दिल्लीको लगातार चौथो हार, सहज जित पछि मुम्बईको शिर्ष-२ स्थान पक्का

युएईमा जारि १३ औं आईपीएल अन्तर्गत ५१ औं खेलमा दिल्ली क्यापिटल्सलाई ९ विकेटले पराजित गर्दै मुम्बई लिगको शिर्ष-२ स्थानमा रहँदै पहिलो क्वालीफायर खेल्ने पक्का भएको छ। लिगमा दिल्लीको यो लगातार चौथो हार हो। यस अघि हैदरावाद, कोलकाता र पन्जाबसंग दिल्ली पराजित भएको थियो। हार पछि पनि दिल्लीको प्ले-अफ सम्भावना कायमै रहेको छ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा दिल्लीले दिएको १११ रनको लक्ष्य मुम्बईले मात्र १ विकेट गुमाएर १४.२ ओभरमा भेटायो।

मुम्बईको लागि इशान किशनले सर्वाधिक अविजित ७२ रन बनाए जुन क्रममा ८ चौका र ३ छक्का प्रहार गरे। क्विन्टन डीककले २६ तथा सुर्यकुमार यादवले अविजित १२ रन बनाए।

इशान किशन

किशनले पहिलो विकेटको लागि डीककसंग ६८ रनको साझेदारी गरेका थिए। ११ औं ओभरमा डीककलाई नोर्कियाले बोल्ड गरेपछि दोश्रो विकेटको लागि किशन र यादवले अविजित ४३ रनको साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याए।

दिल्लीको बलिंगमा एनरिक नोर्कियाले १ मात्र विकेट लिए।

दिल्लीको ब्याटिंग 

टस हारेर ब्याटिंग गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११० रन बनाएको थियो।

दिल्लीको लागि कप्तान श्रेयस ऐयरले २५, रिशभ पन्तले २१, रभीचन्द्रन आश्विन र कागीसो रबाडाले समान १२, शिमरन हेटमायरले ११, पृथ्वी शले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बुम्राहले ३ विकेट लिए

ओपनर पृथ्वी श र शिखर धवनलाई ट्रेन्ट बोल्टले छिट्टै पेभेलियन फर्काएपछि तेश्रो विकेटको लागि कप्तान ऐयर र पन्तले ३५ रनको साझेदारी गरे। ऐयरलाई ११ औं ओभरमा लेग स्पिनर राहुल चाहरले स्टम्पिंग गराएपछि दिल्लीले पुनः लगातार विकेट गुमाउन पुग्यो। लगत्तै ओभरमा मार्कस स्टोइनिस र पन्तलाई बुम्राहले पेभेलियन फर्काए।

१४ औं ओभरमा हर्षल पटेललाई बुम्राहले तथा शिमरन हेटमायरलाई १६ औं ओभरमा नाथन कौल्टर नाइलले आउट गर्दै मुम्बईलाई हावी गराए। तल्लो क्रममा आश्विन, दुबे र रबाडाले योगदान दिंदा दिल्लीले सम्मानजनक योगफल बनाउन सक्यो।

मुम्बईको बलिंगमा जस्प्रित बुम्राह ( ४-०-१७-३ ) र ट्रेन्ट बोल्टले ( ३-०-२१-३ ) समान ३ विकेट लिए। राहुल चाहर ( ३-०-१९-१ ) र नाथन कौल्टर नाइल ( २-०-१४-१ ) ले समान १ विकेट लिए।

अंकतालिका , प्लेअफ सम्भावना र आगामी खेल 

१३ खेलमा ९ जित र ४ हार पछि १८ अंक बटुलेको मुम्बईले लिगको शिर्ष-२ स्थानमा पर्दै पहिलो क्वालिफायर खेल्ने पक्का भएको छ।

१३ खेलमा ७ जित र ६ हार बेहोरेको दिल्ली १४ अंक सहित तेश्रो स्थानमा कायमै रहेको छ। दिल्ली प्ले-अफ छनौट हुनको लागि अन्ति खेलमा बैंगलोरलाई पराजित गर्नुपर्नेछ। यदी अन्तिम खेलमा पनि हार बेहोरेको खण्डमा अन्य टिमको नतिजामा भर पर्नुपर्ने हुन्छ।

दिल्लीले लिग चरणको अन्तिम खेल बैंगलोर बिरुद्ध सोमबार खेल्नेछ भने मुम्बईले मंगलबार हैदरावाद बिरुद्ध खेल्नेछ।

यो पनि पढ्नुस :-

हैदरावादलाई झट्का, विजय शंकर लिगबाट बाहिर

IPL : प्लेअफमा ३ स्थानको लागि ६ टिमको प्रतिस्पर्धा, ६ खेल बाँकी, यस्तो छ सबै टिमको समीकरण

अनुशासन उल्लंघन गर्दा गेललाई कारवाही, स्वीकारे गल्ति





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]