IPL : पृथ्वी शको आक्रामक पारि, कोलकाता सहजै पराजित

२०७८ बैशाख १६, बिहीबार २३:०५

कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्दै दिल्ली क्यापिटल्सले १४ औं आईपीएलमा पाँचौ जित दर्ता गरेको छ।

नरेन्द्र मोदी स्टेडियम, अहमदावादमा सम्पन्न खेलमा कोलकाताले दिएको १५५ रनको लक्ष्य दिल्लीले ३ विकेट क्षेतीमा १६.३ ओभरमै पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा दिल्लीको सुरुवात उत्कृस्ट रह्यो। दिल्लीले पावरप्लेको ६ ओभरमा यो सिजनकै सर्वाधिक ६७ रन बनायो। पृथ्वी शले इनिंग्सको पहिलो ओभरमा शिभम माभीको ओभरमा लगातार ६ चौका प्रहार गर्दै शानदार सुरुवात दिलाएका थिए। लिग इतिहासमै अजिंके रहाने पछि श एकै ओभरमा ६ चौका प्रहार गर्ने दोश्रो क्रिकेटर हुन्।

पृथ्वी र धवनले १४ ओभरमा १३२ रनको ओपनिंग साझेदारी गरे। १४ औं ओभरमा प्याट कमिन्सबाट एलबिडब्लु आउट हुनु अघि धवनले ४७ बलमा ४ चौका र १ छक्का मद्दतले ४६ रन बनाए।

एकै ओभरमा ६ चौका प्रहार गर्ने पृथ्वी श लिग इतिहासकै दोश्रो क्रिकेटर बन्न पुगे

टिमलाई जित नजिक पुर्याएर पृथ्वी १६ औं ओभरमा कमिन्सबाट क्याच आउट भए। त्यस अघि उनले ४१ बलमा ११ चौका र ३ छक्का मद्दतले ८२ रन बनाए। सोहि ओभरमा कमिन्सले १६ रन बनाएका रिशभ पन्तलाई पनि क्याच आउट गराए। त्यसपछि मार्कस स्टोइनिसले अविजित ६ रन बनाउदै टिमलाई जितसम्म पुर्याए।

पृथ्वी शले १८ बलमै अर्धशतक पुरा गरेका थिए। लिग इतिहासमै दिल्ली ब्याट्सम्यानको यो संयुक्तरुपमा दोश्रो छिटो अर्धशतक हो। रिशभ पन्तले २०१९ मा मुम्बई बिरुद्ध १८ बलमै अर्धशतक बनाएका थिए। सबैभन्दा छिटो क्रिस मोरिसले गुजरात लायन्स बिरुद्ध २०१६ मा १७ बलमा अर्धशतक बनाएका थिए।

कोलकाताको लागि प्याट कमिन्सले ३ वटै विकेट लिए जुन क्रममा ४ ओभरमा २४ रन खर्चिए।

यस अघि टस हारेर ब्याटिंग गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो।

कोलकाताको लागि आन्द्रे रसेलले आक्रामक ब्याटिंग गर्दै सर्वाधिक ४५ रन बनाए जुन क्रममा उनले २७ बलमा २ चौका र ४ छक्का प्रहार गरे। यस्तै ओपनर शुबमन गिलले ३८ बलमा ३ चौका र १ छक्का मद्दतले ४३ रन बनए। राहुल त्रिपाठीले १९ रन, नितिश रानाले १५ रन, दिनेश कार्तिकले १४ रन, प्याट कमिन्सले अविजित ११ रन बनाए। ओएन मोर्गन र सुनिल नारायणले खाता खोल्न सकेनन्।

१६.२ ओभरमा १०९ रनमा ६ विकेट गुमाइसकेको अवस्थामा आन्द्रे रसेलले आक्रामक ब्याटिंग गर्दा योगफल १५० पार गराएका थिए। उनले कागीसो रबाडाले गरेको १९ औं ओभरम २ छक्का र १ चौका प्रहार गरे। अन्तिम ३ ओभरमा कोलकाताले ४२ रन बनाउन सक्यो।

दिल्लीको बलिंगमा अक्षर पटेल ( ४-०-३२-२ ) र ललित यादव ( ३-०-१-२ ) ले समान २ विकेट तथा आभेस खान ( ४-०-३१-१ ) र मार्कस स्टोइनिस ( १-०-७-१ ) ले समान १ विकेट लिए।

अंकतालिका 

जितपछि ७ खेलमा ५ जित र २ हार पछि १० अंक बटुलेको दिल्ली अंकतालिकाको दोश्रो स्थानमा उक्लेको छ। समान अंक रहेता पनि चेन्नाई नेट रन रेटमा अघि रहँदै पहिलो तथा बैंगलोर तेश्रो स्थानमा रहेको छ। ७ खेलमा २ जित र ५ हार पछि ४ अंक रहेको कोलकाता भने पाँचौ स्थानमा रहेको छ।

दिल्लीले आगामी खेल मे २ तारिख आइतबार पन्जाबसंग तथा कोलकाताले मे ३ तारिख सोमबार रोयल च्यालेन्जर्स बैंगलोरसंग खेल्नेछ। लिग अन्तर्गत भोलि शुक्रबार पन्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरले प्रतिस्पर्धा गर्नेछन्।

धेरैले पढेको 

https://wicketnepal.com/ipl-6-fours-prithvi-shaw-wn21/

https://wicketnepal.com/mi-rs-rr-24th-m-news-wn21/

https://wicketnepal.com/nepal-t20i-ranking-wn21-428/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy