको राजस्थान रोयल्सले श्रेयस अय्यरको कप्तानीमा रहेको दिल्ली क्यापिटल्सको सामना गर्दैछ। खेल नेपाली समय अनुसार रातिको ७:४५ बजे शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ। हालसम्म ५ खेल खेलेको दिल्ली १ हार र ४ जितपछि अंकतालिकाको दोस्रो स्थानमा छ भने समान खेल खेलेको राजस्थान ३ हार र २ जितपछि अकंतालिकाको सातौँ स्थानमा छ। दिल्ली आजको खेलमा लगातार तेस्रो जित हात पार्दै अकंतालिकाको शिर्ष स्थानमा उक्लन चाहन्छ भने राजस्थान लगातार तेस्रो हार टार्दै अकंतालिकामा अघि बढ्न चाहन्छ।
टस जितेर राजस्थानले फिल्डिंग गर्ने
खेलमा टस जितेर राजस्थानले फिल्डिंग गर्दै दिल्लीलाई ब्याटिंगको निम्तो दिएको छ।
राजस्थानले अन्तिम-११ मा २ वटा परिवर्तन गरेको छ। अस्ट्रेलियन फास्ट बलर एन्ड्रु टाईले राजस्थानको लागि डेब्यु गर्नेछन्। ३३ वर्षीय टाईले लिगमा २६ खेल खेल्ने क्रममा ३९ विकेट लिईसकेका छन्। यस अघि उनले पन्जाबको प्रतिनिधित्व गरेका थिए। यस्तै भारतीय तिब्र गति बलर वरुण अरुणले पनि पहिलो पटक मौका पाएका छन्। अंकित राजपुत र टम करनलाई बाहिर राखिएको छ।
राजस्थानको अन्तिम ११ : यसस्वी जैसवाल, जोस बटलर ( विकेटकिपर ), सन्जु स्यामसन, स्टिभ स्मिथ ( कप्तान ), राहुल तेवतिया, माहिपाल लोमरोर, एन्ड्रु टाइ, जोफ्रा आर्चर, श्रेयस गोपाल, वरुण अरुण, कार्तिक त्यागि
दिल्लीले भने अन्तिम-११ मा कुनै पनि परिवर्तन गरेको छैन। नेपाली लेग स्पिनर सन्दिप लामिछानेले अन्तिम-११ मौका पाउन अझै कुर्नुपर्ने भएको छ।
दिल्लीको अन्तिम ११ : शिखर धवन, पृथ्वी श, श्रेयस ऐयर, रिषभ पन्त, शिमरोन हेटमाएर, मार्कस स्टोइनिस, रभीचन्द्रन आश्विन, अक्षर पटेल, कागिसो रबाडा, एनरिक नोर्किया, हर्षल पटेल
नेपाली क्रिकेट टिमलाई कस्तो प्रशिक्षक आवस्यक छ ?
IPL : दिल्लीको विजय यात्रामा राजस्थान बन्ला बाधा ? यस्तो छ दुवै टिमको सम्भावित ११
पन्जाब-हैदरावाद खेलमा बने ८ रेकर्ड
सन्दिप र सुनम सहभागी ‘लंका प्रिमियर लिग’ ड्राफ्ट नयाँ मितिमा हुने
सन्दिप र सुनम लंका प्रिमियर लिगको ड्राफ्टमा, को हुन् सुनम गौतम