सन्दिपले फेरी पाएनन् मौका, दिल्लीले बनायो १५५ रन

  • विकेटनेपाल, बैशाख-१ 

इन्डियन प्रिमियर लिग अन्तर्गत ३० औं खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादसंग प्रतिस्पर्धा गरिरहेको छ।

हैदराबादको राजिभ गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा जारि रहेको खेलमा टस हारेर ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १५५ रनको योगफल तयार गरेको छ।

दिल्लीले सन्दिप लामिछानेलाई लगातार दोश्रो खेलमा पनि मौका दिएन। अघिल्लो खेलमा उनको सट्टा केमो पौललाई स्थान दिईएको थियो भने आज अर्का लेग स्पिनर अमित मिश्रा र केमो पौललाई स्थान दिईएको छ भने राहुल तेवतियालाई पनि बाहिर राखिएको छ।

सन्दिपले लिगमा अन्तिम खेल बैंगलोरसंग खेलेका थिए जुन खेलमा १ विकेट लिंदा ४६ रन खर्चेका थिए। त्यस अघि हैदराबादसंगको खेलमा सन्दिपले १ विकेट लिन ३२ रन खर्चेका थिए। नेपाली लेग स्पिनरले पन्जाब बिरुद्ध २ विकेट तथा कोलकाता बिरुद्ध १ विकेट लिएका थिए।

दिल्लीको अन्तिम ११ : पृथ्वी शा, शिखर धवन, कोलिन मुनरो, श्रेयस ऐयर ( कप्तान ) , रिशभ पन्त, क्रिस मोरिस, अक्षर पटेल, अमित मिश्रा, केमो पौल, कागीसो रबाडा, इशान्त शर्मा

दिल्लीको ब्याटिंग 

दिल्लीले खराब सुरुवात गर्ने क्रममा ओपनर प्रिथ्भी शा ( ४ रन ) र शिखर धवन ( ७ रन ) लाई सुरुवातमै गुमाउन पुग्यो। दुवैलाई खलिल एहमदले आउट गरे।

तेश्रो विकेटको लागि कोलिन मुनरो र कप्तान श्रेयस ऐयरले ४९ रनको साझेदारी गरे। मुन्रो ४० रन बनाएर आउट भए जुन क्रममा २४ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।

चौथो विकेटपछि ऐयर र रिशभ पन्तले ५५ रनको साझेदारी गरे। भुवनेश्वर कुमारले ४५ रन ( ४० बलमा ५ चौका ) बनाएका ऐयरलाई १६ औं ओभरमा आउट गरे।  लगत्तै रिशाभ पन्त पनि २३ रन ( २९ बलमा ३ चौका ) बनाएर एहमदको बलमा आउट हुँदा दिल्ली समस्यामा पर्यो।

तल्लो क्रममा अक्षर पटेलले अविजित १४ रन बनाए पछि दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १५५ रनको योगफल तयार गर्यो।

हैदराबाद बलर खलिल एहमदले ३ सर्वाधिक ३ विकेट ( ४०-३०-३ ) लिए। भुवनेश्वर कुमार ( ४-०-३३-२ ) ले २ विकेट तथा  अभिषेक शर्मा ( १-०-१०-१ ) र राशिद खान ( ४-०-२२-१ ) ले १/१ विकेट लिए।

आईपीएल अंकतालिकामा दिल्ली ७ खेलमा ४ जित र ३ हार सहित चौथो स्थानमा रहेको छ भने हैदराबाद ६ खेलमा ३/३ जित र हार सहित छैटौं स्थानमा रहेको छ।





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]