चेन्नाई बिरुद्ध बैंगलोरले टस जितेर ब्याटिंग गर्ने, टिममा २ वटा परिवर्तन

युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत शनिवार दिनको दोश्रो खेलमा चेन्नाई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गर्दैछन्। खेल ७:४५ बजे बाट दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सुरु हुनेछ।

खेलमा टस जितेर बैंगलोरले ब्याटिंग रोजेको छ। बैंगलोरले टिममा २ वटा परिवर्तन गरेको छ। क्रिस मोरिसले टिमको लागि डेब्यु गर्ने छन् भने गुरकिरत मान सिंहले पनि मौका पाएका छन्। मोरिसले यस अघि दिल्लीबाट खेलेका थिए। आईपीएलमा करियरमा दायाँ हाते फास्ट बलरले ६१ खेलमा ६९ विकेट लिएका छन् भने ब्याटिंगमा ५१७ रन बनाएका छन्। मोइन अलि र मोहम्मद सिराजलाई बाहिर राखिएको छ।

बैंगलोरको अन्तिम ११ : एरोन फिन्च, देभदत्त पडिक्कल, बिराट कोहली, एबि डि भिल्लियर्स, गुरकिरत मान सिंह , शिभम दुबे, वासिङ्टन सुन्दर, इसुरु उडाना, क्रिस मोरिस , युझभेन्द्र चहल, नभदिप सैनी

क्रिस मोरिसले बैंगलोरको लागि डेब्यु गर्ने भएका छन्

चेन्नाईले अन्तिम-११ मा एक परिवर्तन गरेको छ। केदार जाधबको स्थानमा दायाँ हाते ब्याट्सम्यान एन जगदिशनलाई मौका दिईएको छ। २४ वर्षीय ब्याट्सम्याले लिगमा डेब्यु गर्नेछन्।

चेन्नाईको अन्तिम ११ :- शेन वाटसन, फाफ डुप्लेसिस, अम्बाती रायडु, एन जगदिशन , महेन्द्र सिंह धिनी, स्याम करन, रविन्द्र जडेजा, ड्वेन ब्राभो, दिपक चहार, शार्दुल ठाकुल, कर्न शर्मा

६ खेलमा २ जित र ४ हारपछि चेन्नाई अकंतालिकाको छैटौं स्थानमा छ भने ५ खेलमा ३ जित र २ हारसहित बैंगलोर अकंतालिकाको पाचौं स्थानमा छ। बैंगलोरलाई आजको खेलमा जित हात पार्दै तालिकाको तेस्रो स्थानमा उक्लने मौका छ। यता, खराब लयमा रहेको चेन्नाई आजको खेलमा महत्वपुर्ण २ अंक बटुल्न चाहन्छ।

७ फिट ६ इन्च अग्ला पाकिस्तानि बलरको ‘विश्वकै अग्लो बलर’ बन्ने लक्ष्य

सन्दिप र सुनम सहभागी ‘लंका प्रिमियर लिग’ ड्राफ्ट नयाँ मितिमा हुने

“म कप्तानीको मजा लिईरहेको छु” – ऐयर

करन केसीको ७ उत्कृस्ट बलिंग प्रदर्शन

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy