१३ औं आईपीएल अन्तर्गत आइतबारको पहिलो खेलमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स प्रतिस्पर्धा गरिरहेका छन्।
दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर ब्याटिंग रोजेको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १५८ रन बनाउदै राजस्थानलाई १५९ रनको लक्ष्य प्रस्तुत गरेको छ।
हैदरावादको लागि मनिष पाण्डेले सर्वाधिक ५४ रन बनाए। ४४ बलमा २ चौका र ३ छक्का प्रहार गरेका उनको जारि सिजन यो दोश्रो अर्धशतक हो। यस अघि उनले कोलकाता बिरुद्ध ५१ रन बनाएका थिए। लिगमा १३७ औं खेल खेल्ने क्रममा पाण्डेको यो १७ औं अर्धशतक हो। कप्तान डेभिड वार्नरले ३८ बलमा ४८ रन बनाए जुन क्रममा ३ चौका र २ छक्का हिर्काए। केन विलियमसनले १२ बलमा २ छक्का मद्दतले अविजित २२ रन तथा प्रियम गर्गले ८ बलमा १५ रन बनाए।

ओपनर जोनी बेयरस्टो १९ बलमा १६ रन बनाएर पाँचौ ओभरमा कार्तिक त्यागिबाट क्याच आउट भएपछि दोश्रो विकेटको लागि वार्नर र पाण्डेले ७३ रनको साझेदारी गरेका थिए। पावरप्लेको ६ ओभरमा हैदरावादले मात्र २६ रन बनाएर १ विकेट गुमाएको थियो जसपछि पनि हैदरावादले रन गति पर्याप्त बढाउन सकेन। १५ औं ओभरमा जोफ्रा आर्चरले वार्नरलाई बोल्ड गर्दै साझेदारी तोडेका थिए।
वार्नरको विकेटपछि आएका केन विलियमसनसंग पाण्डेले तेश्रो विकेटको लागि २६ रन जोडे। १८ औं ओभरमा जयदेव उनदकतले पाण्डेलाई क्याच आउट गराए।
विलियमसन र प्रियम गर्गले चौथो विकेटको लागि १५ बलमा ३५ रनको साझेदारी गरे। गर्ग इनिंगको अन्तिम बलमा रन आउट भए।

राजस्थानको बलिंगमा कार्तिक त्यागि ( ३-०-२९-१ ), जयदेव उनदकत ( ४-०-३१-१ ) र जोफ्रा आर्चर ( ४-०-२५-१ ) ले समान १ विकेट लिए। श्रेयस गोपाल ( ४-०-३१-० ) र राहुल तेवतिया ( ४-०-३५-० ) विकेटविहिन रहे।
दुबै टोलिले हालसम्म समान ६ खेल खेलिसकेका छन् जसमध्ये ३ खेलमा जित हात पार्दै हैदराबाद तालिकाको चौथो स्थानमा छ भने ४ अंकसहित राजस्थान सातौं स्थानमा छ। हैदराबादलाई आज २ अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा उक्लने मौका छ भने राजस्थानलाई आफ्नो पछिल्लो ४ खेलमा भोगेको हारको पीडा भुलाउदै तालिकामा अघि बढ्ने मौका छ।
दिनको दोश्रो खेल दिल्ली क्यापिटल्स र मुम्बई इन्डीएन्स बीच खेलिनेछ जुन शेख जायद स्टेडियम, अबु धाबीमा ७:४५ बजे सुरु हुनेछ।
टियु मैदानका ग्राउण्ड स्टाफलाई सन्दिपद्वारा घोषित सहयोग रकम हस्तान्तरण
IPL : अरेन्ज क्याप रेसमा राहुलले बढाए अग्रता, अंकतालिकाको अवस्था के छ
“जहाजमा धेरै प्वाल छन् , एउटा थुन्दा अर्को ठाउँबाट पानि चुहिरहेको छ।” – धोनी
७ फिट ६ इन्च अग्ला पाकिस्तानि बलरको ‘विश्वकै अग्लो बलर’ बन्ने लक्ष्य
