हैदरावाद बिरुद्ध दिल्लीले टस जितेर फिल्डिंग रोज्यो, यस्तो छ दुवै टिमको अन्तिम-११

युएईमा जारि आईपीएल २०२० अन्तर्गत ४७ औं खेलमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद प्रतिस्पर्धा गर्दैछन्। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा हुने खेल नेपाली समय ७:४५ बजेबाट सुरु हुँदैछ।

टस जितेर दिल्लीले फिल्डिंग रोज्यो 

खेलमा दिल्ली कप्तान श्रेयस ऐयरले टस जितेर फिल्डिंग रोज्दै हैदरावादलाई ब्याटिंगको निम्तो दिएका छन्। ऐयरले विकेट सुक्खा रहेको र पछि शित आउने हुँदा दोश्रो ब्याटिंग गर्ने निर्णय लिएको बताए। उनले टिमको लक्ष्य प्लेअफ पुग्ने भन्दा टप-२ मा पर्ने र खेलाडीहरुमा त्यसको लागि आत्मविश्वास रहेको बताएका छन्। उनले पछिल्लो २ खेलको खराब प्रदर्शन पछि टिमले प्रदर्शन बारे बहस गरेको बताए। अन्तिम-११ मा दिल्लीले कुनै पनि परिवर्तन गरेको छैन।

दिल्लीको अन्तिम ११ : शिखर धवन, अजिंके रहाने, श्रेयस ऐयर ( कप्तान ) , रिशभ पन्त ( विकेटकिपर ) , शिमरन हेटमायर, मार्कस स्टोइनिस, अक्षर पटेल, रभीचन्द्रन आश्विन, कागीसो रबाडा, एनरिक नोर्किया, तुषार देशपाण्डे

हैदरावाद कप्तान डेभिड वार्नरले टस जितेको भए ब्याटिंगनै रोज्ने सोचेको बताए। उनले पछिल्लो खेलमा नाटकीय रुपमा विकेट पतन हुनु दुखद भएको बताए।

हैदरावादले टिममा ३ वटा परिवर्तन गरेको छ। केन विलियमसनले टिममा पुनरागमन गरेका छन् भने विकेटकिपर ब्याट्सम्यान रिद्दिमान शाह र र शाहबाज नदीमले पनि अन्तिम-११ मा मौका पाएका छन्। जोनी बेयरस्टो, प्रियम गर्ग र खलिल एहमदलाई बाहिर राखिएको छ।

हैदरावादको सम्भावित ११ : डेभिड वार्नर ( कप्तान ) , केन विलियमसन , मनिष पाण्डे, विजय शंकर, जेसन होल्डर, रिद्दिमान शाह , अब्दुल समद, शाहबाज नदीम, राशिद खान, सन्दिप शर्मा, टि. नटराजन

दिल्ली अंकतालिकामा ११ खेलमा १४ अंक सहित दोश्रो स्थानमा रहेको छ भने हैदरावाद समान खेलमा ८ अंक सहित सातौं स्थानमा रहेको छ। आज जिते दिल्लीले प्लेअफमा स्थान पक्का गर्नेछ भने हैदरावादले आज सहित ३ वटै खेल जिते मात्र सम्भावना रहन्छ।

यो पनि पढ्नुस : 

IPL : दिल्लीको प्ले-अफ यात्रामा हैदरावाद बन्ला बाधा ?

IPL : पन्जाब प्ले-अफको कति नजिक ? कुन टिमको प्ले-अफ समीकरण के छ

चेन्नाई सीईओको ठूलो घोषणा : धोनीलेनै आईपीएल २०२१ मा चेन्नाईको नेतृत्व गर्ने

“कोहि पनि हार्न चाहदैन तर सबै विजेता हुँदैनन्”  चेन्नाईलाई समर्पित गर्दै धोनी पत्नी साक्षीको कविता

‘रोहित किन टिममा छैनन्, भारतीय फ्यानलाई जान्ने हक छ’ गावस्कर

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy