आईपीएल २०२० अन्तर्गत आइतबारको दोश्रो खेलमा मुम्बई इन्डीएन्सले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै लिग अंकतालिकाको शिर्ष स्थानमा उक्लेको छ। शेख जायद स्टेडियम अबुधाबीमा दिल्लीले दिएको १६३ रनको लक्ष्य मुम्बईले २ बल बाँकी छदै पुरा गर्यो। ( अंकतालिका सबैभन्दा तल )
मुम्बईको लागि ओपनर क्विन्टन डीकक र तेश्रो नम्बरका सुर्यकुमार यादबले समान ५३ रन बनाए। डीककले ३६ बलमा ४ चौका र ३ छक्का तथा यादवले ३२ बलमा ६ चौका र १ छक्का हिर्काए। इशान किशनले १५ बलमा २ चौका र २ छक्का मद्दतले २८ रन बनाए। क्रुनाल पान्ड्या र काइरन पोलार्डले अविजित क्रमशः १२ र ११ रन बनाए।
लक्ष्य पछ्याउने क्रममा ओपनर रोहित शर्मा १२ बलमा ५ रन बनाएर पाँचौ ओभरमा अक्षर पटेलबाट क्याच आउट भए। क्विन्टन डीककले आक्रामक ब्याटिंग जारि राखे र दोश्रो विकेटको लागि सुर्यकुमार यादवसंग ४६ रनको साझेदारी गरे। दशौँ ओभरमा डीककलाई रभीचन्द्रन आश्विनले क्याच आउट गराए। उक्त बलअघि आश्विन आफैले यादबको क्याच छुटाउन पुगे जसले टिमलाई ठूलो घाटा पुर्यायो।
तेश्रो विकेटको लागि यादव र इशान किशनले ५३ रनको साझेदारी गरे। १६ औं ओभरमा यादवलाई रबाडाले क्याच आउट गराए। लगत्तै ओभरमा स्टोइनिसले हार्दिक पान्ड्यालाई खाता नखोल्दै क्याच आउट गराए।
त्यसपछि किशन र पोलार्डले १३ बलमा २२ रनको साझेदारी गर्दै टिमलाई जिततिर डोर्याए। १८ औं ओभरको दोश्रो बलमा पृथ्वी शले बाउन्ड्रीमा किशनको क्याच छुटाए जुन बल छक्का हुन पुग्यो। लगत्तै बलमा किशनलाई रबाडाले क्याच आउट गराए। त्यसबेला जितको लागि मुम्बईलाई १५ बलमा ११ रन आवस्यक रहेको थियो।
अन्तिम २ ओभरमा ९ रन आवस्यक रहेको बेला १९ औं ओभरमा नोर्कियाले मात्र ३ रन खर्चिए। अन्तिम ओभरमा जित्न मुम्बईलाई ७ रन आवस्यक रह्यो।
अन्तिम ओभरमा बलिंग गर्न मार्कस स्टोइनिस आए जसको पहिलो बलमा क्रुनाल पान्ड्याले चौका हिर्काए। त्यसपछिको बलमा उनले १ रन लिए। तेश्रो बलमा पोलार्डले पनि १ रन लिए। जसपछि चौथो बलमा पान्ड्याले चौका प्रहार गर्दै टिमलाई रोमान्चक जित दिलाए।
दिल्लीको बलिंगमा कागीसो रबाडाले सर्वाधिक २ विकेट ( ४-०-२८-२ ) लिए। मार्कस स्टोइनिस ( २.४-०-३१-१ ), अक्षर पटेल ( ३-०-२४-१ ) र रभीचन्द्रन आश्विनले ( ४-०-३५-१ ) समान १ विकेट लिए। किफायती बलिंग गरेका एनरिक नोर्किया ( ४-०-२८-० ) र हर्षल पटेल ( २-०-२०-० ) विकेटविहिन रहे।
दिल्लीको ब्याटिंग , धवनको सिजनको पहिलो अर्धशतक
यस अघि टस जितेर ब्याटिंग गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६२ रन बनाएको थियो।
दिल्लीको लागि ओपनर शिखर धवनले सर्वाधिक ६९ रन बनाए जुन क्रममा ५२ बलमा ६ चौका र १ छक्का प्रहार गरे। सिजनमा धवनको यो पहिलो तथा आईपीएल करियरमा ३८ औं अर्धशतक हो। कप्तान श्रेयस ऐयरले ३३ बलमा ५ चौका मद्दतले ३२ रन बनाए। सिजनमा पहिलो पटक मौका पाएका अजिंक्ये रहानेले १५ रन मात्र बनाउन सके। एलेक्स केरीले अविजित १४ रन बनाए।
दिल्लीको सुरुवात राम्रो रहन सकेन। ४ रन बनाएका पृथ्वी शलाई पहिलो ओभरमा ट्रेन्ट बोल्टले क्याच आउट गराए। पाँचौ ओभरमा अजिंके रहाने १५ रन बनाएर क्रुनाल पान्ड्याबाट एलबिडब्लु आउट भए।
तेश्रो विकेटको लागि ओपनर शिखर धवन र कप्तान श्रेयस ऐयरले ८५ रनको साझेदारी गरे। १५ औं ओभरमा ऐयरलाई क्रुनालले दोश्रो शिकार बनाउने क्रममा बोल्टबाट क्याच आउट गराए। १३ रन बनाएका मार्कस स्टोइनिस १७ औं ओभरमा रन आउट हुन पुगे।
पाँचौ विकेटको लागि धवन र एलेक्स केरीले २१ बलमा अविजित ३२ रनको साझेदारी गरे। अन्तिम ५ ओभरमा दिल्लीले १ विकेट गुमाएर ५१ रन बनायो।
मुम्बईको बलिंगमा क्रुनाल पान्ड्या ( ४-०-२६-२ ) ले २ विकेट लिए भने ट्रेन्ट बोल्ट ( ४-०-३६-१ ) ले १ विकेट लिंदा जस्प्रित बुम्राह ( ४-०-२६-० ) , जेम्स प्याटीन्सन ( ३-०-३७-० ) , राहुल चाहर ( ४-०-२७-० ) , काइरन पोलार्ड ( १-०-१०-० ) विकेटविहिन रहे।
अंकतालिका र आगामी खेल
जित पछि दिल्ली र मुम्बई दुवैले समान ७ खेल खेल्दा ५ जित र २ हार बेहोरेका छन्। समान १० अंक रहेता पनि नेट रन रेटमा मुम्बई अघि रहँदै पहिलो र दिल्ली दोश्रो स्थानमा रहेको छ। कोलकाता तेश्रो र बैंगलोर चौथो स्थानमा छ।
मुम्बईले आगामी खेल शुक्रबार कोलकातासंग तथा दिल्लीले बुधबार राजस्थानसंग खेल्ने तालिका रहेको छ। दिनको पहिलो खेलमा राजस्थानले हैदरावादलाई ५ विकेटले पराजित गरेको थियो।
लिग अन्तर्गत भोलि सोमबार बैंगलोर र कोलकाताले प्रतिस्पर्धा गर्नेछन्। शारजाह स्टेडियममा खेल ७:४५ बजे राति सुरु हुनेछ।
छक्का हान्दै राजस्थानलाई जिताएपछि परागको रोचक नृत्य, खेलपछि बताए रहस्य
तेवतिया र परागको उत्कृस्ट साझेदारी, रोमान्चक खेलमा राजस्थानद्वारा हैदरावाद पराजित
शोयब मलिक टि-२० क्रिकेटमा १० हजार रन पुरा गर्ने पहिलो एशियाली ब्याट्सम्यान
टियु मैदानका ग्राउण्ड स्टाफलाई सन्दिपद्वारा घोषित सहयोग रकम हस्तान्तरण