गायकवाड चम्किदा, चेन्नाईसंग बैंगलोर सहजै पराजित

आईपीएल २०२० अन्तर्गत ४४ औं खेलमा चेन्नाई सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गर्दै चौथो जित दर्ता गरेको छ। जितपछि चेन्नाईले वास्तविकतामा असम्भव देखिए पनि प्ले-अफ पुग्ने गणितीय सम्भावना जिवितै राखेको छ।

दुबई अन्तर्राष्ट्रिय मैदानमा सम्पन्न खेलमा बैंगलोरले दिएको १४६ रनको लक्ष्य चेन्नाईले मात्र २ विकेट गुमाएर १८.४ ओभरमा पुरा गर्यो।

चेन्नाईको लागि ओपनर रुतुराज गायकवाडले आईपीएल करियरकै पहिलो अर्धशतक बनाउने क्रममा सर्वाधिक ६५ रन बनाए जुन क्रममा ५१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।

अम्बाती रायडुले २७ बलमा ३ चौका र २ छक्का मद्दतले ३९ रन, फाफ डु प्लेसीले १३ बलमा २ चौका र २ छक्का मद्दतले २५ रन तथा महेन्द्र सिंह धोनीले अविजित २१ बलमा ३ चौका मद्दतले २१ रन बनाए।

गायकवाडले चौथो खेल खेल्ने क्रममा पहिलो अर्धशतक बनाए

पहिलो विकेटको लागि गायकवाडले डु प्लेसीसंग ४६ रनको दोश्रो विकेटको लागि रायडुसंग ६७ रनको तथा तेश्रो विकेटको लागि धोनीसंग अविजित ३७ रनको साझेदारी गरे।

बैंगलोरको बलिंगमा क्रिस मोरिस ( ३.४ -०-३६-१ ) र युज्भेन्द्र चहल ( ४-०-२१-१ ) ले समान १ विकेट लिए।

बैंगलोरको ब्याटिंग 

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर ब्याटिंग रोजेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४५ रन बनाएको थियो।

बैंगलोरको लागि कप्तान बिराट कोहलीले करियरको ३९ औं तथा जारि सिजन तेश्रो अर्धशतक बनाए। उनले ४३ बलमा १ चौका र १ छक्का मद्दतले ५० रन बनाए। एबि डी भिल्लीयर्सले ३६ बलमा ४ चौका मद्दतले ३९ रन बनाए। देभदत्त पडीक्कलले २२, आरोन फिन्चले १५ रन बनाए।

स्याम करनले ३ विकेट लिए

कोहलीले डी भिल्लीयर्ससंग ८२ रनको साझेदारी गरेका थिए जुन बैंगलोरको इनिंगको एक मात्र अर्धशतकीय साझेदारी रह्यो।

अन्तिममा बैंगलोरले लगातार विकेट गुमाउदा ठुलो योगफल बनाउन चुक्यो। अन्तिम २ ओभरमा ३ विकेट गुम्दा मात्र १३ रन बन्न सक्यो।

चेन्नाईको बलिंगमा स्याम करनले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ३ ओभरमा १९ रन खर्चिए। इनिंगको १९ औं ओभरमा करनले मोइन अलि र कोहलीको तथा त्यसअघि आरोन फिंचको विकेट लिएका थिए। दिपक चाहरले ( ४-०-३१-२ ) २ विकेट तथा मिचेल स्यान्टनर ( ४-०-२३-१ ) ले १ विकेट लिए।

अंकतालिका र आगामी खेल 

जितपछि चेन्नाई अंकतालिकामा राजस्थानलाई पछि पार्दै सातौँ स्थानमा उक्लेको छ। अझै पनि अंकगणितीय रुपमा चेन्नाईको प्ले-अफ पुग्ने सम्भावना कायमै रहेको छ। अब चेन्नाईले बाँकी दुवै खेल निकै ठुलो अन्तरले जित्नुपर्नेछ भने कोलकाता, पन्जाब, हैदरावाद र राजस्थानको बढीमा १२ अंक हुनुपर्नेछ। त्यति भएमा नेट रन रेटमा अघि बढ्ने झिनो सम्भावना रहन्छ। कोलकाताको १२ अंक भैसकेकोले अब कोलकाताले एक खेलमा मात्र जित दर्ता गर्ने हो भने चेन्नाई बाहिर हुनेछ। नेट रन रेट कमजोर रहेकोले पनि चेन्नाईको सम्भावना असम्भव जस्तो छ।

हारपछि पनि बैंगलोर अंकतालिकामा ११ खेलमा ७ जित र ४ हार पछि १४ अंक सहित तेश्रो स्थानमा कायमै रहेको छ। बैंगलोरलाई प्ले-अफ पुग्न मात्र १ जित आवस्यक रहेको छ।

लिग अन्तर्गत चेन्नाईले आगामी खेल कोलकातासंग बिहिबार तथा बैंगलोरले बुधबार बैंगलोर बिरुद्ध खेल्ने तालिका रहेको छ।

IPL : कोलकाता र पन्जाब प्ले-अफबाट कति नजिक

कोलकातासंग हार पछि रबाडाको चिन्ता

चेन्नाई बिरुद्ध बैंगलोरले हरियो जर्सी लगाएर खेल्ने, जान्नुस कारण

पान्ड्या दाजु-भाईलाई दिए धोनीले आफ्नो जर्सी

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy