स्मिथ, स्यामसन र आर्चरको विस्फोटक ब्याटिंग, राजस्थानद्वारा चेन्नाईलाई विशाल लक्ष्य

युएईमा जारि आईपीएल २०२० अन्तर्गत चौथो खेलमा महेन्द्र सिंह धोनी कप्तानीको चेन्नाई सुपर किंग्स र स्टिभ स्मिथ कप्तानीको राजस्थान रोयल्सले प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा टस हारेर ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर २१६ रन बनाउदै चेन्नाईलाई २१७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। राजस्थानको लागि संजु स्यामसनंले ७४ रन तथा कप्तान स्टिभ स्मिथले ६९ रन बनाए। यस्तै जोफ्रा आर्चरले अविजित २७ रन बनाए।

स्यामसनले मात्र ३२ बलमा ९ छक्का र १ चौका प्रहार गरे। दायाँ हाते ब्याट्सम्यानले १९ बलमा अर्धशतक पुरा गरेका थिए। यस क्रममा उनले लेग स्पिनर पियुष चावलाले गरेको आठौँ ओभरमा ३ छक्का तथा त्यस अघि रभीन्द्र जडेजाले गरेको सातौँ ओभरमा २ छक्का प्रहार गरेका थिए। यस्तै स्मिथले ४७ बलमा ४ चौका र ४ छक्का प्रहार गरे जुन क्रममा २४ बलमा अर्धशतक पुरा गरेका थिए।

संजु स्यामसनले मात्र १९ बलमा अर्धशतक पुरा गरे

दशौँ नम्बरमा ब्याटिंग गरेका जोफ्रा आर्चरले मात्र ८ बलमा ४ छक्का प्रहार गर्दै २७ रन बनाए। आर्चरले यस क्रममा लुंगी एनगीडीले गरेको २० औं ओभरको पहिलो ४ बलमा लगातार ४ वटा छक्का प्रहार गरेका थिए। उक्त ओभरमा एनगीडीले २ वटा नोबल पनि गरेका थिए र कुल ३० रन खर्चिए।

ओपनर यशस्वी जैसवाल ६ रन बनाएर तेश्रो ओभरमा आउट भएपछि ओपनर स्मिथले सन्जु स्यामसनसंग दोश्रो विकेटको लागि शतकीय साझेदारी गरे। दुवैले मात्र ५६ बलमा दुवैले १२१ रनको साझेदारी गरे। विस्फोटक ब्याटिंग गरेका स्यामसनलाई १२ औं ओभरमा लुंगी एनगीडीले क्याच आउट गराए।

त्यसपछि पनि स्मिथले एक किनार सम्हालेता पनि अर्को किनारमा लगातार विकेट गुम्यो। डेभिड मिलर खाता नखोली रन आउट भए भने ५ रन बनाएका रोबिन उथप्पालाई पियुष चावलाले क्याच आउट गराए। स्याम करनले राहुल तेवतिया ( १० ) र रियान पराग ( ६ ) लाई १७ औं ओभरमा आउट गरे।

अन्तिममा नवौं नम्बरमा ब्याटिंग गरेका जोफ्रा आर्चरले विस्फोटक ब्याटिंग गर्दा टिमले २०० को योगफल पार गरेको थियो। आर्चर र टम करनले आठौँ विकेटको लागि मात्र १० बलमा ३८ रनको साझेदारी गरे।

चेन्नाईको बलिंगमा स्याम करनले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३३ रन खर्चिए। दिपक चाहर ( ४-०-३१-१ ) , लुंगी एनगिडी ( ४-०-५६-१ ) र पियुष चावला ( ४-०-५५-१ ) ले समान १ विकेट लिए भने रभिन्द्र जडेजा विकेटविहिन रहदा ४ ओभरमा ४० रन खर्चिए।

लिग अन्तर्गत चेन्नाईले पहिलो खेलमा मुम्बई इन्डीएन्सलाई ५ विकेटले पराजित गरेको थियो।

क्यानद्वारा पुरुष र महिला खेलाडीको नयाँ वर्गीकरण ( कसले कति तलव पाउनेछन् )

यस कारण जडेजासंग होसियार हुनुपर्छ राजस्थान र स्टिभ स्मिथ

देभदत्त पडीक्कल : नजिकबाट चिन्नुस आईपीएल २०२० मा आरसीबिका नयाँ ओपनरलाई

IPL : अलराउण्डरको रुपमा ठूलो कीर्तिमान नजिक जडेजा





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]