बैंगलोर बिरुद्ध टस जितेर कोलकाताले ब्याटिंग रोज्यो, आन्द्रे रसेल नखेल्ने

युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत बुधबार ३९ औं खेलमा ओएन मोर्गन कप्तानीको कोलकाता नाइट राइडर्स र बिराट कोहली कप्तानीको रोयल च्यालेंजर्स बैंगलोरबीच प्रतिस्पर्धा हुदैँछ। खेल नेपाली समय अनुसार रातीको ७:४५ बजे आबुधाबी स्थित शेख जायद स्टेडियममा सुरु हुनेछ।

 

हालसम्म ९ खेल खेलेको बैंगलोर ६ जित र ३ हारपछि १२ अंक बटुल्दै अंकतालिकाको तेस्रो स्थानमा छ। बैंगलोरलाई आज जित हात पार्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लने मौका छ। यस्तै, समान ९ खेलमा १० अंक बटुल्दै कोलकाता अंकतालिकाको चौथौं स्थानमा छ। कोलकाता आज जित हात पार्दै शिर्ष-४ मा पर्दै प्लेअफ पुग्ने सम्भावना मजबुत पार्न चाहन्छ।

टस जितेर कोलकाताले ब्याटिंग गर्ने 

खेलमा कोलकाता कप्तान ओएन मोर्गनले टस जितेर ब्याटिंग रोजेका छन्। टसको क्रममा मोर्गनले विकेट ब्याटिंगको लागि राम्रो भएको बताए। यस्तै टिमले लक्ष्य रक्षा गर्दा राम्रो गरेकोले पनि ब्याटिंग रोजेको उनले बताए।

कोलकाताले टिममा २ वटा परिवर्तन गरेको छ। टम बान्टन र प्रसिध कृष्णालाई अन्तिम-११ मा मौका दिईएको छ। पछिल्लो खेलमा घाइते भएका आन्द्रे रसेल बाहिर भएका छन् भने फास्ट बलर शिभम माभीलाई पनि मौका दिईएको छैन।

कोलकाताको अन्तिम ११ : सुभमन गिल, राहुल त्रिपाठी, नितिस राना, ओएन मोर्गान, दिनेश कार्तिक, टम बान्टन , प्याट कमिंस, लकी फर्गुसन, कुलदिप यादव, वरुण चक्रवर्ती, प्रसिध कृष्णा

आन्द्रे रसेलको स्थानमा टम बान्टनले मौका पाएका छन्

टस हारे पछि बैंगलोर कप्तान बिराट कोहलीले आफुले पनि ब्याटिंगनै रोज्ने सोचेको र विकेट राम्रो रहेको बताए। यस अघि शारजाहमा कोलकाता बिरुद्ध राम्रो खेलेको र आज पनि राम्रो बलिंग गर्नु पर्ने उनले बताए।

बैंगलोरले टिममा एउटा परिवर्तन गरेको छ। मोहम्मद सिराजलाई खेलाउदै शाहबाज एहमदलाई बाहिर राखिएको छ।

बैंगलोरको अन्तिम ११ :- एरोन फिन्च, देभदत्त पाडिक्कल, बिराट कोहली, एबि डि भिल्लियर्स, गुर्किरत सिंह, , वासिङ्टन सुन्दर, क्रिस मोरिस, मोहम्मद सिराज, इसुरु उदाना, युजभेन्द्र चहल, नवदिप सैनी

पछिल्लो भेट : लिग अन्तर्गत २८ औं खेलमा यी दुई टोलिबीच प्रतिस्पर्धा भएको थियो जसमा बैंगलोर ८२ रनको फराकिलो अन्तरले विजयी भएको थियो। शारजाह स्टेडियममा सम्पन्न खेलमा पहिले ब्याटिंग गरेको बैंगलोरले एभि डिभिल्लियर्सको विस्फोटक ७३ रनको पारीको मद्दतमा १९५ रनको विशाल विजयी लक्ष्य प्रस्तुत गरेको थियो जुन पछ्याउने क्रममा कोलकाताले मात्र ११२ रन बनाउन सकेको थियो।

चेन्नाई अलराउण्डर ब्राभो आईपीएलबाट बाहिरिए

लाराद्वारा पन्जाब कप्तान केएल राहुलको तारिफ

हारका बाबजुद कीर्तिमानी ब्याट्सम्यान धवन बने ‘प्लेयर अफ द म्याच’

भारतले अनुमति नदिंदा मुख्य प्रशिक्षक राजपुत बिनै पाकिस्तान पुग्यो जिम्बाब्वे क्रिकेट टिम

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy