हार्दिक पान्ड्याको विस्फोटक अर्धशतक, मुम्बईद्वारा राजस्थानलाई विशाल लक्ष्य

आईपीएल २०२० अन्तर्गत आइतबारको दोश्रो खेल तथा लिगको ४५आउँ खेलमा राजस्थान रोयल्स र मुम्बई इन्डीएन्स प्रतिस्पर्धा गरिरहेका छन्।

शेख जायद स्टेडियममा सम्पन्न खेलमा टस जितेर ब्याटिंग गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९५ रन बनाउदै राजस्थानलाई १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

मुम्बईको लागि हार्दिक पान्ड्याले विस्फोटक ब्याटिंग गर्दै मात्र २१ बलमा अविजित रहँदै ६० रन बनाए। यस क्रममा उनले ७ छक्का र २ चौका हिर्काए। उनले २० बलमा अर्धशतक पुरा गरे। पान्ड्याको आईपीएल करियरमा यो चौथो अर्धशतक हो।  सुर्यकुमार यादबले ४०, इशान किशनले ३७ तथा सौरभ तिवारीले ३४ रन बनाए।

हार्दिक पान्ड्याले मात्र २० बलमा अर्धशतक प्रहार गरे

६ रन बनाएका ओपनर क्विन्टन डीककलाई पहिलो ओभरमा जोफ्रा आर्चरले बोल्ड गरेपछि दोश्रो विकेटको लागि अर्का ओपनर किशनले सुर्यकुमार यादवसंग ८३ रनको साझेदारी गरे।

११ औं ओभरमा किशनलाई कार्तिक त्यागिले आर्चरबाट क्याच आउट गराएपछि मुम्बईले लगातार विकेट गुमाउन पुग्यो। १३ औं ओभरमा यादवलाई क्याच आउट तथा र काइरन पोलार्डलाई बोल्ड गर्दै श्रेयस गोपालले राजस्थानलाई खेलमा फर्काए। ९०/१ को अवस्थाबाट पोलार्डको विकेट जाँदा मुम्बई १०१/४ को अवस्थामा पुग्यो।

त्यसपछि सौरभ तिवारी र हार्दिक पान्ड्याले इनिंग अघि बढाए। १७ औं ओभरमा जोफ्रा आर्चरको ओभरमा तिवारीले १ छक्का र २ चौका प्रहार गरे भने १८ औं ओभरमा अंकित राजपुतलाई हार्दिक पान्ड्याले अन्तिम-३ बलमा लगातार ३ छक्का सहित कुल ४ छक्का प्रहार गरे। मात्र ३१ बलमा ६४ रनको साझेदारी गरेपछि १९ औं ओभरमा आर्चरले तिवारीलाई क्याच आउट गराउदै साझेदारी तोडे।

त्यसपछि पनि हार्दिक रोकिएनन् र कार्तिक त्यागिले गरेको अन्तिम ओभरमा ३ छक्का र २ चौका प्रहार गरे।अन्तिम ५ ओभरमा मुम्बईले मात्र १ विकेट गुमाएर ७९ रन बनाउदै विशाल योगफल तयार गर्यो।

अन्तिम ३ ओभरमा हार्दिकले १२ बल सामना गर्दा ५२ रन प्रहार गरे जुन आईपीएल इतिहासमै अन्तिम ३ ओभरमा कुनै ब्याट्सम्यानले बनाएको दोश्रो धेरै रन हो। सबैभन्दा धेरै बिराट कोहलीले २०१६ मा गुजरात बिरुद्ध १४ बलमा ५७ रन बनाएका थिए।

जोफ्रा आर्चरले २ विकेट लिए

राजस्थानको बलिंगमा जोफ्रा आर्चर ( ४-०-३१-२ ), श्रेयस गोपाल ( ४-०-३०-२ ) ले समान २ विकेट लिए। कार्तिक त्यागि ( ४-०-४५-१ ) ले १ विकेट लिए। अंकित राजपुत ( ४-०-६०-० ) र राहुल तेवतिया ( ४-०-२५-० ) विकेटविहिन रहे।

१४ अंक सहित अंकतालिकाको शिर्षस्थानमा रहेको मुम्बईले आज जित हात पारे प्लेअफ पुग्ने पहिलो टिम हुनेछ। अंकतालिकामा पुछारमा रहेको राजस्थानको ८ अंक रहेको छ र आज जितेको खण्डमा प्ले-अफ सम्भावना जिवितै रहनेछ। प्लेअफ पुग्न राजस्थानलाई आज सहित बाँकी ३ वटै खेलमा जित आवस्यक रहेको छ।

यो पनि पढ्नुस :

गायकवाड चम्किदा, चेन्नाईसंग बैंगलोर सहजै पराजित

कोलकाता र पन्जाब प्ले-अफबाट कति नजिक

कोलकातासंग हार पछि रबाडाको चिन्ता





थप समाचार

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]

नेपालमा त्रिकोणात्मक सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा अर्को महिना आयोजना हुने त्रिकोणात्मक टी–२० आई सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा भएको छ। नेदरल्यान्ड्स […]

जय ट्रफी दुई दिवसीय क्रिकेट: आर्मीविरुद्ध मधेश फलो अनमा

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत पहिलो दिनको खेल समाप्त हुँदा विभागीय टोली त्रिभुवन आर्मी […]

जय ट्रफी दुई दिवसीय क्रिकेट : बागमतीविरुद्ध पुलिस ९५ रनले अघि

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले […]

महिला टाेलीले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय सिरिजको आयोजना गर्ने भएको छ। क्यानले शनिवार एक विज्ञप्ती […]