मुम्बईद्वारा बैंगलोरलाई ब्याटिंगको निम्तो, स्टेनलाई मौका दिंदै बैंगलोरमा ३ वटा परिवर्तन

युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत बुधवार ४८ औं खेलमा रोहित शर्मा कप्तानीको मुम्बई इण्डियन्स र बिराट कोहली कप्तानीको रोयल च्यालेंजर्स बैंगलोर बीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समय अनुसार रातिको ७:४५ बजे आबु धाबी स्थित शेख जायद स्टेडियममा सुरु हुनेछ।

टस जितेर मुम्बईले फिल्डिंग रोज्यो 

टस जितेर मुम्बई इन्डीएन्सले फिल्डिंग गर्ने निर्णय लिएको छ। आजको खेलमा पनि अनफिट रोहित शर्माको स्थानमा काइरन पोलार्डले मुम्बईको कप्तानी गर्नेछन्।

टसको क्रममा पोलार्डले नतिजा भन्दा आफुले राम्रो खेल्नु पर्ने बताउदै लक्ष्य पछ्याउन टिम सक्षम रहेको बताए। मुम्बईले अन्तिम-११ मा कुनै पनि परिवर्तन गरेको छैन।

मुम्बईको अन्तिम ११ : क्विन्टन डीकक ( विकेटकिपर ), सुर्यकुमार यादव, इशान किशन, सौरभ तिवारी,कायरन पोलार्ड ( कप्तान ), हार्दिक पान्ड्या, क्रुनाल पान्ड्या, जेम्स प्याटिन्सन, राहुल चाहर, ट्रेन्ट बोल्ट, जस्प्रित बुम्राह

बैंगलोर कप्तान बिराट कोहलीले पहिले ब्याटिंग गर्न पाउदा खुसि व्यक्त गरे। टिममा बैंगलोरले ३ वटा परिवर्तन गरेको छ। नभदिप सैनी घाइते भएपछि उनि आज खेल्नेछैनन्। यस्तै आरोन फिन्च र मोइन अलिलाई बाहिर राखिएको छ जसको स्थानमा शिभम दुबे, जोश फिलिप्पे र डेल स्टेनले मौका पाएका छन्।

बैंगलोरको अन्तिम ११ :- जोश फिलिप्पे ( विकेटकिपर ) , देभदत्त पाडिक्कल, बिराट कोहली ( कप्तान ), एबि डि भिल्लियर्स, गुर्किरत सिंह, शिभम दुबे, क्रिस मोरिस, वासिङ्टन सुन्दर,  युजभेन्द्र चहल, डेल स्टेन, मोहम्मद सिराज

दुबै टोलि समान ११ खेलमा समान १४ अंकसहित नेट रन रेटको आधारमा तालिकाको शिर्ष (मुम्बई इण्डियन्स) र दोस्रो स्थानमा (रोयल च्यालेंजर्स बैंगलोर) छन्। आज जित हात पार्दै दुबै टोलिलाई प्ले-अफका लागि छनोट हुनुको साथै अंकतालिकाको शिर्ष स्थानमा उक्लने मौका छ। दुबै टोलि बाँकी ३ खेलमा जित निकाल्दै शिर्ष-२ स्थान सुरक्षित गर्न चाहन्छन्।

IPL : डीआरएस नलिन प्रोत्साहित गरेपछि अम्पायर चौधरी विवादमा

हैदरावाद कप्तान वार्नरले आईपीएलमा पहिलो पटक गरे बलिंग , हेर्नुस भिडियो

आईपीएलपछि भारतको अस्ट्रेलिया भ्रमणको खेल तालिका सार्वजनिक

हैदरावादसंग विशाल हार तथा लगातार तेश्रो हारपछि दिल्ली कप्तान ऐयरले के भने

राशिदको सिजनकै सबैभन्दा किफायती बलिंग, हैदरावादसंग दिल्ली विशाल अन्तरले पराजित

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy