टस जितेर दिल्लीद्वारा बैंगलोरलाई ब्याटिंगको निम्तो, दिल्ली टिममा ३ परिवर्तन

२०७७ कार्तिक १७, सोमबार १९:२६

आईपीएल २०२० अन्तर्गत ५५ औं खेलमा सोमबार दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गर्दैछन्। शेख जायद स्टेडियममा हुने खेल ७:४५ बजे बेलुका सुरु हुँदैछ।

खेलमा दिल्ली कप्तान श्रेयस ऐयरले टस जितेर बैंगलोरलाई ब्याटिंग गर्ने निम्तो दिएका छन्। ऐयरले शितले महत्वपूर्ण भूमिका खेल्ने हुँदा दोश्रो ब्याटिंग गर्न लागेको बताए। उनले पिच ब्याटिंगको लागि राम्रो देखिएको बताए।

दिल्लीले टिममा ३ वटा परिवर्तन गरेको छ। अजिंके रहाने, अक्षर पटेल र ड्यानीयल स्याम्सलाई अन्तिम-११ मा मौका दिईएको छ। शिमरन हेटमायर, हर्षल पटेल र प्रभिन दुबेलाई बाहिर राखिएको छ।

दिल्लीको अन्तिम ११ : शिखर धवन, पृथ्वी श, अजिंके रहाने, श्रेयस ऐयर ( कप्तान ) , रिशभ पन्त ( विकेटकिपर ), मार्कस स्टोइनिस, कागीसो रबाडा,अक्षर पटेल, रभीचन्द्रन आश्विन, ड्यानियल स्याम्स, एनरिक नोर्किया

ड्यानियल स्याम्सलाई मौका दिईएको छ

बैंगलोरले टिममा २ वटा परिवर्तन गरेको छ। गुरकिरत सिंह र नभदिप सैनीलाई बाहिर राखिएको छ। सैनी फिट नभएकोले उनलाई नखेलाईएको हो। शिभम दुबे र शाहबाज एहमदलाई मौका दिईएको छ। कोहलीले यस्तो खालको परिस्थिति आफ्नो टिमको लागि नौलो नभएको बताउए।

बैंगलोरको अन्तिम ११ : देभदत्त पडीक्कल, जोश फिलिपे, बिराट कोहली ( कप्तान ) , एबि डी भिल्लीयर्स ( विकेटकिपर ), वासिंगटन सुन्दर, शाहबाज एहमद, क्रिस मोरिस शिभम दुबे, इसुरु उडाना, मोहम्मद सिराज, युजभेन्द्र चहल

१३ खेलमा ७ जित सहित बैंगलोर अंकतालिकामा दोश्रो स्थानमा रहेको छ भने समान नतिजा सहित दिल्ली नेट रन रेटमा पछि पर्दै तेश्रो स्थानमा रहेको छ। बैंगलोर र दिल्ली दुवै टिमले पछिल्लो खेलहरुमा लगातार हार पछि प्ले-अफ अघि जितको लय चाहन्छ। दिल्लीले पछिलो ४ खेल तथा बैंगलोरले पछिल्लो ३ खेलमा हार बेहोरेको थियो।

प्लेअफ छनौट हुने समीकरण 

रोयल च्यालेन्जर्स बैंगलोर ( खेल १३, अंक १४, नेट रन रेट -०.१४५ , बाँकी खेल – दिल्लीसंग )

– दिल्लीलाई पराजित गरेमा बैंगलोर प्लेअफको साथै अंकतालिकामा दोश्रो स्थानमा समेत पुग्नेछ।

– दिल्लीसंग पराजित भएमा पनि छनौट हुने सम्भावना अझै रहन्छ जसको लागि कोलकाता भन्दा नेट रन रेटमा अघि हुनु पर्छ

– यदी बैंगलोरले १६० रन बनाएको खण्डमा दिल्लीले कम्तिमा १७.३ ओभर लगाएर लक्ष्य पछ्याउनु पर्छ। यदी पहिले बलिंग गरेको खण्डमा दिल्लीले १६० रन बनायो र खेल बढीमा २१ रनले हारेको खण्डमा कोलकाता भन्दा नेट रन रेटमा बैंगलोर अघि हुनेछ

दिल्ली क्यापिटल्स ( खेल १३, अंक १४, नेट रन रेट -०.१५९ , बाँकी खेल बैंगलोरसंग )

– बैंगलोरलाई पराजित गरेमा दिल्ली प्लेअफ पुग्नेछ भने अंकतालिकामा दोश्रो स्थानमा समेत पुग्नेछ।

– बैंगलोरसंग पराजित भएको खण्डमा छनौट हुने सम्भावना अझै रहन्छ जसको लागि कोलकाता भन्दा नेट रन रेटमा अघि हुनु पर्छ।

– यदी दिल्लीले पहिले ब्याटिंग गर्दै १६० रन बनाउछ भने बैंगलोरले कम्तिमा १८ ओभर लगाएर लक्ष्य पछ्याउनु पर्छ। यदी दिल्लीले पहिले बलिंग गरेको खण्डमा १६० रन बनायो र खेल बढीमा १८ रनले हारेमा कोलकाता भन्दा नेट रन रेटमा दिल्ली अघि हुनेछ

यो पनि पढ्नुस 

आईपीएल २०२१ को लागि धोनीले बताए आफ्नो योजना

“मलाई लाग्दैन यो भन्दा बढी हामीले गर्न सक्थ्यौ, अब जे हुन्छ भगवानको हातमा छ” मोर्गन

IPL प्लेअफ रेस : ३ स्थान, ४ टिम, २ खेल बाँकी, यस्तो छ प्लेअफ समीकरण

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy