कप्तान कोहली चम्किदा बैंगलोरद्वारा चेन्नाईलाई १७० रनको लक्ष्य

युएईमा जारि आईपीएल २०२० अन्तर्गत शनिवारको दोश्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र चेन्नाई सुपर किंग्स प्रतिस्पर्धा गरिरहेका छन्। दिनको पहिलो खेलमा कोलकाताले पन्जाबलाई २ रनले पराजित गरेको थियो। 

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिंग रोजेको बैंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६९ रन बनाउदै चेन्नाईलाई १७० रनको लक्ष्य प्रस्तुत गरेको छ।

बैंगलोरको लागि कप्तान बिराट कोहलीले सर्वाधिक अविजित ९० रन बनाए जुन क्रममा ५२ बलमा ४ चौका र ४ छक्का हिर्काए। लिगमा कोहलीको यो दोश्रो तथा आईपीएल करियरको ३८ औं अर्धशतक हो। यस अघि उनले राजस्थान बिरुद्ध अविजित ७२ रन बनाएका थिए।

यस्तै ओपनर देभदत्त पडीक्कलले ३४ बलमा ३३ रन बनाए भने शिभम दुबेले अविजित २२ रन बनाए जुन क्रममा १४ बलमा २ चौका र १ छक्का प्रहार गरे।

बिराट कोहलीले सिजनको दोश्रो अर्धशतक बनाए

९ बलमा २ रन बनाएका ओपनर आरोन फिन्च तेश्रो ओभरमा दिपक चाहरबाट तेश्रो ओभरमा आउट भएपछि दोश्रो विकेटको लागि अर्का ओपनर देभदत्त पडीक्कल र कप्तान कोहलीले ५३ रनको साझेदारी गरेका थिए। ११ औं ओभरमा पडीक्कललाई शार्दुल ठाकुरले डु प्लेसीबाट क्याच आउट गराए। सोहि ओभरमा एबि डी भिल्लीयर्स खाता नखोली विकेटकिपर धोनीबाट समातिन पुगे। १५ औं ओभरमा १० रन बनाएका वासिंगटन सुन्दरलाई स्याम करनले धोनीबाट क्याच आउट गराए।

पाँचौ विकेटको लागि कोहलीले शिभम दुबेसंग उत्कृस्ट साझेदारी गरे। दुवैले पाँचौ विकेटको लागि ३४ बलमा ७६ रनको साझेदारी गरे। १७ ओभरमा ११७/४ को अवस्थामा बैंगलोरले अन्तिम ३ ओभरमा ५२ रन बनायो। कोहली र दुवे अविजित रहे।

१८ औं ओभरमा स्याम करनको ओभरमा दुबेले एउटा तथा कोहलीले २ वटा छक्का प्रहार गरे जुन ओभरमा करनले २४ रन खर्चिए। १९ औं ओभरमा शार्दुल ठाकुरले १४ रन खर्चिए। अन्तिम ओभरमा ड्वेन ब्राभोले १४ रन खर्चिए।

डी भिल्लीयर्सको विकेट लिएपछि शार्दुल ठाकुर

चेन्नाईको बलिंगमा शार्दुल ठाकुरले सर्वाधिक २ विकेट ( ४-०-४०-२ ) लिए। स्याम करन ( ४-०-४८-१ ) र दिपक चाहर ( ३-०-१०-१ ) ले समान १ विकेट लिए। ड्वेन ब्राभो ( ३-०-२९-० ) कर्ण शर्मा ( ४-०-३४-० ) र रभीन्द्र जडेजा ( २-०-७-० ) विकेट विहिन रहे।

लिग अंकतालिकामा बैंगलोर ५ खेलमा ३ जित र २ हार बेहोर्दै ६ अंक सहित पाँचौ स्थानमा रहेको छ। ६ खेलमा २ जित र ४ हार बेहोरेको चेन्नाई ४ अंकसहित छैठौं स्थानमा रहेको छ। आजको जित हात पारे चेन्नाईले बैंगलोरलाई पछि पार्नेछ।

मुखबाट कोलकाताले जित खोसेपछि पन्जाब कप्तान राहुलको प्रतिक्रिया “मसंग जवाफ छैन”

रोमान्चक खेलमा कोलकातासंग पन्जाब २ रनले पराजित, पन्जाबको लगातार पाँचौ हार

७ फिट ६ इन्च अग्ला पाकिस्तानि बलरको ‘विश्वकै अग्लो बलर’ बन्ने लक्ष्य

करन केसीको ७ उत्कृस्ट बलिंग प्रदर्शन

सन्दिप र सुनम सहभागी ‘लंका प्रिमियर लिग’ ड्राफ्ट नयाँ मितिमा हुने





थप समाचार

यु १९ एसिया कप खेलतालिका सार्वजनिक

काठमाडौं । एसियान क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा यु १९ एसिया कपको खेल तालिका सार्वजनिक भएको छ । पहिलो खेलमा […]

एनपीएल : गुर्खाजले भित्र्यायो इंग्ल्यान्डका अलराउण्डर ड्यान डौथवेट

काठमाडौँ, नेपाल – काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्सको प्रमुख क्रिकेट फ्रेन्चाइज काठमाडौँ गुर्खाजले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ का लागि […]

अस्ट्रेलियामाथि पाकिस्तानको जित

काठमाडौं । घरेलु टोली अस्ट्रेलियाले पाकिस्तानसँगको दोस्रो ओडिआईमा शुक्रवार ९ विकेटले पराजित भएको छ । ३ खेलको ओडिआई सिरिजमा पाहुना […]

ओमानले युएईलाई हरायो

काठमाडौं । ओमानले विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजमा युएईलाई पराजित गरेको छ । बिहीवार भएको खेलमा ओमानले युएईमाथि […]

विश्वकप एसिया छनोटमा नेपालको लगातार दोस्रो जित

नेपालले आइसिसी यु-१९ महिला विश्वकपको एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ । युएईमा जारी छनोटमा बिहीवार नेपालले कुवेतलाई […]

नेपाल र कुवेत खेल्दै

काठमाडौं । युएईमा जारी महिला यु-१९ टि-ट्वान्टी विश्वकपको एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले कुवेतको सामना गर्दैछ । नेपाल र […]