डी भिल्लीयर्सले विस्फोटक ब्याटिंग गर्दा बैंगलोरद्वारा कोलकातालाई विशाल लक्ष्य

२०७७ आश्विन २६, सोमबार २१:३४

आईपीएल २०२० अन्तर्गत २८ औं खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र कोलकाता नाइट राइडर्स प्रतिस्पर्धा गरिरहेका छन्।

शारजाह मैदानमा टस जितेर ब्याटिंग गरेको बैंगलोरले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १९४ रन बनाउदै कोलकातालाई १९५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

बैंगलोरको लागि एबि डी भिल्लीयर्सले सर्वाधिक ७४ रन बनाए। अविजित इनिंग खेल्ने क्रममा उनले ३३ बलमा ५ चौका र ६ छक्का प्रहार गरे। कप्तान बिराट कोहलीले अविजित २८ बलमा १ चौका मद्दतले ३३ रन बनाए। आरोन फिन्चले ४७ ( ३७ बलमा ४ चौका र १ छक्का ) तथा देभदत्त पडीक्कलले ३२ रन ( २३ बलमा ४ चौका र १ छक्का ) बनाए।

कोहली र डी भिल्लीयर्सले तेश्रो विकेटको लागि १०० रनको साझेदारी गरे

डी भिल्लीयर्सको लिग करियरमा यो ३६ औं तथा जारि सिजन तेश्रो अर्धशतक हो। यस अघि उनले हैदरावाद र मुम्बई बिरुद्ध अर्धशतक बनाएका थिए। उनले अर्धशतक बनाउने क्रममा कमलेश नगरकोटीले गरेको १६ औं ओभरमा २ छक्का र १ चौका प्रहार गरेका थिए। त्यसपछि प्याट कमिन्सको १७ औं ओभरमा उनले २ छक्क र १ चौका तथा आन्द्रे रसेलको १८ औं ओभरमा १ चौका र १ छक्का प्रहार गर्दै डी भिल्लीयर्सले २३ बलमा अर्धशतक पुरा गरेका थिए।

बैंगलोर ओपनर देभदत्त पडीक्कल र आरोन फिन्चले ६७ रनको ओपनिंग साझेदारी गरेका थिए। आठौँ ओभरमा पडीक्कललाई आन्द्रे रसेलले बोल्ड गर्दै साझेदारी तोडे। १३ औं ओभरमा फिन्चलाई प्रसिध कृष्णाले बोल्ड गरे।

तेश्रो विकेटको लागि कप्तान बिराट कोहली र एबि डी भिल्लीयर्सले उत्कृस्ट साझेदारी गर्दै टिमलाई विशाल योगफलतिर डोर्याए। ४७ बलमा दुवैले १०० रनको अविजित साझेदारी गरे। १५ ओभरमा १११/२ को अवस्थाबाट बैंगलोरले अन्तिम ५ ओभरमा विकेट नगुमाई बैंगलोरले ८३ रन बनायो।

डी भिल्लीयर्सले जारि सिजन तेश्रो अर्धशतक बनाए

कोलकाताको बलिंगमा आन्द्रे रसेल ( ४-०-५१-१ ) र प्रसिध कृष्णा ( ४०-४२-१ ) ले समान १ विकेट लिए भने प्याट कमिन्स ( ४-०-३८-० ) , वरुण चक्रवर्ती ( ४-०-२५-० ) र कमलेश नगरकोटी ( ४-०-३६-० ) विकेटविहिन रहे।

खेलमा कोलकाताले सुनिल नारायणको स्थानमा टम बान्टनलाई मौका दिएको छ भने बैंगलोरले गुरकिरात मान सिंहको स्थानमा मोहम्मद सिराजले मौका दिएको छ।

लिग अन्तर्गत पछिल्लो खेलमा कोलकाताले पन्जाबलाई २ रनले पराजित गरेको थियो। बैंगलोरले पछिल्लो खेलमा चेन्नाईलाई ३७ रनले पराजित गरेको थियो। दुबै टोलि समान ६ खेलमा ४ जित र २ हारपछि ८ अंक सहित नेट रन रेटको आधारमा तेस्रो (कोलकाता) र चौथो स्थानमा (बैंगलोर) छन्। आजको खेलमा जित हात पार्दै दुबै टोलि शिर्ष ४ मा स्थान स्थान मजबुत पार्न चाहन्छन्।

आइपिएलमा सट्टेबाजी खेलाउने ३ भारतीय सहित ७ जना पक्राउ

IPL : ताजा अंकतालिका, अरेन्ज र पर्पल क्यापमा को-को छन् अघि

सिद्धार्थ रङ्गशाला १० वर्षमा १० प्रतिशत काम

IPL : हैदरावादसंग खेलपछि तेवतियाले कसलाई ठड्याए औंला, जान्नुस विवादको कारण

छक्का हान्दै राजस्थानलाई जिताएपछि परागको रोचक नृत्य, खेलपछि बताए रहस्य

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy