युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत मंगलबार २९ औं खेलमा डेभिड वार्नरको कप्तानीमा रहेको सनराइजर्स हैदराबाद र महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नाई सुपर किङ्ग्स प्रतिस्पर्धा गरिरहेका छन्।
दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर ब्याटिंग रोजेको चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाउदै हैदरावादलाई १६८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
चेन्नाईको लागि शेन वाटसनले ३८ बलमा ३ छक्का र १ चौका प्रहार गर्दै सर्वाधिक ४२ रन तथा अम्बाती रायडुले ३४ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ४१ रन बनाए। ओपनिंग गरेका स्याम करनले २१ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३१ रन बनाए। कप्तान धोनीले १३ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २१ रन बनाए। रभिन्द्र जडेजाले अविजित २५ रन बनाए जुन क्रममा १० बलमा ३ चौका र १ छक्का प्रहार गरे।

चेन्नाईले फाफ डु प्लेसीसंग ओपनिंगमा स्याम करनलाई पठाउदै नयाँ प्रयोग गरेको थियो। खाता नखोल्दै डु प्लेसीलाई सन्दिप शर्माले विकेटकिपर बेयरस्टोबाट तेश्रो ओभरको पहिलो बलमा पेभेलियन फर्काए। केहि आक्रामक सट खेलेपछि करनलाई पाँचौ ओभरमा बोल्ड गर्दै सन्दिपले दोश्रो शिकार बनाए।
तेश्रो विकेटको लागि शेन वाटसन र अम्बाती रायडुले ८१ रनको साझेदारी गरे। १६ औं ओभरमा रायडुलाई टि नटराजनले तथा १७ औं ओभरमा वाटसनलाई खलिल एहमदले क्याच आउट गराउदै हैदरावादलाई खेलमा फर्काए।
पाँचौ विकेटको लागि कप्तान महेन्द्र सिंह धोनी र रभिन्द्र जडेजाले १६ बलमा ३२ रनको साझेदारी गरे। १९ औं ओभरमा अन्तिम बलमा धोनीलाई टि नटराजनले विलियमसनबाट क्याच आउट गराए। अन्तिम ओभरको पहिलो बलमा खलिल एहमदले ड्वेन ब्राभोलाई खाता नखोली बोल्ड गरे। अन्तिममा जडेजाले आक्रामक सटहरु खेल्दै टिमको योगफल १६० पार गराए। अन्तिम ५ ओभरमा चेन्नाईले ४ विकेट गुमाएर ५१ रन बनायो।

हैदरावादको बलिंगमा दायाँ हाते पेसर सन्दिप शर्माले २ विकेट लिए जुन क्रममा ४ ओभरमा १९ रन मात्र खर्चिए। उनले डु प्लेसी र स्याम करनको विकेट लिए। टि नटराजन ( ४-०-४१-२ ) ले पनि २ विकेट लिए जुन क्रममा ४ ओभरमा ४१ रन खर्चेर धोनी र वाटसनलाई पेभेलियन फर्काए। यस्तै खलिल एहमदले ४५ रन खर्चेर २ विकेट लिए। राशिद खान ( ४-०-३०-० ) र शाहबाज नदीम ( ४-०-२९-० ) विकेटविहिन रहे।
जारी सिजन यी दुई टोलिबीच आज दोस्रो पटक प्रतिस्पर्धा हुँदैछ। लिगको १४ औं खेलमा चेन्नाई र हैदराबादबीच प्रतिस्पर्धा भएको थियो जसमा हैदराबादले ७ रनको साँघुरो जित दर्ता गरेको थियो।
खेलमा चेन्नाईले पियुष चावलालाई अन्तिम-११ मा राख्दै जगदिशन नारायणलाई बाहिर राखेको छ। हैदरावादले शाहबाज नदीमलाई पहिलो पटक मौका दिएको छ भने अभिषेक शर्मालाई बाहिर राखेको छ।
५ खेलमा ४ अकं बटुल्दै हैदराबाद अंकतालिकाको पाचौं स्थानमा छ तथा ७ खेल खेलेको चेन्नाई ४ हार र २ जितपछि सातौं स्थानमा छ। हैदराबाद आजको खेलमा जित हात पार्दै चौथौं स्थानमा उक्लन चाहन्छ। यस्तै, खराब लयमा रहेको चेन्नाई महत्वपुर्ण २ अंक हासिल गर्दै तालिकामा शिर्ष-४ स्थान सुरक्षित गर्न चाहन्छ।
डी भिल्लीयर्सलाई अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कन भारतीय मुख्य प्रशिक्षक आग्रह
कोहलीले डी भिल्लीयर्सलाई यस कारण माने “सुपर म्यान”
निको भए गेल, बैंगलोर बिरुद्ध गेल खेल्ने सम्भावना प्रवल, कसलाई गर्लान् प्रतिस्थापन
IPL : फर्म खोजिरहेको चेन्नाईलाई हराउदै हैदरावादलाई शिर्ष-४ पुग्ने अवसर
IPL : बैंगलोर बिरुद्ध कोलकाताले सुनिल नारायणलाई किन खेलाएन