IPL : कार्तिक र गिलको अर्धशतक, कोलकाताद्वारा पन्जाबलाई १६५ रनको लक्ष्य

२०७७ आश्विन २४, शनिबार १७:४०

युएईमा जारि १३ औं आईपीएल २४ औं खेलमा कोलकाता नाइट राइडर्स र किंग्स-११ पन्जाब प्रतिस्पर्धा गर्दैछन्।

शेख जायद स्टेडियम अबुधाबीमा जारि खेलमा टस जितेर पहिले ब्याटिंग गर्दै कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६४ रन बनाउदै पन्जाबलाई १६५ रनको लक्ष प्रस्तुत गरेको छ।

कोलकाताको लागि कप्तान दिनेश कार्तिकले सर्वाधिक ५८ रन बनाए जुन क्रममा २९ बलमा ८ चौका र २ छक्का प्रहार गरे। यस अघि ५ खेलमा ४९ रन बनाएका कार्तिक लयमा फर्कने क्रममा सिजनको पहिलो अर्धशतक बनाएका हुन्। लिग करियरमा कार्तिकको १९ औं अर्धशतक हो।

यस्तै ओपनर शुबमन गिलले लिगमा दोश्रो अर्धशतक बनाउने क्रममा ४७ बलमा ५ चौका मद्दतले ५७ रन बनाए। लिग करियरमा गिलको यो छैठौं अर्धशतक हो। गिलले यस अघि सनराइजर्स हैदरावाद बिरुद्ध ७० रन बनाएका थिए। ओएन मोर्गनले २४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

शुबमन गिलले ५७ रन बना

कोलकाताले पहिलो २ विकेट छिट्टै गुमायो। ओपनर राहुल त्रिपाठी ४ रन बनाएर मोहम्मद शामीबाट बोल्ड भए। चौथो ओभरमा नितिश राना ना ( ४ )  आउट भए। तेश्रो विकेटको लागि ओपनर शुबमन गिलले ओएन मोर्गनसंग ४९ रनको साझेदारी गरे। ११ औं ओभरमा मोर्गनलाई लेग स्पिनर रभी बिस्नोईले क्याच आउट गराए।

गिलले एक किनार सम्हालीरहे जुन क्रममा चौथो विकेटको लागि कप्तान दिनेश कार्तिकसंग ९१ रनको उत्कृस्ट साझेदारी गरे। १८ औं ओभरमा गिललाई मन्दिप सिंहले रन आउट गर्दै साझेदारी तोडे। गिलको विकेट लगत्तै ओभरमा आन्द्रे रसेललाई अर्शदिप सिंहले क्याच आउट गराए। कप्तान कार्तिक इनिंगको अन्तिम बलमा रन आउट हुन पुगे।

पन्जाबको बलिंगमा रभी बिस्नोइ ( ४-०-२५-१ ) , मोहम्मद शामी ( ४-०-३०-१ ) र अर्शदिप सिंह ( ४-१-२५-१ ) ले समान १/१ विकेट लिए। मुजिब उर् रहमान ( ४-०-४४-० ) र क्रिस ओर्दन ( ४-०-३७-० ) विकेटविहिन रहे। कोलकाताले ३ विकेट रन आउटको रुपमा गुमाउन पुग्यो।

लेग स्पिनर रभी बिस्नोईले ओएन मोर्गनको विकेट लिए

हालसम्म ५ खेल खेलेको कोलकाता ३ जित र २ हारपछि अकंतालिकाको चौथौं स्थानमा छ भने ६ खेल खेलेको पन्जाबले १ खेलमा जित निकाल्दै मात्र २ अंक बटुल्न सकेको छ जसकारण तालिकाको पुछारमा छ। कोलकातालाई आजको खेलमा जित हात पार्दै तालिकाको दोस्रो स्थानमा उक्लने मौका छ। लगातार खराब प्रदर्शन गर्दै आएको पन्जाब आजको खेलमा आफ्नो पराजय यात्रालाई पुर्णविराम लगाउन चाहन्छ।

करन केसीको ७ उत्कृस्ट बलिंग प्रदर्शन

“म कप्तानीको मजा लिईरहेको छु” – ऐयर

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy