लगातार पाँचौ जित पछि पन्जाब चौथो स्थानमा उक्लियो, कोलकाता सहजै पराजित

२०७७ कार्तिक १०, सोमबार २३:१३

आईपीएल २०२० अन्तर्गत ४६ औं खेलमा कोलकाता नाइट राइडर्सलाई किंग्स-११ पन्जाबले ८ विकेटले सहजै पराजित गर्दै प्ले-अफ सम्भावना कायमै राखेको छ।

शारजाह स्टेडियममा सम्पन्न खेलमा कोलकाताले दिएको १५० रनको लक्ष्य पन्जाबले मात्र २ विकेट गुमाएर १८.५ ओभरमा पुरा गर्यो।

पन्जाबलाई लक्ष्यसम्म सहजै पुर्याउन मन्दिप सिंह र क्रिस गेलले अर्धशतक बनाए। सिंहले ५६ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै अविजित ६६ रन बनाए। गेलले २९ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ५१ रन बनाए। १०१ औं खेल खेल्ने क्रममा सिंहको यो पाँचौ तथा १२९ औं खेल खेल्ने क्रममा गेलको २९ औं अर्धशतक हो। कप्तान केएल राहुलले २८ रन बनाए।

गेल र सिंहले शतकीय साझेदारी गरे

केएल राहुल र मन्दिप सिंहले ४७ रनको ओपनिंग साझेदारी गरेका थिए। आठौँ ओभरमा राहुललाई वरुण चक्रवर्तीले एलबिडब्लु आउट गरेका थिए। दोश्रो विकेटको लागि सिंहले गेलसंग शतकीय साझेदारी गर्दै टिमलाई जित नजिक पुर्याए। जित्न मात्र ३ रन आवस्यक हुँदा १९ औं ओभरमा लकी फर्गुसनले क्याच आउट गराए।

कोलकाताको बलिंगमा वरुण चक्रवर्ती ( ४-०-३४-१ ) र लकी फर्गुसनले ( ३.५-०-३२-१ ) ले समान १ विकेट लिए।

पन्जाबको ब्याटिंग 

यस अघि टस हारेर ब्याटिंग गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १४९ रन बनाएको थियो।

कोलकाताको लागि ओपनर शुबमन गिलले सर्वाधिक ५७ रन बनाए जुन क्रममा ४५ बलमा ४ चौका र ४ छक्का हिर्काए। आईपीएल करियरमा गिलको यो सातौँ अर्धशतक हो। कप्तान ओएन मोर्गनले २५ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४० रन तथा लकी फर्गुसनले १३ बलमा ३ चौका र १ छक्का मद्दतले अविजित २४ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

कोलकाताको सुरुवात अत्यन्त कमजोर रह्यो। पहिलो ओभरमा ग्लेन म्याक्सवेलले नितिश रानालाई खाता नखोल्दै क्याच आउट गराए। लगत्तै ओभरमा मोहम्मद शामीले राहुल त्रिपाठी ( ७ रन ) र दिनेश कार्तिक ( ० ) लाई विकेटकिपर केएल राहुलबाट क्याच आउट गराए।

मोहम्मद शामीले सर्वाधिक ३ विकेट लिए

१०/३ को अवस्थाबाट गिलले कप्तान मोर्गनसंग ८२ रनको साझेदारी गरे। दशौँ ओभरमा मोर्गनलाई रभी बिस्नोइले क्याच आउट गराउदै पन्जाबलाई खेलमा फर्काए। त्यसपछि पुनः कोलकाताले लगातार विकेट गुमाउन पुग्यो। अघिल्लो खेलमा अर्धशतक बनाएका सुनिल नारायणलाई ६ रनको स्कोरमा क्रिस जोर्डनले बोल्ड गरे। त्यसपछि कमलेश नगरकोटी ( ६ रन ) र प्याट कमिन्सलाई ( १ रन ) मुरुगन आश्विन र बिस्नोइले पेभेलियन फर्काउदै पन्जाबलाई हावी गराए।

त्यसपछि गिलले लकी फर्गुसनसंग २२ रनको साझेदारी गरे। १९ औं ओभरमा गिललाई शामीले बोल्ड गरे। अन्तिममा फर्गुसनले केहि आक्रामक सटहरु खेल्दै टिमको योगफल १५० नजिक पुर्याए।

पन्जाबको बलिंगमा मोहम्मद शामीले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३५ रन खर्चिए। क्रिस जोर्डन ( ४-०-२५-२ ) र रभी बिन्सोइले २ विकेट ( ४-१-२०-२ ) लिए भने मुरुगन आश्विन ( ४-०-२७-१ ) र ग्लेन म्याक्सवेलले ( २-०-२१-१ ) समान १ विकेट लिए।

अंकतालिका र आगामी खेल 

जितपछि कोलकातालाई पछि पार्दै पन्जाब अंकतालिकाको चौथो स्थानमा उक्लेको छ। पन्जाबको १२ खेलमा ६ जित र ६ हारपछि १२ अंक रहेको छ। १२ अंकनै रहेको कोलकाता नेट रन रेटमा पछि पर्दै पाँचौ स्थानमा पुगेको छ। १२ खेलमा १० अंक सहित राजस्थान छैठौं स्थानमा तथा ११ खेलमा ८ अंक सहित हैदरावाद सातौँ स्थानमा रहेको छ।

अब पन्जाबले बाँकि २ खेल राजस्थान र चेन्नाईसंग खेल्ने तालिका रहेको छ। दुवै खेल जिते पन्जाब प्ले-अफ छनौट हुनेछ। कोलकाताले पनि आगामी २ खेल चेन्नाई र राजस्थानसंगनै खेल्नेछ। कोलकाताले पनि प्लेअफ सुनिस्चित गर्न दुवै खेलमा जित दर्ता गर्नुपर्नेछ भने पन्जाबले कम्तिमा १ खेलमा हार्नुपर्नेछ। हैदरावादले पनि ३ खेल खेल्न बाँकी रहेकोले अब सबै ३ खेलमा हैदरावाद विजयी भएको खण्डमा सम्भावना जिवितै रहेको छ।

लिग अन्तर्गत पन्जाबले आगामी खेल शुक्रबार राजस्थान बिरुद्ध तथा कोलकाताले आगामी खेल चेन्नाई बिरुद्ध खेल्ने तालिका रहेको छ।

मंगलबारको खेलमा हैदरावाद र दिल्ली क्यापिटल्सले प्रतिस्पर्धा गर्नेछन्। खेलमा दिल्ली विजयी भए प्ले-अफ छनौट हुनेछ भने हैदरावाद प्लेअफ रेसबाट बाहिरिनेछ। चेन्नाई मात्र हालसम्म प्ले-अफ पुग्न असफल एक मात्र टिम रहेको छ।

अस्ट्रेलिया टुरको लागि भारतीय टिमको घोषणा, रोहित छैनन्, राहुलको टेस्ट टिममा पुनरागमन

स्टोक्सको झुकेको माझी औंला पछाडी लुकेको पिताको शाहसको कथा

कोलकातासंग हार पछि रबाडाको चिन्ता

आईसीसीले राख्यो नेपालको क्रिकेट खेल्दै गरेको मनमोहक तस्विर

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy