रोमान्चक खेलमा कोलकातासंग पन्जाब २ रनले पराजित, पन्जाबको लगातार पाँचौ हार

युएईमा जारि आईपीएल २०२० अन्तर्गत अत्यन्त रोमान्चक रहेको खेलमा पन्जाबलाई २ रनले पराजित गर्दै कोलकाता नाइट राइडर्सले चौथो जित दर्ता गरेको छ। ( अंकतालिका सबैभन्दा तल ) 

२ रनको जित कोलकाताको लिग इतिहासकै संयुक्त रुपमा सबैभन्दा कम रन अन्तरको जित हो। यस अघि २०१४ मा कोलकाताले बैंगलोरलाई युएईमै शारजाह मैदानमा २ रनले पराजित गरेको थियो।

शेख जायद स्टेडियममा टस जितेर ब्याटिंग गर्दै कोलकाताले दिएको १६५ रनको लक्ष्य पछ्याउने क्रममा पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर १६२ रन बनायो।

पन्जाबको लागि कप्तान केएल राहुलले सर्वाधिक ७४ रन बनाउने क्रममा ५८ बलमा ६ चौका प्रहार गरे। यस्तै मायाँक अग्रवालले ३९ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ५६ रन बनाए।

केएल राहुल र मायाँक अग्रवालले पहिलो विकेटको लागि शतकीय साझेदारी गरे

पहिलो विकेटको लागि राहुल र अग्रवालले ११५ रनको साझेदारी गरेका थिए। १५ औं ओभरमा अग्रवाललाई प्रसिध कृष्णाले क्याच आउट गराएर साझेदारी तोडे। त्यसपछि राहुलले दोश्रो विकेटको लागि निकोलस पुरनसंग २९ रनको साझेदारी गरे।

१७ ओभरमा १४३/१ को अवस्थामा जित सहज देखिएता पनि  १० बलमा २ चौका र १ छक्का मद्दतले १६ रन बनाएका पुरनलाई १८ औं ओभरमा सुनिल नारायणले बोल्ड गरेपछि कोलकाता खेलमा हावी भयो। १८ औं ओभरमा नारायणले मात्र २ रन खर्चेर १ विकेट लिए जसपछि पन्जाबलाई २ ओभरमा जित्न २० रन आवस्यक रह्यो।

१९ औं ओभरमा प्रशिध कृष्णले चौथो र पाँचौ बलमा क्रमशः शिमरन सिंहलाई ( ४ रन ) क्याच आउट तथा कप्तान राहुललाई बोल्ड गर्दै कोलकातालाई खेलमा फर्काए। ओभरमा उनले मात्र ६ रन खर्चेर २ विकेट लिए।

अन्तिम ओभरमा जितको लागि पन्जाबलाई ६ बलमा १४ रन आवस्यक रह्यो। अन्तिम ओभरमा बलिंग गर्न सुनिल नारायण आए।

नारायणको पहिलो बलमा म्याक्सवेलले २ रन लिए भने दोश्रो बलमा रन बन्न सकेन। तेश्रो बलमा म्याक्सवेलले चौका प्रहार गरे। चौथो बलमा म्याक्सवेलले १ रन लेग बाइको रुपमा लिए। पाँचौ बलमा मन्दिप सिंहलाई नारायणले क्याच आउट गराए। जसपछि अन्तिम बलमा जित्न पन्जाबलाई ७ रन आवस्यक रह्यो।

अन्तिम बलमा म्याक्सवेलले चौका प्रहार गरेता पनि जित दिलाउन सकेनन्। उनले ५ बलमा २ चौका मद्दतले अविजित १० रन बनाए।

कोलकाताको बलिंगमा सिजनको पहिलो खेल खेल्ने क्रमअ प्रसिध कृष्णाले सर्वाधिक ३ विकेट ( ४-०-२९-३ ) लिए। यस्तै शानदार बलिंग गरेका सुनिल नारायणले २ विकेट ( ४-०-२८-२ ) लिए।

कोलकाताको ब्याटिंग 

यस अघि टस जितेर पहिले ब्याटिंग गर्दै कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६४ रन बनाएको थियो।

कोलकाताको लागि कप्तान दिनेश कार्तिकले सर्वाधिक ५८ रन बनाए जुन क्रममा २९ बलमा ८ चौका र २ छक्का प्रहार गरे। यस अघि ५ खेलमा ४९ रन बनाएका कार्तिक लयमा फर्कने क्रममा सिजनको पहिलो अर्धशतक बनाएका हुन्। लिग करियरमा कार्तिकको १९ औं अर्धशतक हो।

यस्तै ओपनर शुबमन गिलले लिगमा दोश्रो अर्धशतक बनाउने क्रममा ४७ बलमा ५ चौका मद्दतले ५७ रन बनाए। लिग करियरमा गिलको यो छैठौं अर्धशतक हो। गिलले यस अघि सनराइजर्स हैदरावाद बिरुद्ध ७० रन बनाएका थिए। ओएन मोर्गनले २४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

दिनेश कार्तिकले सिजनको पहिलो अर्धशतक बनाए

कोलकाताले पहिलो २ विकेट छिट्टै गुमायो। ओपनर राहुल त्रिपाठी ४ रन बनाएर मोहम्मद शामीबाट बोल्ड भए। चौथो ओभरमा नितिश राना ( ४ ) आउट भए। तेश्रो विकेटको लागि ओपनर शुबमन गिलले ओएन मोर्गनसंग ४९ रनको साझेदारी गरे। ११ औं ओभरमा मोर्गनलाई लेग स्पिनर रभी बिस्नोईले क्याच आउट गराए।

गिलले एक किनार सम्हालीरहे जुन क्रममा चौथो विकेटको लागि कप्तान दिनेश कार्तिकसंग ९१ रनको उत्कृस्ट साझेदारी गरे। १८ औं ओभरमा गिललाई मन्दिप सिंहले रन आउट गर्दै साझेदारी तोडे। गिलको विकेट लगत्तै ओभरमा आन्द्रे रसेललाई अर्शदिप सिंहले क्याच आउट गराए। कप्तान कार्तिक इनिंगको अन्तिम बलमा रन आउट हुन पुगे।

पन्जाबको बलिंगमा रभी बिस्नोइ ( ४-०-२५-१ ) , मोहम्मद शामी ( ४-०-३०-१ ) र अर्शदिप सिंह ( ४-१-२५-१ ) ले समान १/१ विकेट लिए। मुजिब उर् रहमान ( ४-०-४४-० ) र क्रिस ओर्दन ( ४-०-३७-० ) विकेटविहिन रहे। कोलकाताले ३ विकेट रन आउटको रुपमा गुमाउन पुग्यो।

अंकतालिका र आगामी खेल 

आफ्नो दोश्रो खेलमा बैंगलोरलाई पराजित गरेपछि लगातार ४ खेलमा पराजित भएको पन्जाबको यो लगातार पाँचौ हार हो। हारपछि पन्जाब ७ खेलमा १ जित र ६ हार पछि २ अंक सहित आठौँ स्थानमा रहेको छ।

जितपछि कोलकाता तेश्रो स्थानमा उक्लेको छ जसको ६ खेलमा ४ जित र २ हार पछि ८ अंक रहेको छ। समान ८ अंक रहेता पनि मुम्बई नेट रन रेटमा अघि रहँदै दोश्रो स्थानमा रहेको छ। दिल्ली १० अंक सहित पहिलो स्थानमा छ।

लिग अन्तर्गत शनिवारको दोश्रो खेलमा चेन्नाई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गरिरहेका छन्। खेलमा टस जितेर बैंगलोरले ब्याटिंग रोजेको छ।

७ फिट ६ इन्च अग्ला पाकिस्तानि बलरको ‘विश्वकै अग्लो बलर’ बन्ने लक्ष्य

सन्दिप र सुनम सहभागी ‘लंका प्रिमियर लिग’ ड्राफ्ट नयाँ मितिमा हुने

“म कप्तानीको मजा लिईरहेको छु” – ऐयर

करन केसीको ७ उत्कृस्ट बलिंग प्रदर्शन

“पन्जाबले म्याक्सवेलको बिकल्प सोच्नुपर्छ” पिटरसन





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]