युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत शनिबार दुई खेलहरु हुदैँछन्। दिनको पहिलो तथा लिगको ३३ औं खेलमा स्टिभ स्मिथको कप्तानीमा रहेको राजस्थान रोयल्स र बिराट कोहालीको कप्तानीमा रहेको रोयल च्यालेंजर्स बैंगलोर आमने-सामने हुदैँछन्। खेल नेपाली समय अनुसार दिउँसोको ३:४५ बजे दुबई स्थित दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा सुरु हुनेछ। यस्तै, दिनको दोस्रो तथा लिगको ३४ औं खेलमा श्रेयस आय्यरको कप्तानीमा रहेको दिल्ली क्यापिटल्स र महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नाई सुपर किङ्ग्सबीच प्रतिस्पर्धा हुदैँछ जुन खेल नेपाली समय अनुसार रातिको ७:४५ बजे शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ।
राजस्थान VS बैंगलोर
दुबै टोलिले हालसम्म समान ८ खेल खेलिसकेका छन्। ८ खेलमा ५ जितसहित १० अंक बटुलेको बैंगलोर अंकतालिकाको तेस्रो स्थानमा छ भने ३ जित र ५ हारपछि राजस्थान अंकतालिकाको सातौं स्थानमा छ। बैंगलोरलाई आज जित हात पार्दै अंकतालिकामा क्रमश: पहिलो र दोस्रो स्थानमा रहेको मुम्बई र दिल्लीसंग अंक बराबरी गर्नेछ। पछिल्लो खेलमा पन्जाब विरुद्ध ८ विकेटको फराकिलो हार बेहोरेको बैंगलोर नेट रन नेटमा निकै पछि छ। आज जित हात पार्दै राजस्थानलाई चौथौं स्थानमा उक्लिने मौका छ।
राजस्थान :- पछिल्लो खेलमा दिल्ली विरुद्ध १३ रनको हार बेहोरेको राजस्थान सुरुवाती २ खेलमा विजयी भएपछि पछिल्लो ६ खेलमा मात्र १ जित निकाल्न सकेको छ। हाल सातौं स्थानमा रहेको राजस्थानलाई शिर्ष-४ मा आफ्नो स्थान सुरक्षित गर्न बाँकी ६ खेलमा ५ खेल जित्ने पर्ने हुन्छ।
सुरुवाती २ खेलमा उत्कृष्ट प्रदर्शन गरेका संजु स्यामसन र कप्तान स्टिभ स्मिथले सोही प्रदशनलाई निरन्तरता दिन नसक्नुनै हारको कारण बनेको छ। ठूला खेलाडीको खराब प्रदर्शन बाबजुद राहुल तेवतियाले टिमको साख जोगाएका छन्। राजस्थानको तिनै जितमा अहम् भूमिका निर्वाह गरेका तेवतिया बाहेक अन्य ब्याट्सम्यानको ब्याटबाट रन बन्न सकेको छैन। विस्फोटक ब्याट्सम्यान जोस बटलर र भेट्रान ब्याट्सम्यान रोबी उथप्पाको प्रदर्शन कमजोर छ। राजस्थानले स्थापित ओपनर ब्याट्सम्यान उथप्पालाई मिडल अर्डरमा धकेलेर नियमित मिडल अर्डर ब्याट्सम्यान बेन स्टोक्सलाई ओपनिंग गराइरहेको छ जुन निर्णय गलत सावित हुँदै आएको छ। आजको खेलमा स्टार-अलराउण्डर स्टोक्सले पुन: ओपनिंग गर्छन् या गर्दैनन् हेर्न लायक हुनेछ। राजस्थानलाई अब शिर्ष-४ मा प्रवेश गर्न आगामी खेलहरुमा एकताबद्ध भएर प्रदर्शन गर्नुपर्ने हुन्छ।
राजस्थानको बलिंगतर्फ तिव्र गतिका बलर जोफ्रा आर्चरले घातक बलिंग गरेका छन्। जारी सिजन १२ विकेट लिसकेका उनलाई अन्य बलरको साथ मिलेको छैन। जयदेव उनादकट र युवा फास्ट बलर कार्तिक त्यागिको प्रदर्शनमा स्थिरता छैन। श्रेयस गोपालको घातक बलिंग देख्न बाँकी छ। स्टोक्सको आगमनले टिममा नयाँ उर्जा मिलेता पनि हालसम्म खास प्रभाव परेको छैन।
राजस्थानको सम्भावित ११ : मनन बोहोरा/माहिपाल लोमरोर, जोस बटलर ( विकेटकिपर ), सन्जु स्यामसन, स्टिभ स्मिथ ( कप्तान ), राहुल तेवतिया, रियान पराग, बेन स्टोक्स, जोफ्रा आर्चर, श्रेयस गोपाल, जयदेव उनदकत, कार्तिक त्यागि
बैंगलोर :- पछिल्लो खेलमा पन्जाब विरुद्ध ८ विकेटको फराकिलो हार बेहोरेको बैंगलोर आज जित हात पार्दै पुन: विजयी लयमा फर्कन चाहन्छ। बैंगलोर निकै सन्तुलित देखिएको छ। जारी सिजन लिगमा डेब्यु गरेका देभदत्त पडिक्क्ल ८ खेलमा २६१ रन बनाउदै प्रभावशाली प्रदर्शन गरेका छन्। उनले बैंगलोरलाई मजबुत सुरुवात दिलाउदा कप्तान बिराट कोहली र एबि डिभिल्लियर्सले त्यसको सदुपयोग गर्दै टिमलाई विशाल योगफलतर्फ डोर्याउने गरेका छन्। एरोन फिंचको प्रदर्शन देख्न बाँकी रहेको छ। क्रिश मोरिसले पन्जाब विरुद्ध ८ बलमा २५ रनको तुफानी पारी खेलेका थिए जुन बैंगलोरको लागि सुखद पक्ष हो। वासिंगटन सुन्दर, शिभम दुबे र इसुरु उदाना रहेको बैंगलोरको ब्याटिंगमा गहिराई छ।
बैंगलोरको बलिंगमा क्रिश मोरिस, इसुरु उदाना र नभदिप सैनीको प्रदशन तारिफयोग्य छ। वासिंगट सुन्दरले पावरप्लेमा किफायती बलिंग गर्दै विकेट लिएका छन्। लेग-स्पिनर युजवेंद्र चाहालले महत्वपुर्ण विकेट दिलाएका छन्। मोहम्मद सिराजले सन्तोषजनक प्रदर्शन गर्दा प्रशस्त बलिंग विकल्प छ।
बैंगलोरको सम्भावित ११ : एरोन फिन्च, देभदत्त पडिक्कल, बिराट कोहली, एबि डि भिल्लियर्स, गुरकिरत मान सिंह , शिभम दुबे,वासिंगट सुन्दर, इसुरु उडाना, क्रिस मोरिस , युझभेन्द्र चहल, नभदिप सैनी
चेन्नाई VS दिल्ली
हालसम्म दुबै टोलिले समान ८ खेल खेलिसकेका छन्। ८ खेलमा ६ जितसहित १२ अंक बटुल्दै दिल्ली अंकतालिकाको शिर्ष स्थानमा छ भने ५ हार र ३ जितपछि चेन्नाई ६ अंक बटुल्दै अंकतालिकाको छैटौं स्थानमा छ। दिल्ली आज जित हात पार्दै शिर्ष स्थानमा यथावत रहन चाहन्छ। चेन्नाईलाई आज जित हात पार्दै चौथौं स्थानमा उक्लने मौका छ।
चेन्नाई :- ८ खेलमा ६ अंक बटुलेको चेन्नाईलाई शिर्ष-४ मा आफ्नो स्थान सुरक्षित पार्न आगामी ६ खेलमा ५ खेल जित्ने पर्ने दबाब छ। सुरुवाती खेलहरुमा उत्कृष्ट प्रदर्शन गरेका फाफ डुप्लेसिस पछिल्लो केही खेलमा संघर्ष गरिरहेका छन्। शेन वाट्सन र अम्बाती रायडुको प्रदर्शन सन्तोषजनक छ। कप्तान धोनीको ब्याट हालसम्म शान्त रहेको छ। स्टार अल-राउण्डर स्याम करन र रविन्द्र जडेजाको प्रदर्शन शानदार रहेको छ जसले ब्याट र बल दुबै पक्षबाट योगदान दिरहेका छन्। चेन्नाईको ब्याटिंगमा फाफ, वाट्सन, रायडु र धोनीको ब्याटबाट रन बन्नु आवश्यक छ।
सुरुवाती खेलहरुमा मौका नपाएका शार्दुल ठाकुरले उत्कृष्ट प्रदर्शन गरेका छन्। किफायती बलिंग गर्दै उनले निर्णायक विकेट लिएका छन्। दिपक चहार, ड्वायन ब्राभोको प्रदर्शन सन्तोषजनक रहेता पनि उनिहरुको घातक बलिंग देख्न बाँकी रहेको छ। लेग-स्पिनर कर्ण शर्माको प्रदर्शन तारिफयोग्य छ।
चेन्नाईको सम्भावित ११ :- शेन वाटसन, फाफ डुप्लेसिस, अम्बाती रायडु, एन जगदिशन , महेन्द्र सिंह धिनी, स्याम करन, रविन्द्र जडेजा, ड्वेन ब्राभो, दिपक चहार, शार्दुल ठाकुल, कर्न शर्मा
दिल्ली :- निकै सन्तुलित देखिएको दिल्ली तालिकाको शिर्ष स्थानमा छ। पछिल्लो २ खेलमा अर्धशतक बनाएका शिखर धवन लयमा फर्किएका छन् जुन दिल्लीको लागि सुखद पक्ष हो। युवा खेलाडी पृथ्वी शको ब्याटिंगमा परिपक्वता आएता पनि प्रदशनमा स्थिरता हुनु आवश्यक छ। श्रेयस अय्यर र मार्कस स्टोइनिस राम्रो लयमा छन्। अजिंक्य रहाने र एलेक्स केरीले पाएको अवसरको सदुपयोग गर्न सकीरहेका छैनन्।
टिमलाई चोटले सुरुवात देखि सताइरहेको छ। श्रेयस ऐयर अघिल्लो खेलमा घाइते भएका थिए भने अघिल्लो खेल गुमाएका रिशभ पन्त पनि खेल्ने निश्चित छैन। पन्त खेलेको खण्डमा अजिंके रहाने बाहिर हुनेछन् भने एलेक्स केरीको स्थानमा शिमरन हेटमायरले मौका पाउन सक्छन्।
दिल्लीको बलिंग मजबुत पक्ष हो। कागिसो रबाडा र एन्रिक नोर्किया उत्कृस्ट लयमा छन्। हालसम्म रबाडाले १८ विकेट हात पार्दै पर्पल क्याप नाम गरेका छन् भने नोर्कियाले १० विकेट लिईसकेका छन्। बायाँ हाते फिंगर स्पिनर अक्षर पटेल विरुद्ध रन बनाउन विपक्षि टोलिलाई कठिन भैरहेको छ। रविचन्द्रन आश्विनले किफायती बलिंग गर्दै महत्वपुर्ण विकेट दिलाएका छन्।
दिल्लीको सम्भावित ११ : शिखर धवन, पृथ्वी श, श्रेयस ऐयर, अजिंक्य रहाणे, एलेक्स क्यारी, मार्कस स्टोइनिस, रभीचन्द्रन आश्विन, अक्षर पटेल, कागिसो रबाडा, एनरिक नोर्किया, तुसार देसपाण्डे
यस्तो छ सन्दिपले अन्तिम-११ मा मौका पाउने सम्भावना :-
सन्तुलित देखिएको दिल्लीले टिम सम्मिश्रणमा परिवर्तन गर्न आवश्यक देखिदैन र त्यस्तो संकेत पनि छैन। उनको चोटको कारण दिल्लीले राम्रो लयमा रहेका शिमरोन हेटमायरको स्थानमा विकेटकिपर एलेक्स केरीलाई मौका दिएको थियो। टिममा अन्य विकेटकिपर नहुदा केरीलाई अन्तिम-११ मा स्थान दिन दिल्ली बाध्य भएको थियो। पन्तको स्थानमा रहानेले मौका पाएका थिए।
पन्त निको भए पश्चात् प्रभावशाली प्रदर्शन गर्न नसकेका केरी बाहिरिने छन्। दिल्लीले सन्दिपलाई स्थान दिन रहाने अन्तिम-११ मा यथावत रहनु पर्नेछ जसले २ खेलमा मौका पाउदा खास प्रदर्शन गर्न सकेका छैनन्। केरी बाहिरिएर पन्तको पुनरागमन हुदाँ एउटा विदेशी कोटा खाली हुन्छ। पछिल्लो खेलमा राजस्थान विरुद्ध डेब्यु गरेका पेसर तुषार देशपाण्डेले प्रभावशाली प्रदर्शन गरेका थिए जसलाई दिल्लीले आगामी केहि खेलमा स्थान दिनसक्छ। यस्तोमा, केरिको स्थानमा पन्त फर्किएता पनि रहानेको स्थानमा ब्याट्सम्यानलाई मौका दिनुपर्ने हुन्छ जसकारण हेटमाएरले पुन: मौका पाउनेछन्। पिचले स्पिनरलाई मद्दत पुर्याउनुको बाबजुद सन्दिपले मौका पाउने सम्भावना कम छ। दिल्ली प्लेअफका लागि छनोट हुने निश्चित भएको खण्डमा दिल्लीले अन्तिम-११ मा प्रयोग गर्न सक्छ।
मोर्गन कोलकाताको नयाँ कप्तान, अचानक किन छाडे दिनेश कार्तिकले कप्तानी
डिककले आक्रामक ब्याटिंग गर्दा कोलकाता सहजै पराजित, मुम्बई पुनः शिर्षमा