कोलकाता बिरुद्ध दिल्लीले टस जितेर बलिंग गर्ने, टिममा २ वटा परिवर्तन

युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत शनिबार दुई खेलहरु हुँदैछन् जस अन्तर्गत पहिलो तथा लिगको ४२ औं खेलमा ओएन मोर्गन कप्तानीको कोलकाता नाइट राइडर्स र श्रेयस अय्यर कप्तानीको दिल्ली क्यापिटल्स बीच प्रतिस्पर्धा हुदैँछ। हालसम्म १० खेल खेलेको दिल्ली ७ जित र ३ हारपछि १४ अंक बटुल्दै अंकतालिकाको दोस्रो स्थानमा छ। दिल्लीलाई आज जित हात पार्दै शिर्ष-४ मा आफ्नो स्थान सुरक्षित पार्नुका साथै अंकतालिकाको शिर्ष स्थानमा उक्लने मौका छ। यस्तै, समान १० खेल खेलेको कोलकाता १० अंकसहित अंकतालिकाको चौथौं स्थानमा छ। कोलकाताले आज जिते शिर्ष-४ सम्भावना बलियो हुनेछ। खेल नेपाली समय दिउँसोको ३:४५ बजे आबु धाबी स्थित शेख जायद स्टेडियममा सुरु हुनेछ।

टस जितेर दिल्लीले फिल्डिंग रोज्यो 

खेलमा टस जितेर दिल्ली कप्तान श्रेयस ऐयरले फिल्डिंग रोजेर कोलकातालाई ब्याटिंगको निम्तो दिएका छन्। टस जितेपछि ऐयरले विकेटमा घाँस भएको र सुरुवातमा फास्ट बलरलाई त्यसले सहयोग गर्ने बताए।

दिल्लीले टिममा २ वटा परिवर्तन गरेको छ। पछिल्लो खेलहरुमा खराब लयमा रहेका पृथ्वी शलाई बाहिर राखिएको छ जसको स्थानमा अजिंके रहानेलाई पुनः अन्तिम -११ मा मौका दिईएको छ। शले पछिल्लो ४ खेलमा मात्र ११ रन बनाएका थिए जुन क्रममा २ पटक खाता नखोली आउट भएका थिए। रहानेले पनि यस अघि ३ खेलमा मौका पाएका थिए जसमा मात्र २५ रन बनाउन सकेका थिए।

यस्तै एनरिक नोर्किया फिट भएर टिममा फर्केका छन्। ड्यानीयल स्याम्सलाई बाहिर राखिएको छ।

पृथ्वी शलाई बाहिर राखिएको छ

दिल्लीको अन्तिम ११ : शिखर धवन, अजिंके रहाने, श्रेयस ऐयर, रिषभ पन्त, शिमरोन हेटमायर, मार्कस स्टोइनिस, रभीचन्द्रन आश्विन, अक्षर पटेल, कागिसो रबाडा, एनरिक नोर्किया, तुसार देसपाण्डे

कोलकाताले टिममा २ वटा परिवर्तन गरेको छ। सुनिल नारायणले अन्तिम-११ मा पुनरागमन गरेका छन्। नारायणको बलिंग याक्सन अम्पायरले रिपोर्ट गरेपछि आईपीएलले उनलाई सफाई दिईसकेको छ। कुलदिप यादब र टम बान्टनलाई बाहिर राखिएको छ भने फास्ट बलर कमलेश नगरकोटीले मौका पाएका छन्।

कोलकाताको अन्तिम ११ : शुबमन गिल, सुनिल नारायण, नितिश राना, राहुल त्रिपाठी, दिनेश कार्तिक ( विकेटकिपर ) ओएन मोर्गन( कप्तान ), लकी फर्गुसन, प्याट कमिन्स, प्रसिद्ध कृष्ण, वरुण चक्रवर्ती, कमलेश नगरकोटी

IPL : प्ले-अफ पुग्न कुन टिमले के गर्नुपर्छ, हेर्नुस समीकरण

“सहज त्यति सहज छैन जस्तो सुनिन्छ” धवनले बताए रिकी पोन्टिङसंग भएको संवादले कसरि उनलाई सहयोग गर्यो

पान्ड्या दाजु-भाईलाई दिए धोनीले आफ्नो जर्सी

“पक्कै पिंडा हुन्छ” धोनीले बताए लिगमा खराब प्रदर्शनको कारण





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]