रुतुराज गायकवाडको शतक वावजुद चेन्नाई सुपर किंग्सलाई राजस्थान रोयल्सले ७ विकेटले पराजित गरेको छ।
युएईमा जारि आईपीएलको ४७ औं खेलमा चेन्नाईले दिएको १९० रनको लक्ष्य राजस्थानले ३ विकेट क्षेतीमा १७.३ ओभरमा भेटायो। लिग इतिहासमै राजस्थानले चेन्नाई बिरुद्ध पछ्याएको यो नै सर्वाधिक लक्ष्य हो।
राजस्थानको लागि शिभम दुबेले सर्वाधिक ६४ रन बनाए जुन क्रममा अविजित रहँदै ४२ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। यशस्वी जैसवालले २१ बलमा ६ चौका र ३ छक्का मद्दतले ५० रन तथा इभिन लुइसले १२ बलमा २ चौका र २ छक्का मद्दतले २७ रन बनाए। ग्लेन फिलिप्सले अविजित १४ रन बनाए।
लक्ष्य पछ्याउने क्रममा राजस्थान ओपनर इभिन लुइस र यशस्वी जैसवालले ७७ रनको साझेदारी गरे। लुइस र जैसवाल छैठौं सातौँ ओभरमा आउट भए। मात्र २१ बलमा अर्धशतक बनाएका जैसवाललाई केएम आसिफले क्याच आउट गराए। पावरप्लेको ६ ओभरमा राजस्थानले लिग इतिहासकै आफ्नो सर्वाधिक ८१ रन बनायो। त्यसपछि स्यामसन र दुवेले ८९ रनको साझेदारी गर्दै जितको दिशा दिए। १६ औं ओभरमा स्यामसनलाई शार्दुल ठाकुरले क्याच आउट गरेता पनि टिम जित नजिक पुगीसकेको थियो। ग्लेन फिलिप्सले आक्रामक सट खेल्दै जितसम्म पुर्याए।
चेन्नाईको बलिंगमा शार्दुल ठाकुरले २ ( ४-०-३०-२ ) तथा केएम आसिफले १ विकेट लिए।
यस अघि टस हारेर बलिंग गरेको चेन्नाईले निर्धारित २० ओभरमा ४ विकेट क्षेतीमा १८९ रन बनाएको थियो।
चेन्नाईको लागि ओपनर रुतुराजले लिग करियरको पहिलो शतक बनाउने क्रममा अविजित १०१ रन बनाए जुन क्रममा ६० बलमा ९ चौका र ५ छक्का प्रहार गरे। यस्तै रभीन्द्र जडेजाले १५ बलमा ४ चौका र १ छक्का मद्दतले ३२ रन, फाफ डु प्लेसिसले २५ रन तथा मोईन अलिले २१ रन बनाए।
गायकवाडले डु प्लेसिससंग ४७ रनको ओपनिंग साझेदारी गरे भने तेश्रो विकेटको लागि ५७ रनको तथा पाँचौ विकेटको लागि जडेजासंग ५५ रनको साझेदारी गरे। अन्तिम ५ ओभरमा चेन्नाईले ७३ रन बनायो।
१२ खेलमा पाँचौ जित दर्ता गर्दै १० अंक बटुल्दै राजस्थान रोयल्स अंकतालिकाको छैठौं स्थानमा उक्लेको छ। समान १० अंक रहेको कोलकाता र पन्जाब नेट रन रेटमा अघि रहँदै चौंथो र पाँचौ स्थानमा छ भने मुम्बई सातौँ स्थानमा छ। १२ खेलमा ९ जित र ३ हार पछि १८ अंक सहित चेन्नाई लिगको शिर्ष स्थानमा यथावत छ। समान अंक रहेको दिल्ली नेट रन रेटमा पछि रहँदै दोश्रो स्थानमा छ। दिल्लीले आजै सम्पन्न खेलमा मुम्बईलाई पराजित गरेको थियो।