IPL : चलेन बैंगलोरको ब्याटिंग, तेश्रो जित पछि पन्जाब पाँचौ स्थानमा

२०७८ बैशाख १७, शुक्रबार २३:२५

रोयल च्यालेन्जर्स बैंगलोरलाई ३४ रनले पराजित गर्दै पन्जाब किंग्सले १४ औं आईपीएलमा तेश्रो जित दर्ता गरेको छ।

भारतको अहमदावाद स्थित नरेन्द्र मोदी स्टेडियममा सम्पन्न खेलमा पन्जाबले दिएको १८० रनको लक्ष्य पछ्याउने क्रममा बैंगलोरले पुरै २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट गुमाएर १४५ रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा बैंगलोर ओपनर देभदत्त पडीक्कल ७ रन बनाएर आउट भए। दोश्रो विकेटको लागि कप्तान बिराट कोहलीले रजत पाटिदारसंग ४३ रन जोडे।

हरप्रित ब्रारले कोहली, म्याक्सवेल र डी भिल्लीयर्सको विकेट लिए

एघारौं ओभरमा कोहली र ग्लेन म्याक्सवेललाई लगातार बलमा बोल्ड गर्दै हरप्रित ब्रारले पन्जाबलाई खेलमा फर्काए। कोहलीले ३५ रन बनाए भने म्याक्सवेलले खाता खोल्न सकेनन्। १३ औं ओभरमा ब्रारले ३ रन बनाएका एबि डी भिल्लीयर्सलाइ क्याच आउट गराए।

बैंगलोरको विकेट जाने क्रम रोकिएन। ३१ रन बनाएका पाटीदार क्रिस जोर्डनबाट १५ औं क्याच आउट भए। त्यसपछि रभी बिस्नोईले ८ रन बनाएका शाह्बाज एहमद र ३ रन बनाएका ड्यानियल स्याम्सलाई पेभेलियन फर्काउदै खेलमा हावी गराए।

आठौँ विकेटको लागि हर्षल पटेल र कायल जेमीसनले ४८ रनको साझेदारी गरेता पनि जितको लागि अपर्याप्त रह्यो। हर्षल पटेलले अन्तिम ओभरमा मोहम्मद शामीबाट क्याच आउट हुनु अघि १३ बलमा ३ चौका र २ छक्का मद्दतले ३१ रन बनाए। जेमीसनले अविजित १६ रन बनाए।

पन्जाबको बलिंगमा देब्रे हाते स्पिनर हरप्रित ब्रारले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा १ मेडन ओभर गर्दै १९ रन खर्चिए। लेग स्पिनर रभी बिस्नोईले २ विकेट ( ४-०-१७-२ ) लिए भने राईलि मेरेडीथ ( ३.२-०-२९-१ ) र मोहम्मद शामी ( ३.४-०-२८-१ ) ले समान १ विकेटले।

केएल राहुलले ९१ रन बनाए

यस अघि टस हारेर ब्याटिंग गरेको पन्जाबले निर्धारित २० ओभरमा ५ विकेट क्षेतीमा १७९ रन बनाएको थियो।

पन्जाबको लागि कप्तान केएल राहुलले सर्वाधिक अविजित ९१ रन बनाए जुन क्रममा ५७ बलमा ७ चौका र ५ छक्का प्रहार गरे। क्रिस गेलले २४ बलमा ६ चौका र २ छक्का मद्दतले ४६ रन तथा हरप्रित ब्रारले १७ बलमा १ चौका र २ छक्का मद्दतले २५ रन बनाए।

राहुल र गेलले दोश्रो विकेटको लागि ८० रनको साझेदारी गरेका थिए। मध्यक्रमका ब्याट्सम्यानहरुले लगातार विकेट गुमाउदा ११८/५ को अवस्थाबाट राहुलले हरप्रित ब्रारसंग ६१ रनको साझेदारी गरे। अन्तिम ५ ओभरमा पन्जाबले विकेट नगुमाई ६० रन बनायो।

बैंगलोरको बलिंगमा कायल जेमिसनले २ विकेट ( ३-०-३२-२ ) लिए भने ड्यानीयल स्याम्स ( ४-०-२४-१ ) , युजभेन्द्र चहल ( ४-०-३४-१ ) र शाहबाज एहमद ( २-०-११-१ ) ले समान १ विकेट लिए।

अंकतालिका 

जितपछि पन्जाब ७ खेलमा ३ जित र ४ हार पछि ६ अंक बटुल्दै लिग अंकतालिकाको पाँचौ स्थानमा पुगेको छ। समान अंक रहेता पनि मुम्बई नेट रन रेटमा अघि रहँदै चौथो स्थानमा छ। हार पछि बैंगलोर ७ खेलमा ५ जित र २ हार बेहोर्दै १० अंक सहित तेश्रो स्थानमा रहेको छ। समान अंक रहेका चेन्नाई र दिल्ली नेट रन रेटमा अघि रहँदै पहिलो र दोश्रो स्थानमा रहेको छ।

पन्जाबले आगामी खेल दिल्ली बिरुद्ध आइतबार खेल्नेछ। बैंगलोरले आगामी खेल कोलकाता बिरुद्ध सोमबार खेल्नेछ।

धेरैले पढेको 

https://wicketnepal.com/karan-kc-4-world-record-wn21/

https://wicketnepal.com/jamieson-denied-to-bowl-kohli-in-rcb-nets/

https://wicketnepal.com/ekai-over-ma-6-fours-pit-tips-wn21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy