IPL Match 5 : कोलकाताले टस जितेर फिल्डिंग गर्ने , अन्तिम ११ टिममा को-को परे

युएईमा जारि आईपीएल  २०२० अन्तर्गत बुधबार हुने खेलमा दिनेश कार्तिक कप्तानीको कोलकाता नाइट राइडर्सले आफ्नो पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन रोहित शर्मा कप्तानीको मुम्बई इन्डीएन्ससंग प्रतिस्पर्धा गर्दैछ। खेल शेख जायद स्टेडियम, अबुधाबीमा ७:४५ बजे राति सुरु हुनेछ।

खेलमा टस जितेर कोलकाताले मुम्बईलाई ब्याटिंगको निम्तो दिएको छ। पहिलो खेलमा चेन्नाईसंग पराजित भएको मुम्बईले टिममा कुनै परिवर्तन गरेको छैन। कोलकाताले विदेशी खेलाडीको रुपमा ओएन मोर्गन, आन्द्रे रसेल, प्याट कमिन्स र सुनिल नारायणलाई खेलाएको छ। युवा फास्ट बलर शिभम माभी, सन्दिप वारियर र विकेटकिपर ब्याट्सम्यान निखिल नाईकलाई कोलकाताले मौका दिएको छ।

मुम्बईको अन्तिम ११ : रोहित शर्मा  ( कप्तान ) , क्विन्टन डीकक✈️ ( विकेट किपर ) , सुर्य कुमार यादव, सौरभ तिवारी, क्रुनाल पान्ड्या, हार्दिक पान्ड्या, काइरन पोलार्ड✈️, जेम्स प्याटिन्सन✈️, राहुल चाहर, ट्रेन्ट बोल्ट✈️ , जस्प्रित बुम्राह

कोलकाताको अन्तिम ११ : दिनेश कार्तिक ( कप्तान )  ओएन मोर्गन✈️, आन्द्रे रसेल✈️, प्याट कमिन्स✈️, सुनिल नारायण✈️ , शुबमन गिल, कुलदिप यादव, नितिश राना, निखिल नाईक, शिभम माभी, सन्दिप वारियर

लिगको उद्घाटन खेलमा मुम्बई चेन्नाईसंग ५ विकेटले पराजित भएको थियो। मुम्बईले दिएको १६३ रनको लक्ष्य चेन्नाईले ५ विकेट गुमाएर पुरा गरेको थियो। राम्रो सुरुवात गरे पनि टिमका अधिकांश ब्याट्सम्यानहरुले राम्रो सुरुवातलाई ठूलो योगफलमा परिणत गर्न सकेका थिएनन्। सौरभ तिवारीले ४२ र क्विन्टन डीककले ३३ रन बनाएका थिए। ब्याटिंगमा सो गल्तिलाई दोश्रो खेलमा मुम्बई सुधार गर्दै लय प्राप्त गर्न चाहनेछ।

२०१२ र २०१४ को लिग विजेता कोलकाता गत सिजनको प्रदर्शन भुलाउदै फेरी उपाधि दावेदारी प्रस्तुत गर्न चाहन्छ। गत सिजन कोलकाता १४ खेलमा ६ जित र ८ हार पछि पाँचौ स्थानमा रहँदै प्लेअफ पुग्न असफल रहेको थियो।

राजस्थान र चेन्नाई बीचको खेलमा रेकर्ड वर्षा, यस्ता छन् १० वटा रेकर्ड

क्यान बैठकको ९ निर्णय, डिसेम्बरमा अन्तर्राष्ट्रिय सिरिज आयोजना गर्ने

क्यानद्वारा पुरुष र महिला खेलाडीको नयाँ वर्गीकरण, बसन्त ‘ए’ मा उक्लिदा सोमपाल ‘बि’ श्रेणीमा

IPL : ठूलो लक्ष्यका बाबजुद धोनी किन ७ नम्बरमा ब्याटिंगमा आए ? आफैले बताए कारण

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy