युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत आइतबार पनि दुई खेलहरु हुँदैछन्। लिगको ४४ औं तथा दिनको पहिलो खेलमा महेन्द्र सिंह धोनी कप्तानिको चेन्नाई सुपर किङ्ग्स र बिराट कोहली कप्तानिको रोयल च्यालेन्जर्स बैंगलोर बीच प्रतिस्पर्धा हुदैँछ। खेल नेपाली समय अनुसार दिउँसोको ३:४५ बजे दुबई स्थित दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा सुरु हुनेछ। यस्तै, लिगको ४५ औं तथा दिनको दोस्रो खेलमा स्टिभ स्मिथ कप्तानिको राजस्थान रोयल्सले रोहित शर्मा कप्तानिको मुम्बई इण्डियन्सको सामना गर्दैछ जुन खेल नेपाली समय अनुसार रातिको ७:४५ बजे आबु धाबी स्थित शेख जायद स्टेडियममा सुरु हुनेछ। आजको खेल जितेको खण्डमा मुम्बई र बैंगलोरले प्ले-अफमा स्थान पक्का गर्नेछन्।
चेन्नाई VS बैंगलोर
१० खेलमा १४ अंक बटुलेको बैंगलोर अंकतालिकाको तेस्रो स्थानमा छ। आज जित हात पार्दै बैंगलोर शिर्ष स्थानमा उक्लनेछ भने प्ले-अफको लागि छनौट हुने पहिलो टिम बन्नेछ।
चेन्नाई अझै प्ले-अफ पुग्न सक्छ ?
मात्र ६ अंक बटुल्न सकेको चेन्नाईको गणितीय रुपमा सम्भावना देखिएता पनि कमजोर नेट रन रेटको कारण प्ले-अफ असम्भव जस्तो देखिन्छ। चेन्नाईले सबै ३ खेल जितेको खण्डमा १२ अंक हुनेछ। यो अवस्थामा कोलकाता, हैदरावाद र पन्जाबले १२ अंक भन्दा बढी नबनाएको अवस्थामा चेन्नाई नेट रन रेटमा अघि बढ्ने झिनो सम्भावना छ। त्यसको लागि अब १२ अंक बटुलीसकेको कोलकाताले सबै ३ खेल हार्नुपर्नेछ भने पन्जाब र हैदरावादले पनि कम्तिमा १२ अंक नबढ्ने गरि खेलको नतिजा आउनुपर्छ। चेन्नाई कप्तान धोनीले टिम प्ले-अफमा पुग्न नसक्ने वास्तविकता स्वीकार गर्दै बैंगलोरसंग नयाँ खेलाडीलाई मौका दिंदै आगामी सिजनको तयारी गर्ने बताईसकेका छन्।
चेन्नाई र बैंगलोर बीच अघिल्लो भेटमा बैंगलोर ३७ रनले विजयी भएको थियो। बैंगलोरले दिएको १७० रनको लक्ष्य पछ्याउने क्रममा चेन्नाईले १३२ रन मात्र बनाउन सकेको थियो। कप्तान बिराट कोहलीले अविजित ९० रन तथा बलिंगमा क्रिस मोरिसले ३ विकेट लिएका थिए।
दुबै टिममा हुन सक्ने परिवर्तन
चेन्नाई : शिर्ष-४ मा पर्ने सम्भावना समाप्त भैसकेको चेन्नाईले आगामी खेलमा युवा खेलाडीहरु लाई मौका दिनसक्छ। मिचेल सान्टनर, साइ किशोर र केएम आशिफ जस्ता युवा खेलाडीले मौका पाउन सक्छन्।
चेन्नाईको सम्भावित-११ : फाफ डुप्लेसिस, नारायन जगदिशन, रुतुराज गायकवाड, अम्बाती रायडु, महेन्द्र सिंह धोनी ( कप्तान/विकेटकिपर ), रभिन्द्र जडेजा, स्याम करन, कर्न शर्मा/शाइ किशोर, दिपक चाहर, इमरान ताहिर, शार्दुल ठाकुर
बैंगलोर : राम्रो लयमा रहेको बैंगलोरले परिवर्तन नगर्न सक्छ। एरोन फिन्चको खराब लय टिमको लागि चिन्ताको विषय बनेको छ। तर, राम्रो नतिजा निकाल्न सकेको बैंगलोरले उनमा भरोसा देखाउदै अर्को मौका दिनसक्छ।
बैंगलोरको सम्भावित-११ : एरोन फिन्च, देभदत्त पाडिक्कल, बिराट कोहली, एबि डिभिल्लियर्स, गुरकिरत मान सिंह, क्रिश मोरिस, वासिङ्टन सुन्दर, मोहम्मद सिराज, नभदिप सैनी, युजवेन्द्र चाहाल, इसुरु उदाना
राजस्थान रोयल्स VS मुम्बई इण्डियन्स
११ खेलमा ४ जित र ७ हारपछि राजस्थान अंकतालिकाको सातौं स्थानमा छ। उसका लागि शिर्ष-४ मा पर्न आगामी ३ खेल जित्नैपर्ने हुन्छ। त्यस बाबजुद अन्य टिमको नतिजामा निर्भर रहनुपर्ने हुन्छ।
१० खेलमा १४ अंकसहित मुम्बई तालिकाको शिर्ष स्थानमा छ। मुम्बई प्ले-अफका लागि छनोट हुनबाट मात्र १ जित टाढा छ। मुम्बईको आगामी लक्ष्य शिर्ष-४ मा भन्दा पनि शिर्ष-२ मा पर्ने हो जसको लागि कम्तिमा बाँकी ४ मध्ये २ जित दर्ता गर्न चाहन्छ।
दुवै टिम बीच अघिल्लो भेटमा मुम्बईले राजस्थानलाई ५७ रनले पराजित गरेको थियो। मुम्बईले दिएको १९४ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले १३६ रन मात्र बनाउन सकेको थियो। मुम्बईका सूर्यकुमार यादबले ७९ रन बनाएका थिए भने बलिंगमा जस्प्रित बुम्राहले ४ विकेट लिएका थिए।
दुबै टिममा हुन सक्ने परिवर्तन :
राजस्थान रोयल्स : टिमले बेन स्टोक्सलाई मौका दिएर आफ्नो नियमित नम्बरमा ब्याटिंग गर्न दिनसक्छ।
राजस्थानको सम्भावित ११ : रोबि उथप्पा, जोस बट्लर, सन्जु स्याम्सन, स्टिभ स्मिथ, रियान पराग, राहुल तेवाटिया, जोफ्रा आर्चर, श्रेयस गोपाल, अन्कित राजपुत, कार्तिक त्यागी
मुम्बई इण्डियन्स : रोहित चोट मुक्त भएर फिट भएको खण्डमा अन्तिम-११ बाट सौरभ तिवारीलाई प्रतिस्थापन गर्नेछन्। अन्यथा, टिमले परिवर्तन गर्नुपर्ने आवश्यक देखिदैन।
मुम्बईको सम्भावित ११ : क्विन्टन डिकक, रोहित शर्मा/सौरभ तिवारी, इशान किशन, सुर्यकुमार यादव, हार्दिक पाण्ड्या, क्रुनल पाण्ड्या, कायरन पोलार्ड, नाथन कुल्टर-नाइल, ट्रेन्ट बोल्ट, राहुल चहार, जस्प्रित बुम्राह
IPL : जितपछि कोलकाता र पन्जाब प्ले-अफबाट कति नजिक
कोलकातासंग हार पछि रबाडाको चिन्ता
नाटकीय रुपमा विकेट पतन हुँदा लो-स्कोरिंग खेलमा पन्जाबद्वारा हैदरावाद पराजित
चेन्नाई बिरुद्ध बैंगलोरले हरियो जर्सी लगाएर खेल्ने, जान्नुस कारण
पान्ड्या दाजु-भाईलाई दिए धोनीले आफ्नो जर्सी