IPL M28 : कोलकाताबिरुद्ध बैंगलोरले पहिले ब्याटिंग गर्ने, सुनिल नारायण नखेल्ने

युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत सोमबार २८ औं खेलमा बिराट कोहलीको कप्तानिमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरले दिनेश कार्तिकको कप्तानिमा रहेको कोलकाता नाइट राइडर्सको सामना गर्दैछ। खेल नेपाली समय अनुसार रातिको ७:४५ बजे शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ।

कोलकाताले इंग्ल्यान्ड विकेटकिपर ब्याट्सम्यान टम बान्टनलाई अन्तिम-११ मा मौका दिएको छ। २१ वर्षीय बान्टनको आईपीएल र कोलकाताको लागि यो पहिलो खेल हो। उनलाई इंग्ल्यान्ड कप्तान समेत रहेका ओएन मोर्गनले कोलकाताको क्याप प्रदान गरेका थिए। टसको क्रममा कार्तिकले टम बान्टन भविष्यको सुपरस्टार खेलाडी भएको बताए। बान्टनले इंग्ल्यान्डको लागि ६ वानडे र ९ टि-२० खेलेका छन्। बान्टन खेल्दा स्पिनर सुनिल नारायणलाई बाहिर राखिएको छ। 

कोलकाताको अन्तिम ११ : शुबमन गिल, नितिश राणा, दिनेश कार्तिक ( कप्तान/विकेटकिपर ) ओएन मोर्गन, आन्द्रे रसेल,टम बान्टन,  प्याट कमिन्स, प्रसिद्ध कृष्ण, कमलेश नगरकोटी/शिभम मावी, राहुल त्रिपाठी, वरुण चक्रवर्ती

इंगलिस ब्याट्सम्यान टम बान्टनले आईपीएल डेब्यु गर्ने भएका छन्

बैंगलोरले टिममा एउटा परिवर्तन गरेको छ। गुरकिरात मान सिंहको स्थानमा मोहम्मद सिराजले मौका पाएका छन्। दायाँ हाते फास्ट बलर सिराजको आगमनले टिममा एक जना थप बलर हुने कोहलीले टसको दौरान बताए।

बैंगलोरको अन्तिम ११ : एरोन फिन्च, देभदत्त पडिक्कल, बिराट कोहली, एबि डि भिल्लियर्स, मोहम्मद सिराज , शिभम दुबे, वासिङ्टन सुन्दर, इसुरु उडाना, क्रिस मोरिस , युजभेन्द्र चहल, नभदिप सैनी

लिग अन्तर्गत पछिल्लो खेलमा कोलकाताले पन्जाबलाई २ रनले पराजित गरेको थियो। बैंगलोरले पछिल्लो खेलमा चेन्नाईलाई ३७ रनले पराजित गरेको थियो।

दुबै टोलि समान ६ खेलमा ४ जित र २ हारपछि ८ अंक सहित नेट रन रेटको आधारमा तेस्रो (कोलकाता) र चौथो स्थानमा (बैंगलोर) छन्। आजको खेलमा जित हात पार्दै दुबै टोलि शिर्ष ४ मा स्थान स्थान मजबुत पार्न चाहन्छन्।

आइपिएलमा सट्टेबाजी खेलाउने ३ भारतीय सहित ७ जना पक्राउ

IPL : ताजा अंकतालिका, अरेन्ज र पर्पल क्यापमा को-को छन् अघि

सिद्धार्थ रङ्गशाला १० वर्षमा १० प्रतिशत काम

IPL : हैदरावादसंग खेलपछि तेवतियाले कसलाई ठड्याए औंला, जान्नुस विवादको कारण

छक्का हान्दै राजस्थानलाई जिताएपछि परागको रोचक नृत्य, खेलपछि बताए रहस्य

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy