मुम्बई बिरुद्ध कोलकाताले पहिले ब्याटिंग गर्ने, यस्तो छ दुवैको अन्तिम-११

युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत शुक्रबार ३२ औं खेलमा रोहित शर्माको कप्तानीमा मुम्बई इन्डियन्स र ओएन मोर्गनको कप्तानीमा रहेको कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समय अनुसार रातिको ७:४५ बजे आबु धाबी स्थित शेख जायद स्टेडियममा सुरु हुनेछ।

खेलमा टस जितेर कोलकाता कप्तान मोर्गनले ब्याटिंग गर्ने निर्णय लिएका छन्। कोलकताले पहिले ब्याटिंग गरेर मात्र खेलहरु जितेको छ।कोलकाताको कप्तानी आज ओएन मोर्गनले गर्दैछन्। दिनेश कार्तिकले कप्तानी छोडेपछि इंग्ल्यान्डका सिमित ओभर कप्तान समेत रहेका मोर्गनले कप्तानी सम्हाल्ने भएका हुन्।

कोलकाताले अन्तिम-११ मा २ वटा परिवर्तन गरेको छ। टम बान्टन र कमलेश नगरकोटीलाई बाहिर राखिएको छ जसको स्थानमा क्रिस ग्रिन र शिभम माभीलाई मौका दिईएको छ। मोर्गनले विकेट ब्याटिंगको लागि उपयोगी भएको र राम्रो योगफल बनाएर बिपक्षीलाई दबाब बनाउने बताएका छन्।

कोलकाताको अन्तिम ११ : राहुल त्रिपाठी, शुबमन गिल, नितिश राणा, दिनेश कार्तिक (विकेटकिपर ) , ओएन मोर्गन ( कप्तान ), आन्द्रे रसेल,क्रिस ग्रिन , प्रसिध कृष्ण, प्याट कमिन्स,  वरुण चक्रवर्ती, शिभम माभी

क्रिस ग्रिनले पहिलो पटक मौका पाएका छन्

मुम्बईले अन्तिम-११ मा एउटा परिवर्तन गरेको छ। जेम्स प्याटीन्सनको स्थानमा नाथन कोल्टर नाइलले मौका पाएका छन्।

मुम्बईको अन्तिम ११ : रोहित शर्मा ( कप्तान ) , क्विन्टन डीकक ( विकेटकिपर ) , सुर्यकुमार यादव, इशान किशन, काइरन पोलार्ड, हार्दिक पान्ड्या, क्रुनाल पान्ड्या,नाथन कोल्टर नाइल , राहुल चाहर, ट्रेन्ट बोल्ट, जस्प्रित बुम्राह

अंकतालिकाको अवस्था : ७ खेलमा १० अंकसहित मुम्बई अंकतालिकाको दोस्रो स्थानमा छ भने समान खेल खेलेको कोलकाता ४ जित र ३ हारपछि ८ अंक बटुल्दै अंकतालिकाको चौथो स्थानमा छ। मुम्बईलाई आजको खेलमा जित हात पार्दै शिर्ष स्थानमा उक्लने मौका छ। कोलकाता आज विजयी भएको खण्डमा तेस्रो स्थानमा उक्लने छ भने प्ले-अफ खेल्ने सम्भावना मजबुत हुनेछ।

पछिल्लो भेट : जारी सिजन लिग अन्तर्गत पाँचौ खेलमा यी दुई टोलिबीच प्रतिस्पर्धा भएको थियो जसमा कोलकाता ४९ रनको फराकिलो अन्तरले पराजित भएको थियो। पहिले ब्याटिंग गरेको मुम्बईले कप्तान रोहितको ५४ बलमा ८० रनको पारीको मद्दतमा १९६ रनको विशाल विजयी लक्ष्य प्रस्तुत गरेको थियो जुन पछ्याउने क्रममा कोलकाताले मात्र १४६ रन बनाउन सकेको थियो।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]