IPL : बटलरको कीर्तिमानी शतक, राजस्थानद्वारा हैदरावादलाई विशाल लक्ष्य

भारतमा जारि १४ औं आईपीएल अन्तर्गत २८ औं खेलमा अंकतालिकाको पुछारमा रहेका दुई टिम राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद प्रतिस्पर्धा गरिरहेका छन्।

दिल्ली स्थित अरुण जेटली स्टेडियममा जारि खेलमा टस हारेर ब्याटिंग गरेको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२० रन बनाउदै हैदरावादलाई २२१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

१२ रन बनाएका ओपनर यसस्वी जैसवाल तेश्रो ओभरमा राशिद खानबाट एलबिडब्लु भएपछि अर्का ओपनर जोस बटलरले कप्तान संजु स्यामसनसंग १५० रनको साझेदारी गरे। १७ औं ओभरमा विजय शंकरबाट क्याच आउट हुनु अघि स्यामसनले ३३ बलमा ४ चौका र २ छक्का मद्दतले ४८ रन बनाए।

तेश्रो विकेटको लागि बटलर र रियान परागले ४२ रन जोडे।

टि-२० करियरकै पहिलो शतक पुरा गरेका बटलर १९ औं ओभरमा सन्दिप शर्माबाट बोल्ड भए। त्यस अघि उनले ६४ बलमा ११ चौका र ८ छक्का प्रहार गरे। उनले ५६ बलमा शतक पुरा गरेका थिए।

रियान पराग १५ रन तथा डेभिड मिलर ७ रनमा अविजित रहे।

हैदरावादको बलिंगमा राशिद खान ( ४-०-२४-१ ) , सन्दिप शर्मा ( ४-०-५०-१ ) र विजय शंकर ( ३-०-४२-१ ) ले समान १ विकेट लिए। भुवनेश्वर कुमार ( ४-०-३७-० ) , खलिल एहमद ( ४-०-४१-० ) , मोहम्मद नाबी ( १-०-२१-० )

बटलरको कीर्तिमान

खेलमा १२४ रन बनाएका बटलर आईपीएलमा सर्वाधिक रन बनाउने इंगलिस खेलाडी बनेका छन्। यस अघि इंग्ल्यान्ड खेलाडीले आईपीएलमा बनाएको सर्वाधिक रन ११४ रन थियो जुन जोने बेयरस्टोले बनाएका थिए। १२४ रन आईपीएल इतिहासकै आठौँ ठुलो व्यक्तिगत स्कोर पनि हो।

टि-२० क्रिकेटमा खेलेको २८२ औं खेलमा बटलरले बनाएको यो नै पहिलो शतक हो। आईपीएल इतिहासमा शतक बनाउने बटलर तेश्रो खेलाडी हुन्। यस अघि बेन स्टोक्सले २ वटा, केभिन पिटरसन र जोनी बेयरस्टोले १/१ वटा शतक बनाएका थिए। जारि सिजन शतक बनाउने बटलर तेश्रो खेलाडी हुन्। यस अघि राजस्थानकै संजु स्यामसन र बैंगलोरका देभदत्त पडीक्कल पछि तेश्रो खेलाडी हुन्।

खेलमा हैदरावादले कप्तानीबाट निकालिएका डेभिड वार्नरलाई अन्तिम-११ मा समाबेश गरेको छैन। अफस्पिन अलराउण्डर मोहम्मद नाबीलाई मौका दिईएको छ भने भुवनेश्वर कुमार र शिभम दुबेलाई जे सुचित र सिद्धार्थ कौलको स्थानमा मौका दिईएको छ।

लिग अंकतालिकामा हैदरावाद २ अंक सहित पुछारमा रहेको छ जसले ६ खेल खेल्दा १ जित र ५ हार बेहोरेको छ। राजस्थान सातौँ स्थानमा रहेको छ जसले ६ खेलमा २ जित र ४ हार पछि ४ अंक बटुलेको छ।

यो पनि पढ्नुस 

https://wicketnepal.com/dhoni-le-bataye-har-ko-karan-wn21/

https://wicketnepal.com/harpreet-baar-stry-wn21/

https://wicketnepal.com/susta-suruwat-harko-karan-rcb-wn21/

 





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]