IPL Match 27 : मुम्बई बिरुद्ध दिल्ली ब्याटिंग गर्दै, टिममा २ वटा परिवर्तन

युएईमा जारि आईपीएल २०२० अन्तर्गत २७ औं खेलमा रोहित शर्मा कप्तानीको मुम्बई इन्डीएन्स र श्रेयस ऐयर कप्तानीको दिल्ली क्यापिटल्स प्रतिस्पर्धा गर्दैछन्। शेख जायद स्टेडियममा हुने खेल ७:४५ बजे सुरु हुँदैछ। दिनको पहिलो खेलमा राजस्थानले हैदरावादलाई ५ विकेटले पराजित गर्यो। 

खेलमा टस जितेर दिल्ली ब्याटिंग रोजेको छ।

मुम्बईले अन्तिम-११ मा कुनै पनि परिवर्तन गरेको छैन। मुम्बई कप्तान रोहित शर्मा मुम्बईको लागि १५० औं खेल खेल्दैछन्।

मुम्बईको अन्तिम ११ : रोहित शर्मा ( कप्तान ) , क्विन्टन डीकक ( विकेटकिपर ) , सुर्यकुमार यादव, इशान किशन, काइरन पोलार्ड, हार्दिक पान्ड्या, क्रुनाल पान्ड्या, जेम्स प्याटिन्सन , राहुल चाहर, ट्रेन्ट बोल्ट, जस्प्रित बुम्राह

दिल्लीले टिममा २ वटा परिवर्तन गरेको छ। शिमरन हेटमायर र रिशभ पन्तलाई बाहिर राखिएको छ। पन्त घाइते भएपछि अजिंके रहानेले पहिलो पटक मौका पाएका हुन्। यस्तै विकेटकिपरको रुपमा एलेक्स केरीले पनि पहिलो पटक मौका पाएका छन्। नेपाली स्पिनर सन्दिप लामिछानेले भने आज पनि मौका पाएनन्।

रहानेले पहिलो पटक मौका पाएका छन्

दिल्लीको अन्तिम ११ : पृथ्वी श, शिखर धवन, अजिंके रहाने, श्रेयस ऐयर ( कप्तान ) ,एलेक्स केरी , मार्कस स्टोइनिस, रभीचन्द्रन आश्विन, अक्षर पटेल, कागिसो रबाडा, एनरिक नोर्किया, हर्षल पटेल

लिग अन्तर्गत पछिल्लो खेलमा मुम्बईले राजस्थानलाई ५७ रनले तथा दिल्लीले पनि राजस्थानलाईनै ४६ रनले पराजित गरेको थियो। आज मुम्बईले दिल्लीलाई पराजित गरे शिर्षस्थानमा उक्लनेछ।

अंकतालिकामा दिल्ली ६ खेलमा ५ जित र १ हार पछि १० अंक बटुल्दै पहिलो स्थानमा रहेको छ। ६ खेलमा ४ जित र २ हार पछि ८ अंक रहेको मुम्बई दोश्रो स्थानमा छ। समान ८ अंक रहेता पनि कोलकाता र बैंगलोर रन रेटमा पछि रहँदै क्रमशः तेश्रो र चौथो स्थानमा रहेको छ। आजको पहिलो खेलमा जित पछि राजस्थान छैठौं स्थानमा रहेको छ।

शोयब मलिक टि-२० क्रिकेटमा १० हजार रन पुरा गर्ने पहिलो एशियाली ब्याट्सम्यान

टियु मैदानका ग्राउण्ड स्टाफलाई सन्दिपद्वारा घोषित सहयोग रकम हस्तान्तरण

“जहाजमा धेरै प्वाल छन् , एउटा थुन्दा अर्को ठाउँबाट पानि चुहिरहेको छ।” – धोनी

७ फिट ६ इन्च अग्ला पाकिस्तानि बलरको ‘विश्वकै अग्लो बलर’ बन्ने लक्ष्य

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy