स्टोक्सले कीर्तिमानी शतक बनाउदा राजस्थानसंग मुम्बई स्तब्ध

युएईमा जारि १३ औं आईपीएल अन्तर्गत ४५ औं खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डीएन्सलाई ८ विकेटले पराजित गर्दै शानदार जित दर्ता गरेको छ।

शेख जायद स्टेडियममा सम्पन्न खेलमा मुम्बईले दिएको १९६ रनको लक्ष्य राजस्थानले १८.२ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गरेको हो। मुम्बई बिरुद्ध कुनै पनि टिमले पछ्याएको यो सबैभन्दा ठुलो योगफल हो।

राजस्थानको लागि ओपनर बेन स्टोक्सले अविजित शतक बनाए जुन क्रममा मात्र ६० बलमा १४ चौका र ३ छक्का प्रहार गर्दै १०७ रन बनाए। सन्जु स्यामसनले १३ औं अर्धशतक बनाउने क्रममा अविजित ५४ रन बनाए जुन क्रममा ३१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।

आईपीएल इतिहासमै लक्ष्य पछ्याउने क्रममा २ वटा शतक बनाउने स्टोक्स पहिलो ब्याट्सम्यान बनेका छन्। आईपीएलमा ४० औं खेल खेल्ने क्रममा स्टोक्सले २ शतक र १ अर्धशतक बनाएका छन्।

आईपीएल इतिहासमै लक्ष्य पछ्याउने क्रममा २ शतक बनाउने स्टोक्स पहिलो ब्याट्सम्यान बनेका छन्

ओपनर रोबिन उथप्पा १३ तथा कप्तान स्टिभ स्मिथ ११ रन बनाएर जेम्स प्याटीन्सनबाट आउट भएपछि तेश्रो विकेटको लागि स्टोक्स र स्यामसनले अविजित १५२ रनको साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याए।

मुम्बईको बलिंगमा जेम्स प्याटिन्सनले २ विकेट लिए जुन क्रममा ३.२ ओभरमा ४० रन खर्चिए। ट्रेन्ट बोल्ट, जस्प्रित बुम्राह, राहुल चाहर, क्रुनाल पान्ड्या र काइरन पोलार्ड विकेटविहिन रहे।

मुम्बईको ब्याटिंग , हार्दिकको विस्फोटक अर्धशतक 

यस अघि टस जितेर ब्याटिंग गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९५ रन बनाएको थियो।

मुम्बईको लागि हार्दिक पान्ड्याले विस्फोटक ब्याटिंग गर्दै मात्र २१ बलमा अविजित रहँदै ६० रन बनाए। यस क्रममा उनले ७ छक्का र २ चौका हिर्काए। उनले २० बलमा अर्धशतक पुरा गरे। पान्ड्याको आईपीएल करियरमा यो चौथो अर्धशतक हो। सुर्यकुमार यादबले ४०, इशान किशनले ३७ तथा सौरभ तिवारीले ३४ रन बनाए।

६ रन बनाएका ओपनर क्विन्टन डीककलाई पहिलो ओभरमा जोफ्रा आर्चरले बोल्ड गरेपछि दोश्रो विकेटको लागि अर्का ओपनर किशनले सुर्यकुमार यादवसंग ८३ रनको साझेदारी गरे।

११ औं ओभरमा किशनलाई कार्तिक त्यागिले आर्चरबाट क्याच आउट गराएपछि मुम्बईले लगातार विकेट गुमाउन पुग्यो। १३ औं ओभरमा यादवलाई क्याच आउट तथा र काइरन पोलार्डलाई बोल्ड गर्दै श्रेयस गोपालले राजस्थानलाई खेलमा फर्काए। ९०/१ को अवस्थाबाट पोलार्डको विकेट जाँदा मुम्बई १०१/४ को अवस्थामा पुग्यो।

त्यसपछि सौरभ तिवारी र हार्दिक पान्ड्याले इनिंग अघि बढाए। १७ औं ओभरमा जोफ्रा आर्चरको ओभरमा तिवारीले १ छक्का र २ चौका प्रहार गरे भने १८ औं ओभरमा अंकित राजपुतलाई हार्दिक पान्ड्याले अन्तिम-३ बलमा लगातार ३ छक्का सहित कुल ४ छक्का प्रहार गरे। मात्र ३१ बलमा ६४ रनको साझेदारी गरेपछि १९ औं ओभरमा आर्चरले तिवारीलाई क्याच आउट गराउदै साझेदारी तोडे।

त्यसपछि पनि हार्दिक रोकिएनन् र कार्तिक त्यागिले गरेको अन्तिम ओभरमा ३ छक्का र २ चौका प्रहार गरे।अन्तिम ५ ओभरमा मुम्बईले मात्र १ विकेट गुमाएर ७९ रन बनाउदै विशाल योगफल तयार गर्यो।

अन्तिम ३ ओभरमा हार्दिकले १२ बल सामना गर्दा ५२ रन प्रहार गरे जुन आईपीएल इतिहासमै अन्तिम ३ ओभरमा कुनै ब्याट्सम्यानले बनाएको दोश्रो धेरै रन हो। सबैभन्दा धेरै बिराट कोहलीले २०१६ मा गुजरात बिरुद्ध १४ बलमा ५७ रन बनाएका थिए।

राजस्थानको बलिंगमा जोफ्रा आर्चर ( ४-०-३१-२ ), श्रेयस गोपाल ( ४-०-३०-२ ) ले समान २ विकेट लिए। कार्तिक त्यागि ( ४-०-४५-१ ) ले १ विकेट लिए। अंकित राजपुत ( ४-०-६०-० ) र राहुल तेवतिया ( ४-०-२५-० ) विकेटविहिन रहे।

अंकतालिका, प्लेअफ सम्भावना र आगामी खेल 

जितपछि राजस्थानको १२ खेलमा ५ जित र ७ हार बेहोर्दै १० अंक पुगेको छ र अंकतालिकामा पुछारबाट छैठौं स्थानमा पुगेको छ। राजस्थानले प्लेअफ पुग्न बाँकी २ खेलमा ठुलो अन्तरको जित दर्ता गर्नुपर्नेछ भने कोलकाता, पन्जाब र हैदरावाद बढीमा १४ अंकमा रोकिनुपर्छ। सो भएको खण्डमा अंक बराबरी भएता पनि नेट रन रेटमा सम्भावना रहन्छ।

हार पछि पनि मुम्बई अंकतालिकामा ११ खेलमा ७ जित र ४ हार बेहोर्दै १४ अंकका साथ शिर्ष स्थानमा यथावत रहेको छ। समान अंक तथा जित र हारका बाबजुद दिल्ली र बैंगलोर नेट रन रेटमा पछि पर्दै दोश्रो र तेश्रो स्थानमा रहेका छन्। मुम्बई प्लेअफ पुग्न एउटा जित मात्र आवस्यक रहेको छ भने २ वटा जितले शिर्ष-२ स्थान पक्का गर्नेछ।

राजस्थानको जितपछि अधिकारिक रुपमा चेन्नाई भने अधिकारिक रुपमा दोश्रो चरण पुग्न असफल भएको छ। लिग इतिहासमै चेन्नाई पहिलो चरणबाट बाहिर भएको यो पहिलो पटक हो।

राजस्थानले आगामी खेल पन्जाब बिरुद्ध शुक्रबार तथा मुम्बईले बुधबार बैंगलोर बिरुद्ध खेल्ने तालिका रहेको छ। सोमबारको खेलमा कोलकाता र पन्जाबले प्रतिस्पर्धा गर्नेछन्।

गायकवाड चम्किदा, चेन्नाईसंग बैंगलोर सहजै पराजित

कोलकाता र पन्जाब प्ले-अफबाट कति नजिक

कोलकातासंग हार पछि रबाडाको चिन्ता

धवनले बताए रिकी पोन्टिङसंग भएको संवादले कसरि उनलाई सहयोग गर्यो





थप समाचार

यु १९ एसिया कप खेलतालिका सार्वजनिक

काठमाडौं । एसियान क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा यु १९ एसिया कपको खेल तालिका सार्वजनिक भएको छ । पहिलो खेलमा […]

एनपीएल : गुर्खाजले भित्र्यायो इंग्ल्यान्डका अलराउण्डर ड्यान डौथवेट

काठमाडौँ, नेपाल – काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्सको प्रमुख क्रिकेट फ्रेन्चाइज काठमाडौँ गुर्खाजले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ का लागि […]

अस्ट्रेलियामाथि पाकिस्तानको जित

काठमाडौं । घरेलु टोली अस्ट्रेलियाले पाकिस्तानसँगको दोस्रो ओडिआईमा शुक्रवार ९ विकेटले पराजित भएको छ । ३ खेलको ओडिआई सिरिजमा पाहुना […]

ओमानले युएईलाई हरायो

काठमाडौं । ओमानले विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजमा युएईलाई पराजित गरेको छ । बिहीवार भएको खेलमा ओमानले युएईमाथि […]

विश्वकप एसिया छनोटमा नेपालको लगातार दोस्रो जित

नेपालले आइसिसी यु-१९ महिला विश्वकपको एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ । युएईमा जारी छनोटमा बिहीवार नेपालले कुवेतलाई […]

नेपाल र कुवेत खेल्दै

काठमाडौं । युएईमा जारी महिला यु-१९ टि-ट्वान्टी विश्वकपको एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले कुवेतको सामना गर्दैछ । नेपाल र […]