IPL : कोलकाताद्वारा हैदरावादलाई १८८ रनको लक्ष्य

इन्डीयन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत तेश्रो खेलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावाद प्रतिस्पर्धा गरिरहेका छन्।

एमए चिदम्बरम स्टेडियम, चेन्नाईमा जारि खेलमा टस हारेर ब्याटिंग गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८७ रन बनाउदै हैदरावादलाई १८८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कोलकाताको सुरुवात राम्रो रह्यो। ओपनर नितिश रानाले शुबमन गिलसंग ५३ रनको ओपनिंग साझेदारी गरे। सातौँ ओभरमा १५ रन बनाएका गिललाई राशिद खानले बोल्ड गरे। त्यसपछि दोश्रो विकेटको लागि रानाले राहुल त्रिपाठीसंग ९३ रनको साझेदारी गरे। मात्र २९ बलमा ५ चौका र २ छक्का मद्दतले ५३ रन बनाएका त्रिपाठीलाई टि नटराजनले क्याच आउट गराए। लगत्तै ओभरमा आन्द्रे रसेल मात्र ५ रन बनाएर राशिदबाट क्याच आउट भए।

१८ औं ओभरमा नितिश रानालाई मोहम्मद नाबीले क्याच आउट गराए। रानाले ५६ बलमा ९ चौका र ४ छक्का मद्दतले ८० रन बनाए। लगातार बलमा २ रन बनाएका कप्तान ओएन मोर्गनलाई नाबीले क्याच आउट गराए।

इनिंग्सको अन्तिममा दिनेश कार्तिकले आक्रामक सटहरु प्रहार गर्दै टिमलाई विशाल योगफलतर्फ डोर्याए। कार्तिकले ९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै अविजित २२ रन बनाए। अन्तिम ५ ओभरमा कोलकाताले ४६ रन बनाउदा ५ विकेट गुमाउन पुग्यो।

सनराइजर्स हैदरावादको बलिंगमा अफगानिस्तान स्पिनरद्वय राशिद खान ( ४-०-२४-२ ) र मोहम्मद नाबी ( ४-०-३२-२ ) ले समान २ विकेट तथा टि नटराजन( ४-०-३७-१ ) र भुवनेश्वर कुमार ( ४-०-४५-१ ) ले समान १ विकेट लिए।

यो पनि पढ्नुस 

https://wicketnepal.com/kyan-le-thalyo-namibia-sanga-tayari/

https://wicketnepal.com/csk-vs-dc-m2-wn21-mr/

https://wicketnepal.com/tri-ser-nep-ned-1st-match-wn21/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy