आईपीएल २०२० अन्तर्गत ४९ औं खेलमा महेन्द्र सिंह धोनी कप्तानीको चेन्नाई सुपर किंग्स र ओएन मोर्गन कप्तानीको कोलकाता नाइट राइडर्सले प्रतिस्पर्धा गरिरहेका छन्।
दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिंग गरेको कोलकाताले २० ओभरमा ५ विकेट गुमाएर १७२ रन बनाउदै चेन्नाईलाई १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कोलकाताको लागि ओपनर नितिश रानाले सर्वाधिक ८७ रन बनाए जुन क्रममा ६१ बलमा १० चौका र ४ छक्का हिर्काए। रानाको यो आईपीएलमा सर्वाधिक व्यक्तिगत स्कोर हो। यस अघि उनले गत सिजन बैंगलोर बिरुद्ध बनाएको अविजित ८५ रन सर्वाधिक थियो।
दिनेश कार्तिकले , शुबमन गिलले २६ रन, दिनेश कार्तिकले अविजित २१ रन , ओएन मोर्गनले १५ तथा रिंकु सिंहले ११ रन बनाए।
पहिलो विकेटको लागि रानाले शुबमन गिलसंग ५३ रनको साझेदारी गरेका थिए। आठौँ ओभरमा लेग स्पिनर कर्न शर्माले गिललाई बोल्ड गर्दै साझेदारी तोडे। त्यसपछि सुनिल नारायण ७ रन, रिंकु सिंह ११ रन बनाएर आउट भए। चौथो विकेटको रुपमा रानाले कप्तान मोर्गनसंग ४४ रन जोडे। १८ औं ओभरमा रानालाई लुंगी एन गिडीले स्याम करनबाट क्याच आउट गराए। पाँचौ विकेटको लागि मोर्गनले दिनेश कार्तिकसंग ३० रनको साझेदारी गरे। २० औं ओभरमा एनगीडीले मोर्गनलाई क्याच आउट गराए।
चेन्नाईको बलिंगमा लुंगी एनगीडीले सर्वाधिक २ विकेट लिए जुन क्रममा ४ ओभरमा ३४ रन खर्चिए। कर्न शर्मा ( ४-०-३५-१ ), रभिन्द्र जडेजा ( ३-०-२०-१ ) , र मिचेल स्यान्टनरले ( ३-०-३०-१ ) ले समान १ विकेट लिए।
अंकतालिका र कोलकाताको प्ले-अफ सम्भावना
अंकतालिकाको पुछारमा रहेको चेन्नाई प्ले-अफ पुग्न असफल भैसकेको छ जसले १२ खेलमा मात्र ४ जित दर्ता गर्न सकेको छ। अर्कोतर्फ कोलकाता १२ खेलमा ६ जित सहित १२ अंक बटुलेको कोकता पाँचौ स्थानमा रहेको छ।
कोलकातालाई प्लेअफ पुग्न २ वटा खेलमा जित आवस्यक रहेको छ। १६ अंक प्राप्त गरेको खण्डमा १० अंक रहेको हैदरावाद र राजस्थानले कोलकातालाई भेट्ने सम्भावना रहँदैन। त्यो अवस्थामा नेट रन रेटमा प्ले-अफको निर्णय हुनसक्छ। २ मध्ये एउटा खेलमा जितेको खण्डमा पनि कोलकाताको सम्भावना रहन्छ तर त्यसको लागि अन्य टिमको नतिजाहरु कोलकाताको पक्षमा जानुपर्नेछ।
भनाभन भएपछि मोरिस र पान्ड्यालाई चेतावनी
कोहलीको विकेट लिंदै बुम्राहले बनाए नयाँ कीर्तिमान
यादव र बुम्राह चम्किदा मुम्बईद्वारा बैंगलोर ५ विकेटले पराजित
आईपीएलपछि भारतको अस्ट्रेलिया भ्रमणको खेल तालिका सार्वजनिक