शामीको शानदार बलिंग, पन्जाबलाई कोलकाताको मध्यम लक्ष्य

आईपीएल २०२० अन्तर्गत ४६ औं खेलमा कोलकाता नाइट राइडर्स र किंग्स-११ पन्जाब बीच प्रतिस्पर्धा भैरहेको छ।

शारजाह स्टेडियममा टस हारेर ब्याटिंग गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १४९ रन बनाएर १५० रनको लक्ष्य प्रस्तुत गरेको छ।

कोलकाताको लागि ओपनर शुबमन गिलले सर्वाधिक ५७ रन बनाए जुन क्रममा ४५ बलमा ४ चौका र ४ छक्का हिर्काए। आईपीएल करियरमा गिलको यो सातौँ अर्धशतक हो। कप्तान ओएन मोर्गनले २५ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४० रन बनाए। लकी फर्गुसनले १३ बलमा ३ चौका र १ छक्का मद्दतले अविजित २४ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

शुबमन गिलले सर्वाधिक ५७ रन बनाए

कोलकाताको सुरुवात अत्यन्त कमजोर रह्यो। पहिलो ओभरमा ग्लेन म्याक्सवेलले नितिश रानालाई खाता नखोल्दै क्याच आउट गराए। लगत्तै ओभरमा मोहम्मद शामीले राहुल त्रिपाठी ( ७ रन ) र दिनेश कार्तिक ( ० ) लाई विकेटकिपर केएल राहुलबाट क्याच आउट गराए।

१०/३ को अवस्थाबाट गिलले कप्तान मोर्गनसंग ८२ रनको साझेदारी गरे।  दशौँ ओभरमा मोर्गनलाई रभी बिस्नोइले क्याच आउट गराउदै पन्जाबलाई खेलमा फर्काए। त्यसपछि पुनः कोलकाताले लगातार विकेट गुमाउन पुग्यो। अघिल्लो खेलमा अर्धशतक बनाएका सुनिल नारायणलाई ६ रनको स्कोरमा क्रिस जोर्डनले बोल्ड गरे। त्यसपछि कमलेश नगरकोटी ( ६ रन ) र प्याट कमिन्सलाई ( १ रन )  मुरुगन आश्विन र बिस्नोइले पेभेलियन फर्काउदै पन्जाबलाई हावी गराए।

९१/३ को अवस्थाबाट कोलकाता ११४/७ को नाजुक अवस्थामा पुग्यो। त्यसपछि गिलले लकी फर्गुसनसंग २२ रनको साझेदारी गरे। १९ औं ओभरमा गिललाई शामीले बोल्ड गरे। अन्तिममा फर्गुसनले केहि आक्रामक सटहरु खेल्दै टिमको योगफल १५० नजिक पुर्याए। अन्तिम ओभरमा क्रिस जोर्डनले मात्र ५ रन खर्चेर १ विकेट लिंदा कोलकाताले १४९ रन मात्र बनाउन सक्यो।

पन्जाबको बलिंगमा मोहम्मद शामीले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३५ रन खर्चिए। क्रिस जोर्डन ( ४-०-२५-२ ) र रभी बिन्सोइले २ विकेट ( ४-१-२०-२ ) लिए भने मुरुगन आश्विन ( ४-०-२७-१ ) र ग्लेन म्याक्सवेलले ( २-०-२१-१ ) समान १ विकेट लिए।

प्ले-अफ सम्भावना

कोलकाता ११ खेलमा ६ जित र ५ हार पछि १२ अंक सहित अंकतालिकाको चौथो स्थानमा रहेको छ भने पन्जाब ११ खेलमा ५ जित र ६ हार पछि १० अंक सहित पाँचौ स्थानमा रहेको छ।

प्ले-अफ पुग्नको लागि दुवै टिमको लागि आजको जित अत्यन्त महत्वपूर्ण रहेको छ। कोलकाताले ३ खेल खेल्न बाँकी रहेको अवस्थामा सबै खेल जित्दै १८ अंक बटुल्न सकेमा प्ले-अफ तथा शिर्ष-२ मा स्थान बनाउन सक्छ। यस्तै ३ मध्ये २ खेलमा मात्र जित दर्ता गरे पनि कोलकाता प्ले-अफ पुग्नेछ। त्यसैले आजको खेलमा पन्जाबलाई पराजित गर्न सके यस पछि कोलकाताको खेल राजस्थान र चेन्नाईसंग रहने हुँदा कोलकातालाई आजको जितले धेरै सहज बनाउनेछ।

पन्जाबको लागि पनि आजको जित अत्यन्त महत्वपूर्ण रहन्छ। आज जितेको खण्डमा पन्जाब अंकतालिकामा चौथो स्थानमा उक्लनेछ। आज सहित बाँकी ३ वटै खेल जितेमा पन्जाब प्लेअफ पुग्ने पक्का हुनेछ। आज पराजित भएमा पन्जाबको प्लेअफ यात्रा मुस्किल हुनेछ। यस पन्जाबले दुइ खेल राजस्थान र चेन्नाईसंग जिते पनि आज हारेको खण्डमा यात्रा मुस्किल बन्नेछ।

स्टोक्सको झुकेको माझी औंला पछाडी लुकेको पिताको शाहसको कथा

कोलकातासंग हार पछि रबाडाको चिन्ता

पान्ड्या दाजु-भाईलाई दिए धोनीले आफ्नो जर्सी

आईसीसीले राख्यो नेपालको क्रिकेट खेल्दै गरेको मनमोहक तस्विर





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]