राजस्थान बिरुद्ध मुम्बईले पहिले ब्याटिंग रोज्यो, आज पनि रोहित नखेल्ने

आईपीएल २०२० अन्तर्गत आइतबारको दोश्रो खेलमा राजस्थान रोयल्स र मुम्बई इन्डीएन्सले प्रतिस्पर्धा गर्दैछन्। खेल शेख जायद स्टेडियम अबुधाबीमा ७:४५ बजे सुरु हुनेछ। दिनको पहिलो खेलमा चेन्नाईले बैंगलोरलाई ८ विकेटले पराजित गर्यो। 

टस जितेर मुम्बईले ब्याटिंग रोज्यो 

खेलमा टस जितेर मुम्बई इन्डीएन्सका अस्थायी कप्तान काइरन पोलार्डले ब्याटिंग गर्ने निर्णय लिएका छन्। लगातार दोश्रो खेलमा घाइते रोहित शर्माको स्थानमा काइरन पोलार्डले टिमको कप्तानी गरिरहेका छन्। पोलार्डले अघिल्लो खेलमा टिमको नेतृत्व गर्दै लगातार १५ औं जित दिलाएका थिए।

टसको क्रममा पोलार्डले आफ्नो टिमले पहिले ब्याटिंग गर्दै राम्रो गरेको बताए। उनले मैदानहरुमा भएको शितले खेलमा धेरै फरक पारेको बताउदै शेख जायद मैदानमा कम शित भएको बताए।

मुम्बईले टिममा एउटा परिवर्तन गरेको छ। नाथन कौल्टर नाइलको स्थानमा जेम्स प्याटीनसले पुनः मौका पाएका छन्।

मुम्बईको अन्तिम ११ : क्विन्टन डिकक,इशान किशन, सुर्यकुमार यादव,सौरभ तिवारी, हार्दिक पाण्ड्या, क्रुनल पाण्ड्या, कायरन पोलार्ड, जेम्स प्याटीन्सन , ट्रेन्ट बोल्ट, राहुल चहार, जस्प्रित बुम्राह

राजस्थानले अन्तिम-११ मा कुनै परिवर्तन गरेको छैन। टसको क्रममा राजस्थान कप्तान स्टिभ स्मिथले अन्तिम खेल निराशाजनक रहेको बताउदै बाँकी सबै ३ खेल जित्ने बाहेक अरु बिकल्प नरहेको बताए।

राजस्थानको अन्तिम ११ : रोबिन उथप्पा, बेन स्टोक्स, सन्जु स्याम्सन, जोस बट्लर, स्टिभ स्मिथ, रियान पराग, राहुल तेवतिया, जोफ्रा आर्चर, श्रेयस गोपाल, अंकित राजपुत, कार्तिक त्यागी

अंकतालिका र प्ले-अफ सम्भावना

१४ अंक सहित अंकतालिकाको शिर्षस्थानमा रहेको मुम्बईले आज जित हात पारे प्लेअफ पुग्ने पहिलो टिम हुनेछ। अंकतालिकामा पुछारमा रहेको राजस्थानको ८ अंक रहेको छ र आज जितेको खण्डमा प्ले-अफ सम्भावना जिवितै रहनेछ। प्लेअफ पुग्न राजस्थानलाई आज सहित बाँकी ३ वटै खेलमा जित आवस्यक रहेको छ।

पछिल्लो भेट : दुवै टिम बीच अघिल्लो भेटमा मुम्बईले राजस्थानलाई ५७ रनले पराजित गरेको थियो। मुम्बईले दिएको १९४ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले १३६ रन मात्र बनाउन सकेको थियो। मुम्बईका सूर्यकुमार यादबले ७९ रन बनाएका थिए भने बलिंगमा जस्प्रित बुम्राहले ४ विकेट लिएका थिए।

गायकवाड चम्किदा, चेन्नाईसंग बैंगलोर सहजै पराजित

IPL : कोलकाता र पन्जाब प्ले-अफबाट कति नजिक

कोलकातासंग हार पछि रबाडाको चिन्ता

पान्ड्या दाजु-भाईलाई दिए धोनीले आफ्नो जर्सी

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy