टस जितेर बैंगलोरले ब्याटिंग रोज्यो, पन्जाबले गेललाई दियो मौका

युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत बिहिवार ३१ औं खेलमा बिराट कोहली कप्तानको रोयल च्यालेन्जर्स बैंगलोर र लोकेश राहुल कप्तानीको किङ्ग्स-११ पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समय अनुसार रातीको ७:४५ बजे शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ।

खेलमा बैंगलोर कप्तान बिराट कोहलीले टस जितेर ब्याटिंग गर्ने निर्णय गरेका छन्। बैंगलोरले अन्तिम-११ मा कुनै पनि परिवर्तन गरेको छैन।

बैंगलोरको अन्तिम ११ : एरोन फिन्च, देभदत्त पडिक्कल, बिराट कोहली, एबि डि भिल्लियर्स, मोहम्मद सिराज , शिभम दुबे, वासिङ्टन सुन्दर, इसुरु उडाना, क्रिस मोरिस , युजभेन्द्र चहल, नभदिप सैनी

पन्जाबले अन्तिम-११ मा ३ वटा परिवर्तन गरेको छ। जुन क्रममा क्रिस गेललाई पहिलो पटक मौका दिएको छ। यस अघिनै खेल्ने बताईएको भएता पनि उनि फुड पोइजनिंगका कारण अस्पताल भर्ना भएपछि खेल्न पाएका थिएनन्। गेलले गत सिजन पन्जाबको लागि दोश्रो धेरै रन बनाएका थिए। उनले १३ खेलमा ४ अर्धशतक मद्दतले ४९० रन बनाएका थिए जुन क्रममा १५३.६० को स्ट्राइक रेट र ४०.८३ को औशतले रन बनाएका थिए।

गेलले पहिलो पटक मौका पाएका छन्यस्तै पन्जाबको लागि दायाँ हाते ब्याट्सम्यान दिपक हुडाले डेब्यु गर्ने भएका छन्। उनले यस अघि हैदरावादबाट खेलेका थिए। २५ वर्षीय ब्याट्सम्यानले लिगमा ६१ खेल खेलेका छन् जुन क्रममा १४.५६ को औशतले ५२४ रन बनाएका छन्। लेग स्पिनर मुरुगन आश्विनलाई पनि मौका दिईएको छ।

मुजिब उर् रहमान, मन्दिप सिंह र प्रभसिमरन सिंहलाई बाहिर राखिएको छ। ग्लेन म्याक्सवेलले भने अझै मौका पाएका छन्। मुजिब पछिल्लो २ खेलमा विकेटविहिन रहंदा महँगो समेत सावित भएका थिए।

पन्जाबको अन्तिम ११ : केएल राहुल , मायाँक अग्रवाल, निकोलास पुरन, क्रिस गेल , ग्लेन म्याक्सवेल, , रभी बिस्नोइ, क्रिश जोर्डान, मोहम्मद शामी, मुरुगन आश्विन , अर्शदिप सिंह, दिपक हुडा

७ खेल खेलेको बैंगलोर १० अंक बटुल्दै अंकतालिकाको तेस्रो स्थानमा छ भने समान खेल खेलेको पन्जाब मात्र १ जित र ६ हार पछि मात्र २ अंक बटुल्दै पुछारमा छ। अन्तिम-४ मा प्रवेश गर्ने सम्भावना जीवित राख्न पन्जाबलाई आजको खेल जित्नैपर्ने हुन्छ। बैंगलोर आजको खेलमा जित हात पार्दै अन्तिम-४ मा स्थान मजबुत गर्न चाहन्छ।

पछिल्लो भेट : जारी सिजन पन्जाबले बैंगलोर विरुद्ध एकमात्र जित दर्ता गरेको थियो। लिगको छैटौं खेलमा यी दुई टोलिबीच प्रतिस्पर्धा हुँदा पन्जाबले ९७ रनको फराकिलो जित हात पारेको थियो। पहिले ब्याटिंग गरेको पन्जाबले कप्तान लोकेश राहुलको १३२ रनको अविजित पारीको मद्दतमा २०६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो जुन पछ्याउने क्रममा बैंगलोरले १७ ओभरमा मात्र १०९ रन बनाउन सकेको थियो।

IPL : रैना, कोहली र रोहितको रेकर्ड तोड्दै धवनले बनाए ठूलो कीर्तिमान

इमरान ताहिरको सबैको मन जित्ने ट्वीट

“पर्पल र अरेन्ज क्याप हेर्दा मात्र आकर्षक” – आश्विन

आइपिएलमा सट्टेबाजी खेलाउने ३ भारतीय सहित ७ जना पक्राउ

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy