लगातार दोश्रो शतक बनाउदै धवनको ठूलो कीर्तिमान, दिल्लीद्वारा पन्जाबलाई १६५ रनको लक्ष्य

युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत मंगलबार ३८ औं खेलमा केएल राहुल कप्तानीको किङ्ग्स-११ पन्जाब र श्रेयस अय्यर कप्तानीको दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा भइरहेको छ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर ब्याटिंग रोजेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाउदै पन्जाबलाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

दिल्लीको लागि शिखर धवनले लगातार दोश्रो शतक बनाउने क्रममा अविजित १०६ रन बनाए जुन क्रममा ६१ बलमा १२ चौका र ३ छक्का प्रहार गरे। धवनले ५७ बलमा शतक पुरा गरेका थिए।  श्रेयस ऐयर र रिशभ पन्तले समान १४ रन, शिमरन हेटमायरले १० तथा मार्कस स्टोइनिसले ९ रन बनाए।

अघिल्लो खेलमा धवनले चेन्नाई बिरुद्ध अविजित १०१ रन बाएका थिए भने राजस्थान र मुम्बई बिरुद्ध क्रमशः ५७ र ५९ रन बनाएका थिए। करियरको दोश्रो शतक बनाउने क्रममा धवन आईपीएल इतिहासमै लगातार २ खेलमा शतक बनाउने पहिलो क्रिकेटर बनेका छन्।

आईपीएलको एकै सिजन २ वा त्यो भन्दा बढी शतक बनाउने धवन पाँचौ क्रिकेटर बनेका छन्। यस अघि बिराट कोहलीले एकै सिजन सबैभन्दा धेरै २०१६ मा ४ वटा शतक बनाएका थिए। यस्तै क्रिस गेल ( २०११ ) , हाशिम अमला ( २०१७ ) र शेन वाटसन ( २०१८ ) ले एकै सिजन समान २ शतक बनाएका थिए।

धवन लिग इतिहासमै लगातार २ खेलमा शतक बनाउने पहिलो क्रिकेटर बनेका छन्

ओपनर पृथ्वी श ७ रन बनाएर चौथो ओभरमा जेम्स निशमबाट क्याच आउट भएपछि धवनले दोश्रो विकेटको लागि कप्तान ऐयरसंग ४८ रनको साझेदारी गरे। नवौं ओभरमा ऐयरलाई लेग स्पिनर मुरुगन आश्विनले कप्तान राहुलमार्फत क्याच आउट गराए। त्यसपछि धवनले रिशभ पन्तसंग ३३ रनको साझेदारी गरे। पन्त १४ औं ओभरमा म्याक्सवेलबाट क्याच आउट भए। चौथो विकेटको लागि स्टोइनिसले धवनसंग ३५ रनको साझेदारी गरे। १८ औं ओभरमा स्टोइनिसलाई मोहम्मद शामीले क्याच आउट गराए।

१९ औं ओभरको चौथो बलमा धवनले अर्धदिप सिंहको बलमा २ रन लिंदै शतक पुरा गरे। इनिंगको अन्तिम बलमा शिमरन हेटमायर १० रन बनाएर आउट भए जसले धवनसंग १५ बलमा २३ रनको साझेदारी गरे।

पन्जाबको बलिंगमा मोहम्मद शामी ( ४-०-२८-२ ) ले २ विकेट लिए भने मुरुगन आश्विन ( ४-०-३३-१ ) , ग्लेन म्याक्सवेल ( ४-०-३१-१ ) ले समान १ विकेट लिए। रभी बिस्नोइ ( ३-०-२४-० ) र अर्शदिप सिंह ( ३-०-३०-० ) विकेटविहिन रहे।

खेलमा दिल्लीले ३ वटा परिवर्तन गरेको छ। अजिंके रहाने, एलेक्स केरी र एनरिक नोर्कियालाई बाहिर राखिएको छ। घाइते भएर बाहिर बसेका विकेटकिपर ब्याट्सम्यान रिशभ पन्त फिर्ता भएका छन्। यस्तै वेस्टइन्डिज शिमरन हेटमायरले पनि मौका पाएका छन्। २७ वर्षीय अस्ट्रेलियन फास्ट बलर ड्यानियल स्याम्सलाई पनि दिल्लीले डेब्यु गर्ने मौका दिएको छ।

हालसम्म ९ खेल खेलिसकेको दिल्ली ७ जित र २ हारपछि १४ अंक बटुल्दै अंकतालिकाको शिर्ष स्थानमा छ। दिल्लीले आज जितेको खण्डमा प्लेअफ पुग्ने पक्का हुनेछ। यस्तै, समान ९ खेल खेलेको पन्जाब ३ अंक बटुल्दै अंकतालिकाको सातौं स्थानमा छ। पन्जाबलाई शिर्ष-४ भित्र पर्ने सम्भावना जिवितै राख्ने क्रममा खेल जित्नैपर्ने हुन्छ।

अनुभवी खेलाडीहरुलाई बाहिर राख्दै जिम्बाब्वे सिरिजको लागि पाकिस्तान टिमको घोषणा

अनुभवी खेलाडीहरुलाई बाहिर राख्दै जिम्बाब्वे सिरिजको लागि पाकिस्तान टिमको घोषणा

आईपीएलका ८ रेकर्ड जुन टुट्न निकै मुस्किल छ

एसोसिएट राष्ट्रबाट आईपीएल खेल्ने ५ क्रिकेटर





थप समाचार

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]

प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार […]

अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ। मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार […]

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]