युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत आइतबार पनि २ खेलहरु हुदैछन्। लिगको २६ औं तथा दिनको पहिलो खेलमा डेभिड वार्नरको कप्तानिमा रहेको सनराइजर्स हैदराबादले स्टिभ स्मिथको कप्तानिमा रहेको राजस्थान रोयल्सको सामना गर्दैछ। खेल नेपाली समय अनुसार दिउँसोको ३:४५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सुरु हुनेछ। यस्तै, दिनको दोस्रो तथा लिगको २७ औं खेलमा रोहित शर्माको कप्तानिमा मुम्बई इन्डियन्स र श्रेयस अय्यरको कप्तानिमा रहेको दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ जुन खेल नेपाली समय अनुसार रातिको ७:४५ बजे शेख जायस स्टेडियममा सुरु हुनेछ। आजको खेलले अंकतालिकामा व्यापक परिवर्तन गराउने निश्चित छ।
हैदराबाद VS राजस्थान
दुबै टोलिले हालसम्म समान ६ खेल खेलिसकेका छन् जसमध्ये ३ खेलमा जित हात पार्दै हैदराबाद तालिकाको चौथो स्थानमा छ भने ४ अंकसहित राजस्थान सातौं स्थानमा छ। हैदराबादलाई आज २ अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा उक्लने मौका छ भने राजस्थानलाई आफ्नो पछिल्लो ४ खेलमा भोगेको हारको पीडा भुलाउदै तालिकामा अघि बढ्ने मौका छ।
हैदराबाद :- पछिल्लो खेलमा पन्जाब विरुद्ध ६९ रनको फराकिलो जित निकालेको हैदराबादका लागि कप्तान वार्नर र जोनि बेयरस्टोले पहिलो विकेटका लागि १६० रनको शतकिय साझेदारी गरेका थिए। आफ्नो टप अर्डरमा निकै निर्भर रहेको हैदराबाद आगामी खेलमा यी दुई विस्फोटक ब्याट्सम्यानबाट सोही प्रदर्शन चाहन्छ। पाएको सुरुवातलाई मनिष पाण्डे ठूलो स्कोरमा परिणत गर्न चाहन्छन् जुन हैदराबादको लागि महत्त्वपूर्ण हुनेछ। केन विलियमसनको आगमनसंगै मिडल ओभरमा अनुभवको कमि खल्ने छैन। अभिषेक शर्मा र प्रियम गर्ग जस्ता युवा खेलाडीको प्रदर्शनमा हैदरावाद स्थिरता चाहन्छ।
बलिंगतर्फ भेट्रान तिव्र गतिका बलर भुवनेश्वर कुमारको अनुपस्थिती रहेता पनि खलिल अहमद, सन्दिप शर्मा र टि नटराजनले राम्रो प्रदर्शन गरेका थिए। राशिद खानले घातक बलिंग गरिरहेका छन्। किफायती बलिंगसंगै महत्त्वपूर्ण विकेट लिएका राशिदले विपक्षी टोलिको मिडल अर्डरमा दबाब सिर्जना गर्नुपर्ने हुन्छ।
हैदरावादको सम्भावित ११ : डेभिड वार्नर ( कप्तान ), जोनी बेयरस्टो ( विकेटकिपर ), मनिष पाण्डे, केन विलियमसन, प्रियम गर्ग, अभिषेक शर्मा, अब्दुल शमद, राशिद खान, सन्दिप शर्मा, खलिल एहमद, टि नटराजन
राजस्थान :- सुरुवाती २ खेलमा जित हात पारेता पनि पछिल्लो ४ खेलमा हार भोगेको राजस्थान खराब लयमा रहेको छ। सन्जु स्यामसन र कप्तान स्टिभ स्मिथको ब्याटबाट रन नबन्नु हारको कारण बनेको छ। टिममा बेन स्टोक्सको अभाव महसुस भएको छ। मिडल ओभरमा अनुभवी खेलाडी नहुदा राजस्थान दबाबमा आउने गरेको छ। राजस्थान स्मिथ र स्यामसनको ब्याटबाट रन चाहन्छ। जोस बटलरको प्रदर्शनमा स्थिरता हुनु आवस्यक छ।
बलिंगतर्फ जोफ्रा आर्चरले घातक बलिंग गरेता पनि उनलाई अन्य बलरले साथ दिएका छैनन्। जारी सिजन पछिल्लो खेलमा दिल्ली विरुद्ध आफ्नो पहिलो खेल खेलेका एन्ड्रु टाई महंगो सावित भएका थिए। वरुण एरोन र कार्तिक त्यागीले सन्तोषजनक प्रदर्शन गरेता पनि स्थिरता छैन। लेग स्पिनर श्रेयस गोपालको घातक बलिंग देख्न बाँकी रहेको छ। आफ्नो प्रदर्शनमा स्थिरता सहित ठुला खेलाडीको राम्रो प्रदर्शनमा राजस्थान विजयी लयमा फर्कन चाहन्छ। आजको खेलमा बेन स्टोक्स उपलब्ध हुँदा राजस्थानलाई राहत मिलेको छ जसको खास प्रदर्शनमा राजस्थान खराब लयलाई भंग गर्न चाहन्छ।
राजस्थानको सम्भावित ११ : यसस्वी जैसवाल/मनन बोहोरा, जोस बटलर ( विकेटकिपर ), सन्जु स्यामसन, स्टिभ स्मिथ ( कप्तान ), राहुल तेवतिया, माहिपाल लामरोर, बेन स्टोक्स, जोफ्रा आर्चर, श्रेयस गोपाल, जयदेव उनदकत/वरुण एरोन , कार्तिक त्यागि
मुम्बई VS दिल्ली
मुम्बई :- सन्तुलित टिम देखिएको मुम्बईले शानदार प्रदर्शन गर्दै आएको छ फलस्वरूप तालिकाको दोस्रो स्थानमा छ। म्याच विनरको कमि नरहेको टिममा कप्ताम रोहितको प्रदर्शन महत्त्वपूर्ण रहने गर्छ जसको ब्याटबाट रन बनिरहेको छ। यद्यपि, टिमले उनको प्रदर्शनमा स्थिरता चाहन्छ। क्विन्टन डिकक लयमा फर्किनु मुम्बईको लागि सुखद पक्ष हो। सुर्यकुमार यादवको परिपक्वता ब्याटिंगले टिम मजबुत देखिएको छ। इशान किशनले निर्णायक अवस्थामा ठुला शटहरु प्रहार गर्ने खुबी राख्छन् जसले बैंगलोर विरुद्ध ९९ रनको पारी खेलेका थिए। हार्दिक पाण्ड्या, कायरन पोलार्ड र क्रुनल पाण्ड्याको उपस्तिथिले टिमको ब्याटिंग मजबुत छ।
बलिंगतर्फ तिव्र गतिका बलर जस्प्रित बुम्राह, जेम्स प्याटिन्सन र टेन्ट बोल्टले विकेट हात पारेका छन्। बोल्टले नयाँ बलबाट किफायती बलिंग गर्दै विकेट हात पार्दा बुम्राह महंगो सावित भएता पनि महत्त्वपूर्ण विकेट भने लिएका छन्। पोलार्डले किफायती बलिंग गर्दा कप्तानलाई सहज भएको छ। राहुल चहार र क्रुनल पाण्ड्याको घातक बलिंग देख्न बाँकी रहेको छ।
मुम्बईको सम्भावित ११ : रोहित शर्मा ( कप्तान ) , क्विन्टन डीकक ( विकेटकिपर ) , सुर्यकुमार यादव, इशान किशन, काइरन पोलार्ड, हार्दिक पान्ड्या, क्रुनाल पान्ड्या, जेम्स प्याटिन्सन , राहुल चाहर, ट्रेन्ट बोल्ट, जस्प्रित बुम्राह
दिल्ली :- ६ खेलमा १० अंकसहित तालिकाको शिर्ष स्थानमा रहेको दिल्ली सोही प्रदर्शनलाई निरन्तरता दिदै आफ्नो पहिलो उपाधी हात पार्न चाहन्छ। पृथ्वी श, श्रेयस अय्यर, मार्कस स्टोइनिस र पछिल्लो खेलमा शेमरन हेटमायरको विस्फोटक ब्याटिंगसंगै दिल्लीको ब्याटिंग निकै मजबुत देखिन्छ। शिखर धवन, रिषभ पन्तको प्रदर्शन देख्न बाँकी रहेको छ।
दिल्लीको बलिंग पक्ष मजबुत छ। कागिसो रबाडा र एनरिक नोर्कियाको दक्षिण अफ्रिकी फास्ट बलिंग जोडिले विपक्षी टिमको ब्याटिंग तहसनहस पारेका छन्। रविचन्द्रन आस्विन र अक्षर पटेलले कसिलो बलिंग गर्नु साथै महत्त्वपूर्ण विकेट लिएका छन्। स्टोइनिस बलबाट पनि त्यतिकै उपयोगी रहदा कप्तान अय्यरलाई सहज भएको छ। दिल्लीको बेन्चमा सन्दिप लामिछाने, अजिन्के रहाणे, एलेक्स क्यारी, किमो पौल जस्ता गुणस्तरीय खेलाडीहरु मौकाको प्रतीक्षामा रहेका छन्।
दिल्लीको सम्भावित ११ : शिखर धवन, पृथ्वी श, श्रेयस ऐयर, रिषभ पन्त, शिमरोन हेटमाएर, मार्कस स्टोइनिस, रभीचन्द्रन आश्विन, अक्षर पटेल, कागिसो रबाडा, एनरिक नोर्किया, हर्षल पटेल
IPL : सुनिल नारायणको बलिंग याक्सन शंकास्पद पाइयो, दोहिरिए प्रतिबन्ध हुन सक्ने
“जहाजमा धेरै प्वाल छन् , एउटा थुन्दा अर्को ठाउँबाट पानि चुहिरहेको छ।” – धोनी
फेरी चलेन चेन्नाईको ब्याटिंग, बैंगलोरको सहज जित ( अंकतालिका सहित )
७ फिट ६ इन्च अग्ला पाकिस्तानि बलरको ‘विश्वकै अग्लो बलर’ बन्ने लक्ष्य
करन केसीको ७ उत्कृस्ट बलिंग प्रदर्शन