धवनको सिजनको पहिलो अर्धशतक, दिल्लीको मध्यम योगफल

२०७७ आश्विन २५, आईतवार २१:२७

युएईमा जारि आईपीएल २०२० अन्तर्गत २७ औं खेलमा रोहित शर्मा कप्तानीको मुम्बई इन्डीएन्स र श्रेयस ऐयर कप्तानीको दिल्ली क्यापिटल्स प्रतिस्पर्धा गरिरहेका छन्। यस अघि सम्पन्न दिनको पहिलो खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदरावादलाई ५ विकेटले पराजित गरेको थियो। 

शेख जायद स्टेडियम, अबुधाबीमा जारि खेलमा टस जितेर ब्याटिंग रोजेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६२ रन बनाउदै मुम्बईलाई १६३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

दिल्लीको लागि ओपनर शिखर धवनले सर्वाधिक ६९ रन बनाए जुन क्रममा ५२ बलमा ६ चौका र १ छक्का प्रहार गरे। सिजनमा धवनको यो पहिलो तथा आईपीएल करियरमा ३८ औं अर्धशतक हो। कप्तान श्रेयस ऐयरले ३३ बलमा ५ चौका मद्दतले ३२ रन बनाए। सिजनमा पहिलो पटक मौका पाएका अजिंक्ये रहानेले १५ रन मात्र बनाउन सके। एलेक्स केरीले अविजित १४ रन बनाए।

धवनले सिजनको पहिलो अर्धशतक बनाए

दिल्लीको सुरुवात राम्रो रहन सकेन। ४ रन बनाएका पृथ्वी शलाई पहिलो ओभरमा ट्रेन्ट बोल्टले क्याच आउट गराए। पाँचौ ओभरमा अजिंके रहाने १५ रन बनाएर क्रुनाल पान्ड्याबाट एलबिडब्लु आउट भए।

तेश्रो विकेटको लागि ओपनर शिखर धवन र कप्तान श्रेयस ऐयरले ८५ रनको साझेदारी गरे। १५ औं ओभरमा ऐयरलाई क्रुनालले दोश्रो शिकार बनाउने क्रममा बोल्टबाट क्याच आउट गराए। १३ रन बनाएका मार्कस स्टोइनिस १७ औं ओभरमा रन आउट हुन पुगे।

पाँचौ विकेटको लागि धवन र एलेक्स केरीले २१ बलमा अविजित ३२ रनको साझेदारी गरे। अन्तिम ५ ओभरमा दिल्लीले १ विकेट गुमाएर ५१ रन बनायो।

मुम्बईको बलिंगमा क्रुनाल पान्ड्या ( ४-०-२६-२ ) ले २ विकेट लिए भने ट्रेन्ट बोल्ट ( ४-०-३६-१ ) ले १ विकेट लिंदा जस्प्रित बुम्राह ( ४-०-२६-० ) , जेम्स प्याटीन्सन ( ३-०-३७-० ) , राहुल चाहर ( ४-०-२७-० ) , काइरन पोलार्ड ( १-०-१०-० ) विकेटविहिन रहे।

क्रुनाल पान्ड्याले २ विकेट लिने क्रममा रहाने र ऐयरको विकेट लिए

खेलमा दिल्लीले टिममा २ वटा परिवर्तन गरेको छ। शिमरन हेटमायर र रिशभ पन्तको स्थानमा अजिंके रहाने र एकेल्स केरीले पहिलो पटक मौका पाएका छन्।

लिग अन्तर्गत पछिल्लो खेलमा मुम्बईले राजस्थानलाई ५७ रनले तथा दिल्लीले पनि राजस्थानलाईनै ४६ रनले पराजित गरेको थियो। आज मुम्बईले दिल्लीलाई पराजित गरे शिर्षस्थानमा उक्लनेछ।

अंकतालिकामा दिल्ली ६ खेलमा ५ जित र १ हार पछि १० अंक बटुल्दै पहिलो स्थानमा रहेको छ। ६ खेलमा ४ जित र २ हार पछि ८ अंक रहेको मुम्बई दोश्रो स्थानमा छ। समान ८ अंक रहेता पनि कोलकाता र बैंगलोर रन रेटमा पछि रहँदै क्रमशः तेश्रो र चौथो स्थानमा रहेको छ। आजको पहिलो खेलमा जित पछि राजस्थान छैठौं स्थानमा रहेको छ।

तेवतिया र परागको उत्कृस्ट साझेदारी, रोमान्चक खेलमा राजस्थानद्वारा हैदरावाद पराजित

शोयब मलिक टि-२० क्रिकेटमा १० हजार रन पुरा गर्ने पहिलो एशियाली ब्याट्सम्यान

टियु मैदानका ग्राउण्ड स्टाफलाई सन्दिपद्वारा घोषित सहयोग रकम हस्तान्तरण

“जहाजमा धेरै प्वाल छन् , एउटा थुन्दा अर्को ठाउँबाट पानि चुहिरहेको छ।” – धोनी

७ फिट ६ इन्च अग्ला पाकिस्तानि बलरको ‘विश्वकै अग्लो बलर’ बन्ने लक्ष्य

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy