चेन्नाईद्वारा कोलकातालाई ब्याटिंगको निम्तो, अन्तिम-११ मा को-को छन्

२०७७ कार्तिक १३, बिहीबार १९:२५

आईपीएल २०२० अन्तर्गत ४९ औं खेलमा महेन्द्र सिंह धोनी कप्तानीको चेन्नाई सुपर किंग्स र ओएन मोर्गन कप्तानीको कोलकाता नाइट राइडर्सले प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली समय ७:४५ बजे दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सुरु हुनेछ।

खेलमा चेन्नाई कप्तान महेन्द्र सिंह धोनीले टस जितेर फिल्डिंग गर्ने निर्णय लिएका छन्। दोश्रो इनिंगमा शित हुने हुँदा दोश्रो ब्याटिंग गर्न सहज हुनाले यस्तो निर्णय लिएको धोनीले बताए।

खेलमा चेन्नाईले अन्तिम-११ मा २ वटा परिवर्तन गरेको छ। फाफ डु प्लेसी र इमरान ताहिरलाई बाहिर राखिएको छ भने शेन वाटसन र लुंगी एनगीडीलाई मौका दिईएको छ। दक्षिण अफ्रिकी फास्ट बलर एनगीडीले सिजनमा तेश्रो खेलमा मौका पाएका हुन्।

चेन्नाईको अन्तिम ११ : रुतुराज गायकवाड, शेन वाटसन , अम्बाती रायडु, महेन्द्र सिंह धोनी ( कप्तान, विकेटकिपर ) , स्याम करन, एन जगदिशन, रभिन्द्र जडेजा, मिचेल स्यान्टनर, दिपक चाहर, मोनु कुमार, लुंगी एनगिडी

रिंकु सिंहले पहिलो पटक मौका पाएका छन्

कोलकाता कप्तान ओएन मोर्गनले चेन्नाई राम्रो टिम रहेको बताउदै कसरि राम्रो गर्नेमा मात्र आफ्नो ध्यान भएको बताए। आन्द्रे रसेल अझै फिट नभएकोले खेल्न नसक्ने उनले जानकारी गराए।

कोलकाताले टिममा एउटा परिवर्तन गरेको छ। रिंकु सिंहलाई अन्तिम-११ मा मौका दिईएको छ भने प्रसिध कृष्णालाई बाहिर राखिएको छ। सिंहले सिजनमा पहिलो पटक मौका पाएका हुन्।

कोलकाताको अन्तिम ११ : शुबमन गिल, नितिश राना, राहुल त्रिपाठी, दिनेश कार्तिक ( विकेटकिपर ), ओएन मोर्गन ( कप्तान ) , सुनिल नारायण,रिंकु सिंह, प्याट कमिन्स, लकी फर्गुसन, कमलेश नगरकोटी , वरुण चक्रवर्ती

अंकतालिका र कोलकाताको प्ले-अफ सम्भावना 

अंकतालिकाको पुछारमा रहेको चेन्नाई प्ले-अफ पुग्न असफल भैसकेको छ जसले १२ खेलमा मात्र ४ जित दर्ता गर्न सकेको छ। अर्कोतर्फ कोलकाता १२ खेलमा ६ जित सहित १२ अंक बटुलेको कोकता पाँचौ स्थानमा रहेको छ।

कोलकातालाई प्लेअफ पुग्न २ वटा खेलमा जित आवस्यक रहेको छ। १६ अंक प्राप्त गरेको खण्डमा १० अंक रहेको हैदरावाद र राजस्थानले कोलकातालाई भेट्ने सम्भावना रहँदैन। त्यो अवस्थामा नेट रन रेटमा प्ले-अफको निर्णय हुनसक्छ। २ मध्ये एउटा खेलमा जितेको खण्डमा पनि कोलकाताको सम्भावना रहन्छ तर त्यसको लागि अन्य टिमको नतिजाहरु कोलकाताको पक्षमा जानुपर्नेछ।

पछिल्लो खेलमा चेन्नाईले बैंगलोरलाई ८ विकेटले पराजित गरेको थियो भने कोलकाताले पन्जाबसंग ८ विकेटको हार बेहोरेको थियो।

भनाभन भएपछि मोरिस र पान्ड्यालाई चेतावनी

कोहलीको विकेट लिंदै बुम्राहले बनाए नयाँ कीर्तिमान

यादव र बुम्राह चम्किदा मुम्बईद्वारा बैंगलोर ५ विकेटले पराजित

आईपीएलपछि भारतको अस्ट्रेलिया भ्रमणको खेल तालिका सार्वजनिक

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy